नइ प्रकाशनले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली भाषा र संस्कृति प्रर्वद्धनमा उल्लेख्य योगदान पुर्याउने बिभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइंलाको प्रमुख अतिथ्यमा भएको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा अन्तराष्ट्रिय जगत्का २ व्यक्तित्वलाई पनि सम्मान गरिएको छ। बिक्रम संवत २०६९ सालको ३ लाख रुपैयाको नइ देरुख अन्तराष्ट्रिय पुरस्कार अमेरिकाको कोलम्बिया बिश्वबिद्यालयका मानवशास्त्री प्रा.डा. थियोडोर रिकार्डिलाई प्रदान गरिएको छ।
त्यस्तै २ लाख नेपाली रुपैयाको नेइ देरुनीख पुरस्कार भारतीय नेपाली साहित्यकार प्रँध्यापाक लीलबहार क्षेत्रीलाई, १ लाख राशीको नइ खरा सुर्कीर्ती पुरस्कार अक्षरशिरोमणी मदनमणि दीक्षीतलाई, ५० हजार राशीको नइ खरा प्रदीप्ती पुरस्कार साहित्यकार पण्डित श्यामदास बैष्णवलाई, २५ हजार राशीको नइ खरा गौरव पुरस्कार आनी छोइङ डोल्मालाई, १५ हजार राशीको नइ खरा पौरख पुरस्कार मिस तराई तथा मानवअधिकारकर्मी प्रशुन सिंहलाई प्रदान गरिएको छ। कार्यक्रममा पुरस्कृत भएका अमेरिकाका रिकार्डीका तर्फबाट उनीकी श्रीमती एलेन कुनले यस पुरस्कार आफुले मार्फ नभई सम्पुर्ण अमेरिकाबासी नेपालीले प्राप्त गरेको बताउनुभयो।
भारतको आछामबासी नेपाली साहित्य प्रेमी लीलबहादुर क्षेत्रीले पनि भारतमा रहेका सम्पुर्ण नेपालीले नइ पुरस्कार प्रँप्त गरेको र भारतमा नेपाली भाषाको प्रर्बद्धनमा कठिनाई रहेको बताउनुभयो। कार्यक्रममा पुरस्कृत सम्पुर्ण बक्ताले नइ प्रकाशनलाई धन्यबाद व्यक्त गर्दै नेपाली भाषा, कला, संस्कृतिको प्रर्बद्धनका लागी आगामी दिनमा पनि उल्लेखनीय योगदान रहने बताएका छन्।
सपना









There are currently no comments on नइ पुरस्कार. Perhaps you would like to add one of your own?