राजधानीका बिभिन्न ठाँउमा अवैध रक्सी उत्पादन हुने गरेका बिषय सार्वजनिक भैरहेका छन्। यस्ता अवैध रक्सी उत्पादन गर्ने ब्यवसायीहरुले अखाद्य वस्तुहरुको प्रयोग गर्ने गरेको समेत सार्बजनिक भैरहेको छन्। यस्तै प्रहरीले बिहीबार राजधानीको कलँकी नजिकै अबैध रुपमा घरेलु रक्सीउत्पादन स्थलमा छापा मारेको छ जहाँ कच्चा पदार्थका नाममा सिधै ढलको पानी प्रयोग गरिएको पाइयो। काठमाण्डौको तीनथाना गाविसमा रहेको [...]
विद्यार्थीहरुलाई प्रोत्साहित गर्न ब्रिटिस कलेजले यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई आई प्याड वितरण गरेको छ। आज कलेजमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस कलेजका प्रिन्सिपल डेभिड ब्रायसले विद्यार्थीहरुलाई आई प्याड वितरण गर्नुभयो। कोर्षको पुरा शुल्क तिर्ने विद्यार्थीहरुलाई आई प्याड वितरण गरेको कलेजले जनाएको छ। शिक्षा मन्त्रालयले समयमै स्विकृति नदिएको कारण गैर आवासिय नेपालीहरुको लगानी रहेको ब्रिटिस [...]
प्रशासनले सुरक्षामा चासो नदिएको भन्दै लुम्बिनी अन्चलमा सञ्चालित एम्बुलेन्सहरु ठप्प भएका छन्। एम्वुलेन्स चालक संघ लुम्विनी र एम्वुलेन्स सेवा संचालक संघले आज लुम्विनी अंचलमा संचालित एम्वुलेन्सहरु इलाका प्रशासन कार्यालय बुटवलमा बुझाएका छन्। पछिल्लो समयका बन्दमा एम्बुलेन्स चालकहरुमाथि कुटपिट र एम्बुलेन्समा तोडफोड बढेको भन्दै एम्बुलेन्स चालकहरु आन्दोलनमा उत्रिएका हुन। चालकहरुले बुटवलमा रहेका २१ वटा एम्वुलेन्सको सांचो [...]
सिरियामा द्वन्दका बीच सम्पन्न निर्वाचनबाट निर्वाचित संसदको पहिलो बैठक बसेको छ। आन्दोलनरत पक्षको सहभागिता बिना नै सिरियामा मे ७ मा संसदीय निर्वाचन भएको थियो। २ सय ५० सदस्यीय संसदका लागि भएको निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले समेत मान्यता दिएको छैन। बैठकलाई राष्ट्रपति बसर अल असादले पनि सम्बोधन गर्ने अनुमान गरिएको छ। विपक्षीहरुको कडा प्रतिवादका बीच राष्ट्रपति असादले [...]
सर्वोच्व अदालतले मन्त्रीपरिषद्द्धारा संविधानसभाको म्याद तीन महिनाका लागि थप गर्नेभनि गरेको प्रस्तावका सम्बन्धमा कुनैपनि कामकार्वाही अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्याधिश खीलराज रेग्मीको एकल इजलासले संविधानसभाको म्याद थपका विरुद्धमा परेको रिटमा सुनुवाइ गर्दै मन्त्रीपरिषद्को प्रस्ताव प्रारम्भीकरुपमै त्रुटिपूर्ण रहेको ठहर गरेको हो। सर्वोच्वले सरकारले प्रस्ताव गरेको म्याद थप सम्बन्धी विधयेक सर्वोच्वले यसअघि गरेको निर्णयको [...]
पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई नियतबस अनावश्यक शब्द प्रयोग नगरेको बताउनुभएको छ। आज सन्चारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई तथानाम शब्द प्रयोग नगरेको स्पष्टीकरण दिनुभएको हो। नेता नेपालले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डलाई षडयन्त्रकारी र धोकेबाजको [...]
संक्रमणकालीन अवस्थामा न्यायिक अधिकारको रक्षा गर्न नसक्नुले देशमा दण्डहीनताको घटना बढेको एक प्रतिवेदनले देखाएको छ। एमनेष्टी इन्टरनेशनलले आज काठमाडौमा सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा विगतको तुलनामा दण्डहीनताका घटना बढेको देखाएको हो। मानवअधिकार हनन्का दोषिहरुलाई कानूनी प्रकृयामा ल्याई जवाफदेही बनाउने कार्यमा नेपाल असफल रहेको प्रतिवेदनमा उल्लेख छ। बृहत शान्ति सम्फौतामा बेपत्ता छानबिन र सत्य तथा मेलमिलाप आयोग [...]
व्यवस्थापिका संसद अर्न्तगतको लेखा समितिले बेलायतस्थित नेपाली दुताबास भवन मर्मत सम्भारका लागि आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। बेलायतस्थित नेपाली राजदुतावास भवन विक्री गर्ने वा नगर्ने निर्णयका लागि सिंहदरबारमा आज बसेको लेखा समिति समितिको बैठकले विक्री प्रक्रिया अघि बढाउनुको साटो मर्मत सम्भारमा जोड दिनुपर्ने निर्णय गरेको हो। बैठकले दुतावास भवन मर्मतका लागि [...]
झापाको बिर्तामोडमा ब्यापारी र स्थानीयले बन्दको प्रतिकार गर्दै निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर झडप भएको छ। बन्दको विरुद्धमा निकालेको र्यालीमा बन्द आयोजक संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्तासंग झडप हुन सक्ने अवस्था सृजना भएपछि प्रहरीले लठीचार्ज गरेको थियो । र्याली फर्किने क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार भएपछि प्रहरीले लाठी चार्ज गरेको हो। प्रहरीको लाठीचार्जबाट १२ जना [...]
बृहत मधेशी मोर्चाले संविधानसभाको म्याद तीन महिना थप्ने सरकारको प्रस्तावको विरोध गरेको छ। सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै मोर्चाले जेठ चौधभित्रमा नै संविधान घोषणा गर्नु पर्ने भन्दै म्याद थपको विरुद्धमा उभिने जनाएको हो। मोर्चाले प्रमुख दलहरुले म्याद थपको विषयलाई लिएर ब्ल्याक मेलिङको राजनीति सुरु गरेकोसमेत आरोप लगाएको छ। मोर्चाले प्रमुख दलहरुले संविधान नबनाई फेरि सत्ताको [...]