बुद्धको जीवनी देखाउने दाबीका साथ निर्माण थालिएको नेपाली एनिमेटेड फिल्म ‘जर्नी टु इन्लाइटमेन्ट’को काम रोकिएको छ। तुलसी घिमिरेको निर्देशन रहेको फिल्म आर्थिक स्रोतको अभावले निर्माण पूरा नहुने अवस्थामा पुगेको हो। टुडी एनिमेसनमा बनाउन लागिएको फिल्मका लागि विदेशबाट विज्ञ तथा टेक्निसियन झिकाउनु पर्दा निर्धारित समयमा काम नसकिएको निर्देशक घिमिरे बताउँछन्।
‘४ देखि ५ करोडमा फिल्म सकिएला भनेर काम थाल्यौं। गर्दै जाँदा २५ करोड भन्दा बढी नै खर्च सकिएला जस्तो लाग्यो। यति रकम हामीले मात्र जुटाउन सक्दैनौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा लगेन त्यति लगानी उठाउनै सकिँदैन। त्यसको लागि फिल्म गुणस्तर चाहियो। फिल्म गतिलो बनाउन पर्याप्त प्राविधिक पनि छैन। लगानीकर्ता भेटिने सम्भावना पनि देखिनँ।’ बौद्ध दर्शन नभई सिद्धार्थ गौतमको किशोरावस्था देखाउने योजना निर्माण पक्षको थियो। नेपालमा पहिलो पटक एनिमेसनबाट पूरा लम्बाइको फिल्म बनाउन लागे पनि प्रविधि र पैसाको अनुमान गर्न नसक्दा योजना अधुरो बन्ने खतरा बढेको छ। ‘अरु फिल्म जस्तो भएको भए लटरपटर पूरा गर्न सकिन्थ्यो होला। तर, विषयको संवेदनशीलताले तथ्यहरुको संकलन गर्दै वास्तविक बनाउने प्रयास सजिलो भएन,’ कार्कीले बताए।








There are currently no comments on बुद्धको एनिमेसन फिल्म रोकियो. Perhaps you would like to add one of your own?