Articles Posted on April 25th, 2012

  • BELAYAT

    बेलायतको आर्थिक व्यवस्था मन्दी तिर नै धकेलिएको तथ्याङ बिभागको भनाई

    बेलायतको आर्थिक व्यवस्था मन्दी तिर नै धकेलिएको तथ्याङ बिभागले बताएको छ। सन् २०१२को पहिलो ३ महिनामा बेलायतको आर्थिक गतिबिधि शुन्य दशमलव २ प्रतिशतले तल झरेको तथ्याङ्क बिभागले जानकारी गराएको छ। सन् २०११को पछिल्लो तीन महिनामा आर्थिक गतिबिधि ३ प्रतिशत तल रहेकेा थियो। तथ्यांक बिभागका अनुसार गत ३ महिनामा औद्योगिक उत्पादन शून्य दशमलव ४ प्रतिशत तल [...]

  • pamanu-bibadh

    इरानले परमाणु हातहतियार बनाइरहेको अन्तराष्ट्रिय समुदायको आरोप

    इजराएलका सेना प्रमुख जेनरल बेनी जान्टले इरानले परमाणु हातहतियार बनाइरहेको अन्तराष्ट्रिय समुदायको आरोप सत्य नभएको बताएका छन्। अन्तराष्ट्रिय समुदायले भने इरानलाई परमाणु हतियार बनाउन लागेको आरोप लगाउंदै आएको छ। तर जेनरल बेनीले इरानले परमाणु हतियार बनाउंछ जस्तो नलागेको बताए। जेनरल बेनीले इरानको उच्च न्यायलयले परमाणु हतियार बनाउन स्विकृति दिइनसकेको बताएका छन्। अन्तराष्ट्रिय देशहरुको आरोपलाई खण्डन [...]

  • samajik-bahiskar

    अवैध यौन सम्बन्ध राखेको झुठो आरोपमा तीन घर परिवारलाई गाउंलेद्वारा सामाजिक बहिष्कार

    अवैध यौन सम्बन्ध राखेको झुठो आरोपमा भोजपुरको उत्तरी खाटाम्मा गाविसका तीन घर परिवारलाई गाउंलेले सामाजिक बहिष्कार गरेका छन्। दाजु बहिनीबीच यौनसम्बन्ध रहेको आरोपमा खाटम्मा गाविसका गाउंलेले कारवाही स्वरुप सामाजिक बहिष्कार गरेपछि उनीहरु दश महिनादेखि सदरमुकाममा विस्थापित जीवन बिताइरहेका छन्। स्थानीय रामबहादुर राई, जगुशेर राई र श्रीकुमार राईको परिवारलाई गाउलेले पानी नचल्ने घोषणा गरेपछि तीन परिवार [...]

  • pashupati-nath-temple

    व्यापार घट्यो

    पशुपतिनाथ दर्शनका लागि नयाँ नियम लागू भएसंगै जनगुनासो समेत बढेको छ। भक्तजनहरुले पुष्प, प्रसाद र दूध चढाउन नपाएको गुनासो गरेका छन् भने पशुपति क्षेत्रमा व्यापार गर्नेहरुले व्यापार चौपट भएको गुनासो गरेका छन्। समान र सर्वसुलभ रुपमा दर्शनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको पशुपति विकास कोषले कुनै सुधारका कार्यक्रम नगरेपछि जनआक्रोश बढेको छ। पशुपति नाथमा चैत [...]

  • सहमति जुटाउन थप २ दिनको समय माग

    सहमति जुटाउन थप २ दिनको समय माग

    दलहरुले संविधानका विवादित विषयहरुमा सहमति जुटाउन थप २ दिनको समय माग गरेका छन्। सिंहदरबारमा आज बसेको संवैधानिक समितिको बैठकमा विवाद समाधान उपसमितिका संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि थप २ दिनको समय प्रदान गर्न संवैधानिक समितिलाई आग्रह गर्नुभएको थियो। दाहालको आग्रह पछि संवैधानिक समितिले २ दिनका लागि विवाद समाधान गर्ने समय थप गर्न [...]

