Articles Posted on May 13th, 2012

  • baburam-bhattarai

    प्रधानमन्त्री म्याद थप्ने तयारीमा…

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गरेका छन्। राजधानीमा आइतबार आयोजित साक्षात्कारमा पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर भए पनि संविधानसभाको म्याद थपिने बताउनुभयो। संविधान जारी नभई संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्दै पौडेलले संविधानसभाको म्याद नथपिए [...]

  • baburam

    जानकारी बिना बाग्मती नदी किनारमा बसेको सुकुम्वासीहरुलाई हटाए

    काठमाण्डौंको थापाथली स्थित बाग्मती नदी किनारमा बसेको सुकुम्वासीहरुलाई बिना जानकारी हटाएको भनि आलोचना भएपछि सरकारले विस्थापित भएका सुकुम्वासीहरुको पुर्नवासका लागि चासो देखाएको छ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले थापाथलीस्थित नदी किनारमा अलपत्र रुपमा बसेका सुकुम्वासीहरुसंग भेट गरि बैकल्पिक ब्यवस्था गर्ने आश्वासन दिएका छन्। गत मंगलवार सरकारले आकस्मिक रुपमा वस्ती खाली गरेपछि बिचल्लिमा परेको भन्दै थापाथली नदी [...]

  • sudur-aadan

    सुदूरको अडान

    आन्दोलनरत सुदुरपश्चिमका वार्ता टोलीका सदस्यहरुले दलहरुका शीर्ष नेताहरुको उपस्थिति बिना वार्तामा नबस्ने चेतावनी दिएका छन्। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सरकारी वार्ता टोलीको कुनै हैसियत नभएको बताउंदै शीर्ष नेताहरु उपस्थित भएमात्र वार्तामा बस्ने बताएका हुन्। आफुहरुको आन्दोलप्रति सरकारले बेवास्ता गरेको तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बावुराम भट्टराईले समेत गैरजिम्मेवारी अभिव्यक्ति दिएको [...]

  • byawastha-samiti

    विवादित बुंदालाई संविधानसभामै मतदानबाट टुङ्गो लगाउने दलहरुबीच सहमति

    भावी संविधानका विवादित बुंदामा दलहरुबीच सहमति जुट्न नसकेपछि विवादित बुंदालाई संविधानसभामै मतदानबाट टुङ्गो लगाउने दलहरुबीच सहमति भयो। सोही अनुसार, संवैधानिक समिति र मातहतको विवाद समाधान उपसमिति विवादित बुंदालाई प्रश्नावलीमा रुपान्तरण गर्न लागे। तर, आज सम्म पनि प्रश्नावली तयार हुन सकेको छैन। विवाद समाधान उपसमितिले आज तीस वटा प्रश्न तयार पारेर संवैधानिक समितिमा पठाएपनि अपूर्ण रहेको [...]

  • manmohan-singh-2

    भारतमा संसदको पहिलो बैठक सुरु भएको ६० वर्ष पुगेको अवसरमा दुवै संसदमा विशेष सत्रको आयोजना

    भारतमा संसदको पहिलो बैठक सुरु भएको ६० वर्ष पुगेको अवसरमा दुवै संसदमा विशेष सत्रको आयोजना गरिएको छ। राज्यसभाको बिशेष सत्रमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले समस्या समाधानका लागि संसदले अहम् भूमिका खेलेको बताएका छन्। भारत प्रजातान्त्रिक पद्धतिबाट अघि बढेर सामाजिक र आर्थिक समस्यासंग जुधेका कारण नै भारत विश्व समुदायमा आफ्नो गौरव बढाउन सफल भएको उनले बताए। [...]

  • pashupati-sab

    विद्युतीय शवदाह गृह स्थानान्तरण गर्न स्थानीयद्वारा दबाब

     पशुपति क्षेत्रमा निर्माण भइरहेको विद्युतीय शवदाह गृह स्थानान्तरण गर्न स्थानीयले दबाब दिन थालेका छन्। छ महिनाअघि निर्माण सुरु गरिएको विद्युतीय शव दाहगृह सञ्चालनमा आएपछि प्रदुषण फैलिने भन्दै स्थानीयले विरोध गरेपछि पशुपति विकास कोषको यो योजना विवादमा परेको छ। करिव नौ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको आधुनिक विद्युतीय शवदाह गृह निर्माण सुरु भइसकेपछि स्थानीयवासीन्दाले योजनाको [...]

  • chappal-kakhana

    सल्यानका निमित्त स्थानीय विकास अधिकारी माथि चप्पल प्रहार

    सल्यानका निमित्त स्थानीय विकास अधिकारी झरेन्द्र चापागाईमाथि कार्यकक्षमै चप्पल प्रहार भएको छ। जिल्ला विकास समितिकै कर्मचारी विन्दु श्रेष्ठले निमित्त स्थानीय विकास अधिकारी चापागाईलाई कार्यकक्षमै चप्पल प्रहार गरेकी हुन्। कर्मचारीले स्थानीय विकास अधिकारीमाथि गालामा चप्पल प्रहार गरेपछि सेवाग्राही र अन्य कर्मचारीले छुट्याएका थिए। स्पष्टीकरण सोधेकै आधारमा आफुमाथि हातपात भएको चापागाईंले बताउनुभयो। तर महिला कर्मचारी अमृता शाक्य [...]

  • bijaya-kumar-gachhadar

    जेठ १४ भित्र संविधानको मस्यौदा आउने र पूर्ण संविधानका लागि संविधानसभाको म्याद थप गर्नुपर्ने : विजयकुमार गच्छदार

    उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले जेठ १४ भित्र संविधानको मस्यौदा आउने र पूर्ण संविधानका लागि संविधानसभाको म्याद थप गर्नुपर्ने बताउनुभएको छ। विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले जेठ १४ अघि संविधानको मस्यौदा आए संविधान बन्ने निश्चित आधार निर्माय हुने भएकाले संविधानसभाको म्याद त्यही आधारमा थप गर्न सकिने वताउनुभयो। उंहाले प्रत्येक जातजातिको पहिचान झल्किने गरी [...]

  • sudurpachimanchal-bandha

    अखण्ड सुदूरपश्चिमको बन्दको आज १७ दिन

    अखण्ड सुदूरपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन आज १७ औं दिन पनि जारी छ। लगातारको लामो बन्दले जनजीवन अत्यन्तै कष्टकर बनेको छ। आन्दोलनकारीले आज बिहान धनगढीमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा आन्दोलनकारीले कैलालीको गेटा गाविसस्थित मोहना नदी किनारमा मृत फेला परेका हरिदत्त भट्टका हत्यारालाई कारबाहीको माग गरेका छन्। धनगढीबाट घर फर्किने क्रममा उनको बाटोमा हत्या [...]

  • jilla-ma-dui-jana-ido

    कपिलवस्तुमा दुई एलडिओ बीच विवाद

    एउटा जिल्लामा एक जना स्थानीय विकास अधिकारी हुने प्रचलन छ। तर, जिल्ला विकास समिति कपिलवस्तुमा भने अहिले दुईजना स्थानीय विकास अधिकारी छन्। दुईजना स्थानीय विकास अधिकारी भएपछि अन्यौल सिर्जना भएको छ। कार्य मूल्यांकनका आधारमा लगातार दुई पटक असफल जिल्ला बनिसकेको कपिलवस्तुमा दुई एलडिओ बीचको विवादले आगामी वर्ष पनि असफल बन्ने हो कि भन्ने आशंका उब्जेको [...]