राज्य पूनःसंरचनाको विषयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको भावनाको अपमान गरेको भन्दै विराटनगरवासीले विरोध गरेका छन्। अध्यक्ष प्रचण्डले नेपालमा जातीय द्वन्दको सृजना गराएको भन्दै विराटनगरवासीले विरोध गरेका हुन्। सयौंको संख्यामा भेला भएका विराटनगरवासीले आयल निगम चोकमा विरोध र्यालीसहित कोणसभाको आयोजना गरेका थिए। पछिल्लो समयमा प्रचण्डले देशमा विखण्डनबादी कार्ययोजना ल्याएको भन्दै उनीहरुले [...]
नेपाल भलिबल संघले आगामी योजना तथा बार्षिक खेल तालिका सार्बजनिक गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा आज पत्रकार सम्मेलन गरी बिभिन्न प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार जेठको अन्तिम साता दोश्रो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता गर्ने , भदौ तेश्रो साता महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्ने , असोज २० गते देखी [...]
जेठ १४ नजिकिंदै जांदा दलहरुबीच भावी संविधानका आधारभूत विषयमा सहमति जुटेको छ। संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली र नागरिकतामा सहमति गरेर संविधान निर्माणको ढोका खुलेको दावी गरिरहेका छन्, दलहरु। नागरिकताका बारेमा पनि यसअघिको उच्चस्तरीय कार्य दलले नै अगाडि सारेको प्रस्तावमा नै तीन दल र मोर्चाले सहमति जनाएपछि भने महिला सभासद् र अधिकारकर्मीहरु खरो विरोधमा उत्रिएका छन्। [...]
नियमविपरीत बनाइएका स्पीड ब्रेकर अर्थात गति नियन्त्रकका कारण सुनसरीको धरानमा यातायात दुर्घटना बढ्न थालेको छ। । धरानका सहायक राजमार्गमा विना स्वीकृतिका दुई सय भन्दा बढी स्पीड ब्रेकरहरु निर्माण गरिएपछि यो क्षेत्रमा दैनिक दुर्घटना हुने गरेका छन्। साधारणतया सवारी साधनको गति कम गर्न सडकमा ब्रेकर निर्माण गर्ने गरिन्छ। तर, सुनसरीको धरानमा नयँ सडक निर्माण गर्ने क्रमसगै [...]
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले सबै पक्षलाई समेटेर अगाडि बढ्न नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई आग्रह गर्नु भएको छ। कोइराला निवास महाराजगन्जमा भएको कोइरालासंगको भेटमा माओवादी वरिष्ठ उपाध्यक्ष वैद्यले कांग्रेसले सबैलाई समेट्दै संविधान लेखन कार्यको अगुवाइ गर्न आग्रह गर्नु भएको हो। सो अवसरमा कोइरालाले संविधान लेखनलाई सबैले सघाउनु पर्ने बताउनुभएको थियो। हिजो भएको [...]
यता, मधेसी जनाधिकार फोरम नेपालले पनि राज्य पुर्नसंरचनामा ११ प्रदेश बनाउने प्रमुख तीनदलको निर्णय आफुहरुलाई मान्य नहुने बताएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी फोरम नेपालले राज्य पुर्नसंरचनाका विषयमा तीन दलको सहमति मधेसलाई उपनिवेश बनाउने अन्तिम प्रयास भएको बताएको छ। तीन दलले विगतमा संयुक्त मधेशी मोर्चासंग भएको सहमतिविपरीत राज्यको पुर्नसंरचना गरी मधेसीलाई मधेसमै [...]
ठेहे र सिमीकोटका वासिन्दाबीच झडप भएपछि स्थानीय प्रशासनले हुम्ला सदरमुकाम सिमीकोटमा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीयबासीबीचको झडपका कारण स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले मध्यान्ह साढे १२ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो। सदरमुकाम सिमीकोटसंग जोडिएको ठेहे गाउंका युवा र सिमीकोटका युवाहरुबीच मानसरोवर उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयलाई लिएर झडप भएको हो। मंगलवार [...]
प्रधानमन्त्री डा. बावुराम भट्टराई, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुले सिरहाको औराही गाविसको आगलागी भएको क्षेत्रको आज निरीक्षण गर्नुभएको छ। मंगलवार भएको आगलागीको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री लगायतको टोली आज सिरहाको औराही पुगेको हो। त्यसक्रममा प्रधानमन्त्री भट्टराईले आगलागी पीडितलाई तत्काल राहत उपलव्ध गराउने वताउनुभयो। उहांले [...]
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन दलले मंगलबार गरेको सहमतिप्रति आपत्ति जनाएको छ। आज सिंहदरबारमा बसेको मोर्चाको बैठकले तीन दलबीच भएको ११ प्रदेशको सहमति अविलम्ब फिर्ता लिनु पर्ने ठहर गरेको छ। मोर्चाको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मोर्चाका नेता एवं स्वास्थ्य मन्त्री राजेन्द्र महत्तोले संविधानसभा अर्न्तगतको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बांडफांड समितिले पेश गरेको चौध प्रदेश हुनु [...]
अखण्ड सुदूरपश्चिमको माग गर्दै सुदूरपश्चिममा २० दिनदेखि जारी आन्दोलन आज फिर्ता हुने भएको छ। प्रमुख तीन दलबीच हिजो भएको सहमतिको आधारमा सेती–महाकालीको एउटा प्रदेश बन्ने भएपछि आन्दोलन फिर्ता लिने समझदारी भएको आन्दोलन परिचालन समितिका सह–संयोजक हेमन्त रेग्मीले जानकारी दिनुभयो। आजै सरकारी वार्ता टोली र संघर्ष समितीबीच लिखित सहमति भएपछि आन्दोलन फिर्ताको घोषणा गरिने रेग्मीले बताउनुभयो। [...]