  • singha-durbar

    केन्द्रिय संसद ३ सय ८५ सदस्य बनाउने मोर्चासहितको प्रमुख तीन दलको निर्णय प्रति आपत्ती जनाए : काग्रेस सभासदहरु

    नेपाली काग्रेसका अधिकांश सभासदहरुले केन्द्रिय संसद ३ सय ८५ सदस्य बनाउने मोर्चासहितको प्रमुख तीन दलको निर्णय प्रति आपत्ती जनाएका छन्। संविधानसभाको भवन नयाँ वानेश्वरमा बुधबार बसेको काग्रेस संसदिय दलको बैठकमा केन्द्रिय संसद ठूलो आकारको बनाउदा मुलुकले आर्थिक तथा प्रशासनिक रुपमा थेग्न नसक्ने भन्दै सो निर्णयमा पूर्नबिचार गर्न नेत्तृवको ध्यानाकर्षण गराएका हुन। प्रमुख तीन दल र [...]

  • dig-ganesh-rai

    भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिए प्रहरी प्रमुख गणेश राईले

    भ्रष्टाचार प्रकरणमा मुछिएको भन्दै प्रहरीले ट्राफिक कार्यालयमा छापा र अनुगमन तीव्र पारिरहेका बेला महानगरिय ट्राफिक महाशाखा प्रहरी प्रमुख गणेश राईले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन्। आज महाशाखामा पत्रकार सम्मेलन गरेर डिआईजी राईले आफु पारिवारिक कामका लागि भारत गएको बेलामा सुनियोजीत ढंगले आफूमाथि प्रहार भएको दाबी गर्नुभयो । नक्कली रसिद बनाएर पैसा असुल्ने [...]

  • मालबहाक ट्रक सुकुटेमा दुर्घटना हुदा तीनजनाको घटनास्थलमा नै मृत्यु

    मालबहाक ट्रक सुकुटेमा दुर्घटना हुदा तीनजनाको घटनास्थलमा नै मृत्यु

    सिन्धुपाल्चोकको बाह्रबिसेबाट काठमाण्डौ आएको ना ३ ख ५४८ नम्बरको मालबहाक ट्रक सुकुटेमा दुर्घटना हुदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ। प्लाउड बोकेर आउदै गरेको सो ट्रक दुर्घटना हुदा सिन्धुपाल्चोक लिफ्टी १ का १९ बर्षिय अमरबहादुर थापा,बाह्रबिसे २ का ३० बर्षिया अन्जु श्रेष्ठ र चितवन जुटमानी ७ का मनिका श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो। घटनामा परि [...]

  • pakistan

    पाकिस्तानद्वारा सफलतापुवर्क अन्तरमहाद्धिपीय ब्यालेस्टिक मिसाइल परीक्षण

    पाकिस्तानले सफलतापुवर्क अन्तरमहाद्धिपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको गरेको बताएको छ। छिमेकी राष्ट्र भारतले अग्नि ५ को परीक्षण गरेको एक हप्ता नबित्दै पाकिस्तानले यस्तो घोषणा गरेको हो। पाकिस्तानले परीक्षण गरेको मिसाइल हत्फ ४ परमाणु हतियार राख्न सक्ने क्षमता भएको बताइएको छ। परमाणु हातहतियार बोक्न सक्ने क्षमता भएको यो मिसाइल भारतीय सबै भुभाग र भारतीय समुद्रको तटीय [...]

  • taskari-pakrau

    बाघको खुट्टा र स्यालको छालासहित दुई जनालाई पक्राउ

    कालीमाटी प्रहरीले बाघको खुट्टा र स्यालको छालासहित आज दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ। प्रहरीले उनीहरुलाई काठमाडौं १४ स्थित खड्का गाउंको एक घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख बिन्धवासिनी स्थायी घर भएका २१ बर्षिय मान बहादुर बडुवाल र दैलेख बिन्धवासिनी कै २१ बर्षिय विशाल राउत रहेका छन्। पक्राउ परेका दुवै जनाले माओवादी लडाकुका [...]