Articles Posted on April 8th, 2012

  • tin-dal

    गोप्य बैठकको तयारी

    काठमाडौंमा पटक पटक बैठक बसेपनि शान्ति प्रक्रिया र संविधान निर्माणका जटिल मुद्दामा सहमति कायम गर्न नसकेका तीन दलका शिर्ष नेता गोप्य छलफलका लागि काठमाडौं बाहिर जाने मनस्थितिमा पुगेका छन्। स्रोतका अनुसार गम्भीर र निर्णायक छलफलका लागि तीन दलका शिर्ष नेताहरु मंगलबारसम्ममा काठमाडौं बाहिर जाने तयारीमा छन्। लुक्ला वा त्यस्तै प्रकृतिको शान्त क्षेत्रमा कम्तीमा पनि दुई [...]

  • congress-bhela

    कांग्रेस भेला

    चैत मसान्त भित्र शान्ति प्रक्रिया टुंग्याई जेठ १४ गते भित्र संविधान जारी गर्न दबाब दिने उद्धेश्यले नेपाली कांग्रेसले काठमाडौंको बसन्तपुमा सभा गरेको छ। एकीकृत नेकपा माओवादी र नेकपा एमालेले शान्तिप्रक्रिया र संविधान निर्माणमा भैरहेकेा ढिलाइबारे सभामार्फत आआफ्ना धारणा सार्वजनिक गरे लगत्तै जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेसले समेत आफ्नो धारणा सार्वजनिक गरेको हो। सभालाई सम्बोधन [...]

  • sambhidhan

    सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन

    प्रमुख तीन दलले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन बारे प्रस्तावित विधयकलाई परिमार्जन गर्ने सहमति गरेका छन्। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा आईतवार बसेको तीन दलको बैठकले कानून सचिवको संयोजकत्वमा बनेको आयोग गठन सम्बन्धी समितिले प्रस्ताव गरेका कतिपय विषयवस्तु बाझिएको भन्दै प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको हो। कार्यक्षेत्र र गाम्भिर्यता समानप्रकृतिको रहेकाले [...]

  • bijaya-kumar-gachhadar

    राजनीतिक निर्णयलाई नेपाली सेनाले चौविस घण्टाभित्रै कार्यान्वयन गर्ने : गच्छदार

    उपप्रधानमन्त्री एंव रक्षामन्त्री विजयकुमार गच्छदारले तीन दल र विशेष समितिले सेना समायोजनका सम्बन्धमा गर्ने जुनसुकै निर्णयलाई नेपाली सेनाले सहर्ष स्विकार गर्ने बताउनुभएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भेट गरेपछि संचारकर्मीसंग कुरा गर्दै रक्षामन्त्री गच्छदारले राजनीतिक निर्णयलाई नेपाली सेनाले चौविस घण्टाभित्रै कार्यान्वयन गर्ने बताउनुभएको हो। त्यसैगरी रक्षामन्त्री गच्छदारले [...]

  • nepal-udyog

    नेपाल र चीनका निजीक्षेत्रद्वारा व्यापार तथा लगानी प्रवर्द्धन गर्न सहकार्य

    नेपाल र चीनका निजीक्षेत्रले द्विदेशीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने भएका छन्। अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाउन नेपाल आएका चिनियाँ सिचुवानका प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघवीच आईतवार काठमाडौंमा द्विदेशीय व्यापार तथा लगानी प्रवर्द्धनमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो। छलफलमा महासंघका अध्यक्ष सुरज वैद्यले नेपाल सन् २०१२ र तेह्रलाई लगानीवर्ष घोषणा गरेर विदेशी [...]

