पछिल्लो समयमा नेपालको शान्ति र संविधान निमार्णको प्रयासमा देखिएको प्रगतिसंगै विदेशी लगानीकर्ताहरुको चासो बढेको छ। नेपाल चेम्बर अफ कमर्स जापान प्रतिनिधिको सहकार्यमा काठमाडौमा जापानका व्यवसायीक प्रतिनिधि र नेपाली व्यसायीबीचको भेटघाटमा उनीहरुले नेपालमा लगानीको लागि चासो बढाएका हुन्। भेटका क्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले नेपाल सरकारले सन २०१२/१३ लाई लगानी वर्ष घोषणा [...]
एकीकृत नेकपा माआवादीका महासचिव रामबहादुर थापाले अव बन्ने संविधान जनसंविधान नहुने भएकोले नयां आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। राजधानीमा अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव थापाले पार्टी नेतृत्व दक्षिणपन्थी र संसोधनवादी शैलीबाट अगाडी बढेको आरोप लगाउर्दै क्रान्तिलाई सफल बनाउन सवै एकजुट हुनुपर्ने बताउनुभयो। उहांले जनताको चाहान सहितको संविधान जारी गर्नुको साटो [...]
काठमाडौंको हाडीगांउ भिमसेनस्थानमा जारी खुल्ला फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको समाप्तिमा भक्तपुरका भेट्रान गणेशमान दुवाल शिर्ष स्थानमा रहेका छन। दुवाल चार दशमलव पाँच अंकका साथ शिर्ष स्थानमा रहेका हुन। आज सम्पन्न चौथौं खेलमा सर्लाहिका महेश थापासित बराबरी खेलेका गणेशमानले पाचौं खेलमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई माथ दिएका थिए। महेशले पाँचौं खेलमा नेपाल च्याम्पियन मनिष [...]
नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले जातिययताको आधारमा राज्यको पुर्नसंरचना गरिए देश द्धन्द्धमा फस्ने बताउनुभएको छ। अविभाजित सुदुरपश्चिमका लागि विभिन्न राजनीतिक संगठनमा रहेका सुदूरपश्चिमाञ्चका नेताहरुको संयुक्त पत्रकार सम्मेलनमा नेता देउवाले नेपाली काँग्रेसले प्रस्ताव गरेको सात प्रदेश नै वैज्ञानिक तथा व्यवहारिक भएको दावी गर्नुभयो। एक जाती तथा समुदायको अधिकार स्थापित गर्ने नाममा अर्को जाती, समुदाय [...]
नेपाल अटो मोबाईल स्पोर्टस एशोसिएशन नासाको निमन्त्रणामा आगामी जेठ ६ गते विश्व मोटर स्पोर्टसको प्रमुख संस्था फेडेरेसन इन्टरनेशनल डेल अटो मोबाइल एफआईए का अध्यक्ष जोन टड नेपाल आउने भएका छन्। सडक सुरक्षा र पर्यटनको बिषयमा मोटर स्पोर्टस मार्फत विश्वव्यापी गतिबिधी संचालन गरिरहेको संस्था एफआइए का उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेापाल भ्रमण हो। टडको [...]
बिराटनगरका पत्रकार खिलानाथ ढकाल कुटपिट प्रकरणका मुख्य योजनाकार भनिएका युवा संघ मोरङ्गका उपाध्यक्ष तथा युथफोर्स मोरङ्गका अध्यक्ष परशुराम बस्नेत कुटपिट प्रकरणमा साधारण तारेख तथा अदालत आक्रमण अभियोगमा दुई लाख रुपैया धरौटी बुझाएर रिहा भएका छन्। घटना भएको करिब एक बर्ष पश्चात परशुराम बस्नेतले सोमबार जिल्ला अदालत मोरङ्गमा आत्मसर्मपण गरेका थिए। युवा संघका कार्यकर्ताहरु सहित अपरान्ह [...]
बहराइनको न्यायलयले अब्दुलहादी अल ख्वाजा लगायत सरकार बिरोधी २१ अधिकारकर्मीहरुको मुद्दा नागरिक अलातलमा पुनर्बिचार हुने बताएको छ। सरकार बिरोधी अधिकारकर्मी अब्दुलहादीलाई गत जुलाईमा सैनिक अदातलले आजीबन काराबासको सजाय सुनाएको थियो। उनी माथि राज्य बिरुद्ध कार्य गरेको आरोप लगाइएको थियो। उनले बहराईनमा लोकतन्त्रको माग गर्दै प्रदर्शनको नेतृत्व गरेका थिए। कारागारमा रहेका अब्दुलहादी दुई महिना देखि स्वतन्त्रता [...]
नेपालका लागि थाइल्याण्ड, क्यूवा र अजरबैजानका राजदुतहरुले आज राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष आफनो ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नुभएको छ। राजदुतहरुले एक समारोहबीच राष्ट्रपति भवन शितल निवासमा थाइल्याण्डका राजदुत कान्थोङ उनाकुल, क्यूवाका अबेलार्दो राफेल क्यूटो सोसा र अजरबैजानका राजदुत इब्राहिम असद ओग्लु हाजिएवले आ आफनो ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नुभएको हो। सो समारोहमा प्रधानसेनापति छत्रमान गुरुङलगायत [...]
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा नियुक्त हुनुभएका केशव स्थापितलाई हिमालय टेलिभिजनले बधाई ज्ञापन गरेको छ। हिमालय टेलिभिजनमा प्रसारण हुने “यसो गरे कसो होला” कार्यक्रमका निर्माता एवं प्रस्तोता समेत रहनु भएका स्थापितलाई हिमालय टेलिभिजनको प्राङ्गणमा स्वागत एवं शुभकामना व्यक्त गरिएको हो। हिमालय टेलिभिजनका अध्यक्ष ललित अग्रवाल, प्रमुख कार्यकारी अधिकृत नारायण पुरी, कार्यकारी समाचार सम्पादक जीवन काफ्ले [...]