वर्षे बाली लगाउने समयमा धौलागिरी अञ्चलमा रासायनिक मलको अभाव भएको छ। धौलागिरीका पर्वत, बागलुङ र म्याग्दी जिल्लामा रासायिनक मलको हाहाकार भएको हो। मल अभाव हुदा किसान मारमा परेका छन्। खेतमा लगाएको मकै गोड्ने बेला भइसक्दा समेत मल नपाएर किसानले मकै गोडेका छैनन्। कृषि सामाग्री कम्पनी लिमिटेडले भने यसवर्ष पर्वतमा युरिया, डिएपी, पोटास लगायतका कुनै पनि रसायनिक मल नआएको र मल आउन अझै दुई साता लाग्ने जनाएको छ। कम्पनीका उपशाखा प्रमुख नारायणप्रसाद शर्माले आन्तरिक ढुवानी समस्याका कारण मल आउन नसकेको बताउनुभयो। पर्वत, बागलुङ र म्याग्दीमा गरी बार्षिक १ हजार ८ सय ३० मेटि्रक टन मल खपत हुने कम्पनीले जानकारी दिएको छ।
सरस्वती सुवेदी









There are currently no comments on धौलागिरी अञ्चलमा रासायनिक मलको अभाव. Perhaps you would like to add one of your own?