  • nepal-chamber-of-commerce

    नेपाल चेम्बर अफ कमर्शको ५९औं वार्षिक साधारणसभा

    अर्थमन्त्री वर्षमान पुनले निजीक्षेत्रकै नेतृत्वमा आर्थिक समृद्धि हासिल हुने जनाउँदै कमजोर बन्दै गएका सार्वजनिक संस्थानहरु पनि सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताउनुभएको छ। काठमाण्डौंमा नेपाल चेम्बर अफ कमर्शको ५९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकार निजीक्षेत्रवीच विश्वासको बलियो वातावरण बनाएर आर्थिक समृद्धिका लागि सँगसँगै हिंड्नुपर्ने बताउनुभएको हो। श्रमविवाद हल गर्न तथा निजीक्षेत्रमैत्री करप्रणाली अवलम्बन [...]

  • singha-durbar

    चैत मसान्तभित्र सेना समायोजनको प्रक्रिया सम्पन्न गर्न लचकताका साथ प्रस्तुत हुने : एकीकृत नेकपा माओवादी

    एकीकृत नेकपा माओवादीले चैत मसान्तभित्र सेना समायोजनको प्रक्रिया सम्पन्न गर्न लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ। सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको लडाकुका डेपुटी कमाण्डरहरु सहित उपत्यकामा उपलब्ध पोलिटव्यूरो सदस्यहरुको बैठकले सेना समायोजनमा दर्जा मिलान, मापदण्ड र प्रक्रियामा लचकता अपनाई सहमतिको लागि प्रयास जारी राख्ने निर्णय गरेको हो। बैठकले केही समयपछि बस्ने सेना समायोजन [...]

  • rajendra-mahato

    संघीयताको विनाको संविधान जारी गरे आफुहरु आन्दोलनमा उत्रिने चेतावनी : राजेन्द्र महतो

    स्वास्थ्य मन्त्री राजेन्द्र महतोले संघीयताको विनाको संविधान जारी गरे आफुहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। सुनसरीको इटहरीमा आयोजित साक्षात्कारमा मन्त्री महतोले संघीयता विनाको संविधान आफूलाई मान्य नहुने समेत बताउनुभयो। उहाले पहिचान सहितको संघीयता नभए मधेसमा मात्र नभइ देशभरी आन्दोलन हुने चेतावनी दिनुभयो। उहाले ठूला दलहरु संघीयता विनाको संविधान जारी गर्ने पक्षमा रहेको आरोप समेत लगाउनुभयो। [...]

  • public-youth

    बिधार्थीले कर्मचारीलाई हातपात गरेकोमा क्याम्पस बन्द

    कहिले बिद्दार्थीले भनेको शिक्षकले नमानेको निहुंमा त कहिले चिट चोर्न नदिएको झोकमा, शिक्षक तथा शैक्षिक संस्थाका कर्मचारि र बिधार्थी बिचको बिबाद बारम्बार आईरहेका हुन्छन्। कुनै घटना सानो तिनो सहमतिमै टुंगिन्छ भने कतिपयले ठुलो आन्दोलनको स्वरुपनै लिने गरेको छ। त्यस्तै प्रकृतिको घटना काठमाण्डौको पब्लिक युथ क्याम्पसमा पनि घटेको छ, जसले हजारौं बिधार्थीको पढाई प्रभाबित पारेको त [...]

  • जेठ १४ भित्र जनताको पक्षमा संविधान वन्ने सम्भावना कम : बादल

    जेठ १४ भित्र जनताको पक्षमा संविधान वन्ने सम्भावना कम : बादल

    एकीकृत नेकपा माओवादीका महासचिव रामवहादुर थापा बादलले जेठ १४ भित्र जनताको पक्षमा संविधान वन्ने सम्भावना कम रहेको वताउनु भएको छ। सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बादलले मुलुकमा विदेशी शक्तिको चलखेल वढेकाले जनताको पक्षमा संविधान वन्ने संभावना कम रहेको वताउनुभयो। महासचिव बादलले सम्मानजनक ठाउ दिएर जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनका लागि नयां राष्ट्रिय सुरक्षा नीति [...]