फिल्म ‘पा’मा अभिनय गरेकी बाल कलाकार तरुणी सचदेव जोमसोम दुर्घटनामा परिन्

Written by admin. Posted in मनोरञ्जन

Published on May 16, 2012 with

अमिताव बच्चनसँगै फिल्म ‘पा’मा अभिनय गरेकी बाल कलाकार तरुणी सचदेव जोमसोम दुर्घटनामा ज्यान गुमाउनेमध्येकी एक थिइन्। दुर्घटनामा १३ भारतीय र दुई नेपालीको मृत्य भएको थियो। फिल्ममात्र होइन रसना गर्लका रुपमा समेत चर्चित रहेकी उनी आफ्नी आमा गीता सचदेवसँगै जोमसोम यात्रामा थिइन्।

घटनामा उनकी आमाको पनि निधन भएको छ। अमिताव बच्चनले नेपालमा भएको विमान दुर्घटनामा तरुणीको निधन भएको घटनाप्रति दुख प्रकट गर्दै टुइट गरेका थिए। अभिषेक बच्चनलेसमेत टुइट गर्दै को-स्टार्सको निधनलाई अप्रत्यासित र विश्वास नै नहुनेखालको लेखेका छन्। पा बाहेक उनले दुई मलायलम फिल्ममा काम गरिसकेकी थिइन्। साहरुख खानले चलाएको रियालिटी सो क्या आफ पाँचवी पाससे तेज हैमा पनि सहभागिता जनाएकी थिइन। उनले ५० भन्दा बढी विज्ञापनमा अभिनय गरिसकेकी छिन्।

साभार : नागरिक सरोकार

facebook comments:

Leave a Comment