नेपाल भलिबल संघले आगामी योजना तथा बार्षिक खेल तालिका सार्बजनिक गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा आज पत्रकार सम्मेलन गरी बिभिन्न प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार जेठको अन्तिम साता दोश्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता गर्ने , भदौ तेश्रो साता महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने , असोज २० गते देखी पांचै बिकास क्षेत्रमा भलिबल महोत्सब संचालन हुने छन।
त्यसैगरी मंसिर पहिलो साता १७ औं महिला तथा २७ औं भलिबल प्रतियोगिता , माघको पहिलो साता राष्ट्रिय लिग भलिबल प्रतियोगिता , फागुन पहिलो साता अन्तर कलेज राष्ट्रब्यापि खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता , र यस बर्षको अन्त्यमा बर्ष खेलाडी घोषणा एबम् सम्मान कार्याक्रम गर्ने खेल तालिकामा उललेख गरिएको छ। यसै वीच संघले खेलाडी विवादका कारण एसियन विच गेममा नेपालको दोस्रो टिमलाइ नपठाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दानबहादुर तामाङले जानकारी दिनुभयो।
नेपालको भलिवल विकासका लागि संघले अल्पकानिल र दिघकानिल कार्यक्रम पनि तय गरेको छ।संघले ५ वटै विकास क्षेत्रमा भलिवलको बीचकोट निमार्ण गर्ने त्रिभुवन बिश्वविद्यालय परिसरमा अन्तराष्ट्रिय स्तरको विच कोट निमार्ण गर्ने बताएको छ। संले २०७० जेठमा मा साउथ एसियन महिला विच भलिबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको छ। योजना पुरा गर्न संघले राष्ट्रिय खेलकुद परिषदसंग दुइलाख पचास हजार रुपैया माग गरेको छ।










There are currently no comments on आगामी योजना तथा बार्षिक खेल तालिका सार्बजनिक : नेपाल भलिबल संघ. Perhaps you would like to add one of your own?