एफआईए का अध्यक्ष जोन टड नेपाल आउने भएका छन्

Written by admin. Posted in खेलकूद, विशेष

Published on April 30, 2012 with

नेपाल अटो मोबाईल स्पोर्टस एशोसिएशन नासाको निमन्त्रणामा आगामी जेठ ६ गते विश्व मोटर स्पोर्टसको प्रमुख संस्था फेडेरेसन इन्टरनेशनल डेल अटो मोबाइल एफआईए का अध्यक्ष जोन टड नेपाल आउने भएका छन्। सडक सुरक्षा र पर्यटनको बिषयमा मोटर स्पोर्टस मार्फत विश्वव्यापी गतिबिधी संचालन गरिरहेको संस्था एफआइए का उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेापाल भ्रमण हो।

टडको भ्रमणले नेपालको खेलकुद तथा पर्यटन बिकासमा सकारात्मक संदेश दिने अपेक्षा गरिएको बताइएको छ। टडले नेपालमा रहदा संयुक्त राष्ट्र संघको सडक सुरक्षाको नीतिलाई कार्यान्वयन गराउन सरकार समक्ष अनुरोध समेत गर्नेछन। दुई दिने नेपाल भ्रमणका क्रममा टडले यूवा तथा खेलकुद, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायतका पदाधिकारीसग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी संसदीय समितिका पदाधिकारीहरु तथा नासाका पदाधिकारीहरुसंग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा नेपालमा मोटर खेलको सम्भावना र पर्यटन संग सम्बन्धित बिषयमा समेत छलफल हुनेछ। यस संस्थाले बिश्वमा हुने शिर्ष मोटर स्पोर्टस च्याम्पियनसिपको आयोजना समेत गर्दै आएको छ।

facebook comments:

Leave a Comment