Articles Posted on May 22nd, 2012

  • मिडिया बन्द

    मिडिया बन्द

    नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दका क्रममा संचारकर्मी र संचारमाध्य बन्दकर्ताको निशाना बनेपछि पत्रकारहरु प्रकाशन र प्रसारण नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। आक्रमणको विरोधमा बुटवल र नवलपरासीमा आज विद्युतीय संचारमाध्यमले समाचार प्रसारण बन्द गरे भने नवलपरासी, रुपन्देही र झापामा पत्रपत्रिका प्रकाशन नै बन्द गर्ने निर्णय गरे। रुपन्देहीको बुटवलस्थित लुम्बिनी टेलिभिजनको [...]

  • बन्दको तेस्रो दिन राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित, सवारी लगायत पत्रकारमाथि हातपात

    बन्दको तेस्रो दिन राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित, सवारी लगायत पत्रकारमाथि हातपात

    आदिवासी जनजाती संघर्ष समिति लगायतका विभिन्न संगठनहरुले गरेको बन्दले आज तेस्रो दिन पनि राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित भयो। बन्दको तेस्रो दिन आज पनि दिनभर राजधानीमा सवारी साधन चल्न सकेनन्। अघिल्ला दुई दिनमा संचार माध्यमका सवारी लगायत पत्रकारमाथि हातपात भएपछि आज स्वतस्फूर्त सवारी साधन कम चलेका हुन्। बन्दकर्ताले भक्तपुर गठ्ठाघरमा माउन्टेन टेलिभिजनको बा ९ च २९३३ [...]

  • prime-story-video

    This article contains a video.

  • संविधानमा आफ्ना अधिकारहरु उल्लेख हुनुपर्ने माग गर्दै विराटनगरका मारवाडी समुदायद्वारा र्‍याली

    संविधानमा आफ्ना अधिकारहरु उल्लेख हुनुपर्ने माग गर्दै विराटनगरका मारवाडी समुदायद्वारा र्‍याली

    संविधानमा आफ्ना अधिकारहरु उल्लेख हुनुपर्ने माग गर्दै विराटनगरका मारवाडी समुदायले आज बृहत र्‍याली निकालेका छन्। मारवाडी समाजको आगामी संविधानमा प्रतिनिधित्वको माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन। मारवाडीको छुट्टै पहिचान र आफुहरुको भाषा संविधानमा उल्लेख उनीहरुले माग गरेका छन्। जुलुसमा विराटनगरका मारवाडी समुदायका सयौंको सहभागिता रहेको थियो। विराटनगरको स्थानीय अतिथि सदनबाट सुरु भएको जुलुस नगरका विभिन्न [...]

  • singha-durbar

    नजाति संयुक्त संघर्ष समितिले सरकारी वार्ता टोलीसँग सहमति गरेन

    सरकारले तयार गरेको सहमतिपत्रमा महत्त्वपूर्ण शब्द छुटेको भन्दै आन्दोलनरत आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सरकारी वार्ता टोलीसँग सहमति गरेन ।’जातीय पहिचान एवं सामथ्र्यका आधारमा संघीयता हुने’ भनी सरकारले सहमतिपत्रमा उल्लेख गरे पनि संघर्ष समितिका पदाधिकारीले एकल जातीय पहिचानसहितको संघीयता उल्लेख गर्न माग गरेपछि सोमबार राति अबेरसम्म समिति र सरकारी वार्ता टोलीबीचको बैठकमा सहमति हुन नसकेको [...]

  • tu-janpkpur-bomb

    बन्दका कारणराजधानीका अस्पतालमा कर्मचारीको अभाव

    पछिल्लो समय राजधानीमा बढेको बन्दका कारण सवारी नचल्दा राजधानीका अस्पतालमा कर्मचारीको अभाव हुन थालेको छ । बन्दकर्ताले अस्पतालका सवारी समेत चल्न नदिएपछि डाक्टर, नर्स, स्वीपर, सुरक्षा गार्ड लगायत कर्मचारी अस्पतालनै नगइ बसेका छन् । अत्यावश्यक सेवाका सवारी र कर्मचारीमाथि समेत हतपात हुन थालेपछि असुरक्षाका कारण उनीहरु कार्यालय नगएका हुन् । थापाथलीस्थित प्रसुती गृहमा दुई दिनमा [...]

  • money

    निक्षेप खाताको व्याज १० प्रतिशतमा झर्‍यो

    बैंकमा प्रसस्त पैसा जम्मा हुने तर, त्यही अनुपातमा लगानी बढाउन नसकेपछि वाणिज्य बैंकहरुले निक्षेप खातामा दिँदै आएको व्याज घटाएका छन्। यसले बैंकमा पैसा राखी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई असर पार्नेछ। बजारमा पैसा कम हुँदा १२ प्रतिशतसम्म व्याज दिएका बैंकले अहिले एक वर्षे मुद्दति खाताको ब्याज ४ देखि १० प्रतिशतमा झारेका छन्। सवैभन्दा वढी ब्याज घटाउनेमा पुराना [...]

  • banda_1

    बन्दकर्ताको निसाना

    जनजाति महासंघका कार्यकर्ताले सोमबार ग्वार्कोमा आक्रमण गरी घाइते बनाएका फोटो पत्रकार अशोक दुलाल बी एण्ड बी अस्पतालमा उपचारका क्रममा। बन्दकार्यक्रममा पत्रकारमाथि भएका आक्रमणबारे उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई सिंहदरवारमा सोमबार ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघको टोली ।