प्रधानमन्त्री म्याद थप्ने तयारीमा…

Written by admin. Posted in राजनीति, विशेष

Published on May 13, 2012 with

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन्। राजधानीमा आइतबार आयोजित साक्षात्कारमा पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताउनुभयो। संविधान जारी नभई संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्दै पौडेलले संविधानसभाको म्याद नथपिए मुलुक अराजकतामा फस्ने चेतावनी दिनुभयो।

पौडेलले मुलुकलाई निकाश दिन र सहमतीय सरकार निर्माण गर्न नेकपा एमालेलाई तत्काल सरकारमा आउन आग्रह गर्नुभयो। साक्षात्कारमा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले संविधानसभाको म्याद थप्न नसकिने सर्वोच्च अदालतको फैसलाप्रति असहमति ब्यक्त गर्दै संविधान जारी नभएसम्म संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्नुभयो।

साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले राष्ट्रिय सहमतिको सरकार बन्न सके संविधानसभाको म्याद थप्न सकिने बताउनुभयो। उपाध्यायले साझा नामाकरण भए कांग्रेस ११ प्रदेशसम्म जान सक्ने स्पष्ट पार्दै एकल जातीय पहिचान हुने गरी संघीयता निर्माण गर्न खोजिए काग्रेसलाई स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो। शासकीय स्वरुप र राज्यको पुर्नसंरचना सहमति विना सम्भव नहुने भन्दै मतदानबाट टुङग्याउने प्रयास भए संविधान नबन्ने दावीसमेत गर्नुभयो।

मिलन 

facebook comments:

Leave a Comment