राज्य पूनःसंरचनाको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको भावनाको अपमान गरेको भन्दै विराटनगरवासीले विरोध गरेका छन्। अध्यक्ष प्रचण्डले नेपालमा जातीय द्वन्दको सृजना गराएको भन्दै विराटनगरवासीले विरोध गरेका हुन्। सयौंको संख्यामा भेला भएका विराटनगरवासीले आयल निगम चोकमा विरोध र्यालीसहित कोणसभाको आयोजना गरेका थिए। पछिल्लो समयमा प्रचण्डले देशमा विखण्डनबादी कार्ययोजना ल्याएको भन्दै उनीहरुले प्रचण्डको पुत्ला बनाएर झुण्ड्याएका थिए। उनीहरुले जातीय राज्य बनाउने काम हटाउनुपर्ने र सबैको पहिचानको माग पूरा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेसमेत चेतावनी दिएका छन्।
श्रीमन्त भट्टराई









There are currently no comments on प्रचण्डले नेपाली जनताको भावनाको अपमान गरेको भन्दै विराटनगरवासीद्वारा विरोध. Perhaps you would like to add one of your own?