संविधानका विवादित विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि सरकारले संविधानसभाको म्याद पांचौं पटक थप गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ। अन्तरिम संविधान दुई हजार त्रिसठ्ठीको तेह्रौं संशोधन गर्न बनेको विधेयक दर्ता गरेर संविधानसभाको कार्यकाल चार वर्ष तीन महिना पुर्याउन खोजिएको छ। निकै शंका र आशंकाबीच पुनः एक पटक संविधानसभाको म्याद तीन महिनासम्मका लागि थप गर्न [...]
संविधानसभाको म्याद थप्ने सरकारको निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसले आज म्याद थप बारेमा पार्टीको आधिकारिक धारणा तय गर्दै छ। संविधानसभाको म्याद थप बारे पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै म्याद थप गर्न नहुने पक्षमा धारणा सार्वजनिक गरेको कांग्रेसमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि [...]
संविधान सभाको म्याद सकिनै लाग्दै बिभिन्न समूह र पक्षबाट जातिय सद्भाव खल्बलिने खालका गतिबिधि तीव्र भएपछि सामाजिक सद्भाव कायम गर्न आब्हान सहित नेपाल उद्येग वाणिज्य महासंघको अगुवाइमा आज काठमाडौंमा सद्भाव भेला आयोजना गरिएको छ। काठमाण्डौंको दरबारमार्गमा भएको सद्भाव भेलामा सेटो टिसर्ट लगायका सयौं नागरिक सहभागी थिए। भेलामा सहभागी भएकाहरुले राष्ट्रिय एकता र अखण्डताको पक्षमा नारा [...]
इरानको परमाणु बिबादबारे ६ शक्तिशाली राष्ट्र र इरानबीच इराकको राजधानी बग्दादमा छलफल भइरहेको छ। इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको बैठक हुनुभन्दा एक दिन अगाडि इरानको आग्रहमा ६ शक्तिशाली राष्ट्रहरु र इरानबीच बैठक भएको हो। बैठकले अन्तर्राष्ट्रिय समुदाय र इरानबीच नयां सम्बन्ध स्थापित गर्ने अनुमानसमेत गरिएको छ। अन्तर्राष्ट्रिय सुमदायले इरानलाई परमाणुका केही गतिबिधि रोक्न आग्रह [...]
काठमाडौको भण्डारखालमा नेपाली सेनाले निर्माण गरेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको राष्ट्रपति डा. रामवरण यादवले आज उद्घाटन गर्नुभएको छ। संस्थानको उद्घाटन गर्दै राष्ट्रपति यादवले नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा चालेको पाइलाको प्रशंसा गर्दै गुणस्तरीय शिक्षामा जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सुझाव दिनुभयो। उपप्रधान तथा रक्षामन्त्री कृष्णप्रसाद सिटौलाले नयां आयामबाट नेपाली सेनाले स्वास्थ्य सेवा क्षेत्रमा गरेको [...]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको समयावधि तीन महिना थप गर्ने सरकारको निर्णय न्यायीक सर्वोच्चता र प्रजातन्त्रमाथिको प्रहार भएको ठहर गरेको छ। पार्टी कार्यालय वालुवाटारमा आज पत्रकार सम्मेलन गरि राप्रपा नेपालले संविधानसभाको म्याद थप्ने निर्णयप्रति आपत्ति जनाएको हो। त्यसैगरी संविधानसभाको म्याद थप्ने निर्णय देशमा सर्वसत्तावादी व्यवस्था स्थापना गर्ने षड्यन्त्र भएको पार्टी अध्यक्ष कमल थापाले आरोप लगाउनुभयो। [...]
सर्वोच्च अदालतले संविधान सभाको पछिल्लो पटक थपिएको म्याद अन्तिम भएको फैसला गरेको भएपनि सरकार तीन महिना म्याद थप गर्ने गृहकार्यमा लागेको छ। संविधान सभाको म्याद थपको तयारीप्रति राजनीतिक दलहरु मात्रै होईन कानुन विदहरु समेत त्यसको पक्ष र विपक्षमा विभक्त वनेका छन्। सरकारले फेरी म्याद थप्नका लागि मंगलवार संविधानसभा सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएपछि सत्तासाझेदार [...]
विभिन्न राजनीतिक दल, जातीय तथा वर्गीय संघ संगठनहरुले आफ्नो अधिकार र पहिचानसहितको राज्य मागिरहेका बेला अल्प संख्यक तथा लोपोन्मुख जातिहरुले पनि नयां संविधानमा आफ्नो अधिकार सुरक्षित हुनुपर्ने आवाज उठाउन थालेका छन्। तीन दिनअघि दाङमा रहेका लोपोन्मुख राउटेहरुले नयां संविधानमा देशभरका जङ्गल निर्वाध उपयोग गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत् संविधानसभा र प्रधानमन्त्रीको ध्यानाकर्षण [...]
विश्व बैंकले युरोपको आर्थिक संकटले पूर्वी एसियाका राष्ट्रहरुमा आर्थिक व्यवस्थामा असर पुगेको बताएको छ। विश्वको दोस्रो ठूलो अर्थव्यवस्था रहेको चीनमा सबैभन्दा बढी असर पुगेको बिश्व बैंकको भनाइ छ। चीनको अर्थव्यवस्था निर्यातमा निर्भर रहेका कारण युरोपमा संकट बढेका कारण चीनको अर्थव्यवस्थामा गिरावट आएको विश्व बैंकले जनाएको छ। विश्व बैंकले चीनलाई आर्थिक व्यवस्थामा सन्तुलनमा राख्नको लागि घरेलु [...]
संविधानसभाको म्याद तीन महिना थप्ने सरकारको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा आज बेग्लाबेग्लै चारवटा रिट दायर भएका छन्। अधिवक्ता भरत जंगम, बालकृष्ण नेउपाने लगायतले आज बेग्ला बेग्लै रिट दायर गरेका हुन्। संविधानको धारा १ सय १६ अनुसार सर्वोच्च अदालतको फैसला मान्नुपर्ने प्रावधान रहेको भन्दै उनीहरुले सरकारको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन्। छ महिनाअघि सर्वोच्च अदालतले जेठ १४ [...]