Articles Posted on May 14th, 2012

  • thames-inter-college-criket

    थेम्स इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु

    थेम्स इन्टर नेशनल कलेजको आयोजनामा मंगलवार थेम्स इन्टर कलेज क्रिकेट प्रतियोगिता हुने भएको छ। विभिन्न कलेज तथा बिद्यार्थीहरुबीच आपसी सम्बन्ध बिकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। जेठ २ देखि ९ गतेसम्म संचालन हुने प्रतियोगितामा त्रिभुवन विश्व विद्यालय अर्न्तगत बिबिएमा तहमा अध्यनरत विद्यार्थीहरुका १४ टिमको सहभागिता रहेको छ। विगत ६ वर्षदेखि संचालन हुदै [...]

  • Kheladi-samman

    घोडचढी खेलका खेलाडी ध्रुवप्रसाद अर्याललाई नगद सहित सम्मान

    राष्ट्रिय खेलकुद परिषद्ले अघिल्लो वर्ष भएको दक्षिण एसियाली बिच गेम्स्मा नेपाललाई स्वर्ण दिलाउन सफल घोडचढी खेलका खेलाडी ध्रुवप्रसाद अर्याललाई नगद सहित सम्मान गरेको छ। खेलाडीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य अनुरुप परिषद्ले अर्याललाई नगद ५० हजार रुपैयासहित सम्मान गरेको हो। सन् २०११ को अक्टोबर ८ देखि १४ सम्म श्रीलङ्काको हम्बानटोटामा भएको प्रथम बिच सागमा नेपाली सेनाका [...]

  • petrolium-birodh

    पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव

    आयल निगमले पम्पहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराएपछि पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव भएको छ। बन्दको हल्ला चले लगत्तै पूर्वमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो। बन्द तथा रकम अभाव कारण देखाउंदै आयल निगमले पम्पहरुलाई इन्धन नदिएपछि अभाव चर्किएको पम्प सञ्चालकले बताएका छन्। पुर्वमा दुई सातायता बारम्बार यातायात अवरुद्ध हुदै आएको छ। इन्धन अभावसंगै कालोबजारी बढेको उपभोक्ताहरुले गुनासो [...]

  • daud-julus

    शान्ति र संविधान निर्माणको कार्य पूरा गर्नु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघद्वारा राजधानीमा दौड जुलुस

    जातीय राज्यको विरोध र निर्धारित समयमै शान्ति र संविधान निर्माणको कार्य पूरा गर्नु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले राजधानीमा दौड जुलुसको आयोजना गरेको छ। थापाथली क्याम्पसबाट सुरु भएको दौड जुलुस नयां बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै नेवि संघ अध्यक्ष रञ्जित कर्णले अखण्ड राज्यलाई टुक्रायाउने गरी जातीय राज्यको निर्माण गरिए त्यो [...]

  • dhankuta-rally

    धनकुटालाई प्रादेशिक राजधानी वनाउन माग गर्दै बृहत र्‍याली

    धनकुटालाई प्रादेशिक राजधानी वनाउन माग गर्दै तेस्रो दिन पनि धनकुटामा बृहत र्‍याली निकालिएको छ। नेपाल उद्योग बाणिज्य संघ धनकुटाको संयोजनमा आयोजना भएको र्‍याली धनकुटाको हुलाक टोल, तल्लोकोप्चे, बिहिबारे हाट, माथिल्लो कोप्चे हुदै स्थनीय मदनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा ब्यापारीहरुले स्वस्फुर्त रुपमा बजार बन्द गरेर सहभागी भएका थिए। र्‍यालीमा पछि आयोजित कोण सभामा [...]

  • aanar-kheti

    अनार खेतीको लागि आवश्यक पूर्वाधारको वातावरण बनाउन किसानहरुद्वारा माग

    अनार खेतीको प्रचुर सम्भावना रहेको नेपालमा व्यावसायिक रुपमा अनार खेतीको लागि आवश्यक पूर्वाधारको वातावरण बनाउन किसानहरुले माग गरेका छन्। व्यावसायिक अनार खेतीमा संलग्न किसानहरुको प्रथम राष्ट्रिय भेलापश्चात राजधानीमा आज पत्रकार सम्मेलन गरी किसानहरुले अनार र सहायक वालिहरुका लागि तीन वर्षसम्म कृषि विकास बैंक मार्फत निर्ब्याजी सहुलियत ऋण उपलब्ध गराउन माग गरेका छन्। किसानहरुले प्राविधिक ज्ञान, [...]

  • everest-hotel-aanugaman

    पांच तारे होटल एभरेष्टमा अनुगमन : काउली सडेको अवस्था, म्याद नाघेका मसाला….

    खाद्य प्रविधि तथा गुण निययन्त्रण विभागले पांच तारे होटल एभरेष्टमा अनुगमन गरेको छ। अनुगमनका क्रममा काठमाडौंको नयां बानेश्वरस्थित पांचतारे होटेर एभरेष्टको भान्सा कोठामा राखिएको काउली सडेको अवस्थामा पाइएको छ भने आंपको जुस र कृष्ण मसाला उद्योगको मसला म्याद नाघेको फेला परेको छ। भन्डारण गरिएका खाद्य सामग्रीहरुमा उत्पादन मिति र उपभोग्य मिति जस्ता महत्वपूर्ण कुराहरु समेत [...]

  • dinath-sharma

    जेठ चौध भित्र संविधान जारी गर्न नदिन प्रतिगामीहरुद्वारा सक्दो प्रयास : दीनानाथ शर्मा

    एकीकृत नेकपा माओवादीका प्रवक्तासमेत रहेका विना विभागीय मन्त्री दीनानाथ शर्माले जेठ चौध भित्र संविधान जारी गर्न नदिन प्रतिगामीहरुले सक्दो प्रयास गरेको बताउनुभएको छ। हिमालय टेलिभिजनको नियममित कार्यक्रम फोकस अफ द डेमा कुरा गर्दै मन्त्री शर्माले प्रतिगामीहरु सडकमा आएको र परिवर्तनलाई रोक्न खोजेकाले संविधान निर्माणमा कठिनाइ भएको बताउनुभयो। शान्ति पूर्ण हिसावले प्रतिगामी शक्तिको प्रतिकार गर्न आवश्यक [...]

  • prime-story-video

    This article contains a video.

    Prime Story-May 13(Bhaishak 31)

  • seti-dhan-hcayr

    सेती नदीमा आएको बाढीले पुर्‍याएको धन जन क्षतिको बारेमा छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

    व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले केही दिनअघि सेती नदीमा आएको बाढीले पुर्‍याएको धन जन क्षतिको बारेमा छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको समितिको बैठकले बैशाख २३ गते सेती नदीमा आएको हिम पहिरोले पुर्‍याएको धनजनको क्षतिका बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। [...]