राष्ट्रपति डाक्टर रामवरण यादवले सुचना तथा सञ्चार प्रविधिलाई देशको उन्नतीको लागि साधनको रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ। सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति यादवले देशको भू–वनावटका कारण पनि सूचना प्रविधिको विकास अपरिहार्य भएको बताउनुभयो। सूचना तथा सञ्चार प्रविधिको विकास गरेर समतामूलक समाजको निर्माण र पारदर्शिता कायम गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रममा विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले सूचना तथा प्रविधिको विकास समाजमा रहेको वर्गीय अन्तर न्युन गर्ने उपयुक्त माध्यम भएको उल्लेख गर्नुभयो। सूचना प्रविधिको विकासमा सरकारले कुनै कसुर बाँकी नराख्ने उहाँको दाबी थियो।
सो अवसरमा नीजि क्षेत्रमा रहेर सूचना तथा प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने मुनीबहादुर शाक्यलाई सूचना तथा सञ्चार प्रविधि उत्कृष्ट उद्यमी पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी सूचना तथा प्रविधिको उपयोग गरी राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने ठमेल डट कम तथा महानगरिय प्रहरी आयुक्तको कार्यलयलाई पुरस्कृत गरिएको थियो।
आनन्द










There are currently no comments on सुचना तथा सञ्चार प्रविधिलाई देशको उन्नतीको लागि साधनको रुपमा उपयोग गर्नुपर्ने : रामवरण यादव. Perhaps you would like to add one of your own?