जर्मन एयरलाइन्स लुत्फहन्साले आफ्नो कम्पनीमा कार्यरत बिश्वभरका ३ हजार ५ सय जनाको रोजगार कटौती गर्ने बताएको छ। एयरलाइन्सले बिश्वभरबाट आगामी वर्ष देखि रोजगार कटौतीको कार्य शुरु गर्ने बताएको छ। सन् २०१२ को सुरुवातमा एयरलाइन्समा ३ सय ७९ मिलियन डलर युरो घाटामा रहेका कारण कम्पनीको यस्तो कदम उठाउनुपरेको बताइएको छ। एयरलाइन्सको करमा बृद्धि भएको र तेलको [...]
नाइजेरियाको उत्तर पुर्वीय क्षेत्र पोतिस्कुमको पशुबजारमा बन्धुकधारीको आक्रमणमा ३४ जनाको मृत्यु भएको बताइएको छ। बन्धुकधारीले आक्रमणमा बिष्फोटक पदार्थको प्रयोग गरेको उद्धारकर्ताहरुले बताएका छन्। बन्धुकधारीको आक्रमणमा पोतिस्कुम बजारमा आगलागी समेत भएको थियो। आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। आगलागीका कारण सयौं पशुहरु जलेका बताइएको छ। आक्रमण कसले गराएको भन्नेबारे केही खुलेको छैन। [...]
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रभातफेरीको आयोजना गरेको छ। महासंघले आयोजना गरेको प्रभातफेरीमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, महासंघका पूर्व कर्मचारीहरुका साथै अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो। प्रभातफेरी पछि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष विक्रम निरौलाले पत्रकारहरु समाचार लेखेकै भरमा असुरक्षित हुनु परेको अवस्थाको अन्त्य [...]
दुर्लभ बन्यजन्तु सालकको तस्करीमा संलग्न भएको आरोपमा झापामा एक जना प्रहरी निरीक्षक नै पक्राउ परेका छन्। झापा दमकमा कार्यरत प्रहरी निरीक्षक मिलन भटराई दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सालक तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका भट्टराईबारे अनुसन्धान भैरहेको जनाएको छ। महानन्द सापकोटा
सिरियाको एपोलो सहर स्थित बिश्वबिद्यालयमा सुरक्षाकर्मीले आक्रमण गर्दा ४ जना बिद्यार्थीको मृत्यु भएको छ। बिद्यार्थीहरु सरकार बिरोधीको समर्थनमा प्रर्दशन गरिरहेको बेला उनीहरुमाथि आक्रमण गरिएको हो। सुरक्षाकर्मीले आक्रमण गरेपछि बिद्यार्थीहरु बिश्व बिद्यालय तर्फ भागेका थिए। सुरक्षाकर्मीको हमलामा कयौं घाइते भएको र लगभग २ सय बिद्यार्थीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। एपोलो बिश्वविद्यालयका बिद्यार्थीहरुले सरकार [...]
नर्वेका चित्रकार एडमन्ड मुन्चको चित्र द स्त्रि्कम संसारकै मंहगो चित्रकलाको रेकर्ड राख्न सफल भएको छ। मुन्चको चित्र द स्त्रि्कमको मुल्य १२ करोड डलर तोकिएको थियो। न्युयोर्कमा उनको चित्र ११ करोड ९९ लाखमा बिक्रि भएको छ। मुन्चको चित्रमा आधुनिक जीवनको पीडा यथार्थ रुपमा चित्रण गरिएको छ। द स्त्रि्कममा एक मानवको रोदनबाट सम्पुर्ण मानवजातिको चित्रण गरिएको छ। [...]
खयरका काठ ओसारपसारमा लगाएको प्रतिवन्ध सरकारले फुकुवा गरेपछि पाचथरका विभिन्न ठाउमा काटेर राखिएका खयरका काठ निकासी हुन थालेको छ। अबैध रुपमा खयरका रुख कटान भएको भन्दै सरकारले २०६६ सालमा खयर निकासीमा रोक लगाएको थियो। सरकारले पुर्वाञ्चल क्षेत्रीय बन कार्यालय विराटनगरका निर्देशक मोहन कोइरालको नेतृत्वमा गठन गरेको छानविन समितिले पाचथरका विभिन्न ठाउमा काटिएका मध्ये २६ हजार [...]
आन्तरिक विवादबाट गुजि्ररहेको नेपाल विद्यार्थी संघले महाधिवेशनको मिति तत्काल तोक्न माउ पार्टी नेपाली कांग्रेससंग आग्रह गरेको छ। यहि सोमवार र मंगलवार बसेको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले विद्यार्थी संघको ११ औं महाविधेशनको मिति एवं स्थान तत्काल तोक्न सभापति सुशील कोइरालालाई आग्रह गरेको छ। केहि महिना अघि [...]
सरकारले जनकपुर विष्फोटमा मारिएकाहरलाई सहीद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैंया उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको बैठकपछि अर्थमन्त्री वर्षमान पुनले जानकारी गराउनुभयो। बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा गैरआवासिय सल्लाहकार बोर्ड गठन गर्ने [...]