प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चैत्र मसान्तभित्र सेना समायोजनको प्रक्रिया सकिने र जेठ चौधभित्र नयां संविधान घोषणा भइछाड्ने बताउनुभएको छ। संचारकर्मी र कलाकारसंगको छुट्टाछुट्टै भेटमा काठमाडौं सरसफाइ अभियानमा सहयोग पुर्याउन अपिल गदै प्रधानमन्त्री भट्टराईले तोकिएकै मितिमा शान्ति र संविधान यात्रा पूरा हुंनेमा आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो। फोहर र प्रदुषणका कारण छिछिको अवस्थामा पुगेको काठमाडौंलाई आहा [...]
बिशेष अदालतले पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ बर्ष कैद र २६ लाख ८३ हजार रुपैयां जरीबान तिर्नुपर्ने फैसला सुनाएको छ। बिशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको इजलासले पूर्व महानिरीक्षक बोहराले पदिय हैसियत दुरुपयोग गरि भ्रष्टाचार गरेको ठहर गरेको अदालतका प्रवक्ता धीरबहादुर चन्दले बताउनु भयो। [...]
नेपाल मुश्लिम इत्तेहाद संगठनले वीरगंजमा भएको महाधिवेशनलाई अवैध घोषणा गर्दै आगामी ६ महिनाभित्र चौथो राष्ट्रिय अधिवेशन गर्ने गरी अधिवेशन आयोजक कमिटी गठन गरेको छ। संगठनले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरि महाधिवेशनका लागि रिजवान अन्सारीको संयोजकत्वमा ७५ केन्द्रिय कमिटी चयन गरेको जनाएको छ। त्यसैगरि संगठनले २१ केन्द्रीय सचिवालय सदस्य समेत चयन गरेको छ। कमिटीले नयाँ संविधानमा [...]
पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ तर अझै पनि संचारकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा फरक नआएको धेरैको गुनासो छ। संचारकर्मी महिलाहरु अझै पनि सरकारी मिडियाबाट होस् वा निजी क्षेत्रको संचारमाध्यममा होस, असमानताको शिकार भइरहेको पाइएको छ। प्रधानमन्त्री डा बाबुराम भटराईका आफनै दिदी निरक्षर छन् तर उनको गुनासो न प्रधानमन्त्री भटराईसंग छ न त परिवारसंग [...]
सीमा क्षेत्रबाट हुने अपराध र लागुऔषध ओसारपसार नियन्त्रण लगायतका समस्या समाधान गर्न दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन्। भैरहवामा दुई देशका सुरक्षा अधिकारी वीच भएको बैठकमा सीमा क्षेत्रबाट हुने आपराधिक क्रियाकलाप र लागुऔषध ओसारपसार लगायतका समस्या समाधानका लागि दुवै देशले आ आफ्नो ठांउबाट सहयोग गर्ने सहमति भएको हो। बैठकमा एक देशमा अपराध गरी अर्को [...]
दिनहुंजसो महिलामाथि भएका हिंसाका घटना सार्वजनिक भइरहन्छन्। परम्परागत रुढीवादी समाजदेखि आधुनिक समाजमा समेत महिला हिंसाका घटना भइरहेका छन्। पछिल्लो समयमा महिलामाथि हुने हिंसाका घटनामा कमी आए पनि सञ्चारमाध्यामसम्म त्यस्ता घटना पुग्न थालेकाले महिला हिंसाका घटनामा बृद्धि भएको भन्ने भान पर्न पुगेको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन्। कहिलो बोक्सी त कहिले दाइजो नल्याएको निहुंमा महिलामाथि आक्रमण [...]
२०४७ सालको संविधान जारी गर्नुपर्ने माग गर्दै र्याली निकाल्ने तयारी गरिरहेको शाहि युवा शक्तिका ८ जना कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गरेको छ। राजसंस्था पुन व्यूत्याउनु पर्ने लयातका माग गर्दै उनीहरुले मोटरसाईकल र्यालीको तयारी गरेका थिए। राजधानको वनकाली क्षेत्रवाट शान्तिवाटिकामा पुगेर कोणसभा गर्नेगरि आयोजना गरिएको र्यालीमा करिव ५ सय जनाको संख्यामा शाहि युवा कार्यकर्ताको सहभागीता रहेको शाहि [...]
नया संविधान जारी गर्न ५५ दिन मात्र बांकि हुदा समेत दलहरु संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दा सभा समारोहलाई सम्बोधन गर्नमै व्यस्त हुन थालेका छन्। दलका नेताहरुको यस्ता गतिविधिले जेठ १४ मा संविधान आउनेमा आशंका उत्पन्न भएको छ। एकातिर दलका नेताहरुको प्राथमिकता संबिधान निर्माणमा केन्द्रीत भैरहेको छैन भने सभासद्हरु स्वयं संबिधान निर्माणको दबाबका लागि धर्नामा [...]
एकीकृत नेकपा माओवादीको असन्तुष्ट पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई दक्षिणपन्धी संशोधनवादी विर्सजनवाद, तथा अराजकतावादी व्यक्तिवादको दिशामा अघि बढेको आरोप लगाएको छ। उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले हालै संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले पारित गरेको प्रस्तावको प्रतिकार गर्दै जारी गरेको विज्ञप्तीमा सो आरोप लगाइएको हो। महासचिव थापाले संस्थापन पक्षले [...]
दुई सयजना भन्दा बढी शेयर सदस्यको लगानीमा हाते कागज उत्पादन गर्दै आईरहेको बागलुङको लेखानी जडिबुटी उत्पादक सहकारी संस्था हाते कागजको माग बढ्न थालेपछि उत्साहित भएको छ। लेखानी गाविसमा १० वर्षदेखि हाते कागजको उत्पादन गर्दै आएको उद्योगबाट उत्पादित नेपाली कागजको माग काठमाडौं, पोखरा लगायतका क्षेत्रबाट पर्याप्त मात्रामा आउन थालेपछि उनीहरुमा उत्साह छाएको हो। विश्व वातावरण कोष [...]