आदिवासी जनजातिले आयोजना गरेको बन्दको दोस्रो दिन सोमबार पनि राजधानीको जनजीवन ठप्प भएको छ । उपत्यकाको ललितपुर क्षेत्रमा बन्दकर्ता र त्यसका विरोधीबीच झडप भएको छ । सञ्चारमाध्यमका केही सवारीलाई बन्दकर्ताले सोमबार पनि प्रहार गरेका छन् । बन्दले दैनिक जीवन प्रभावित भएको भन्दै विरोध गर्नेहरू सडकमा आएपछि ललितपुरको इमाडोल क्षेत्रमा तनाव भएको थियो । झडपमा चारजना [...]