नेपालगन्ज नगरपालिका १३ भृकुटीनगरस्थित एकघरमा भाडामा बस्दै आएका दुईजना भारतीय नागरिकको हत्या भएको छ। हत्या गरिएका दुवैजना बाबुछोरा हुन्। जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायब उपरीक्षक उदय तामाङले दुवैजनाको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको बताउनुभयो। ५५ वर्षीय बाबु लम्बु बर्मा र उनका ११ वर्षीय भोला बर्माको शव शक्रवार दिउसो प्रहरीले फेला पारेको हो। [...]
सेना समायोजन विशेष समितिले समायोजनमा जाने लडाकुलाई चैत मसान्तभित्र नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ। विशेष समितिको कार्यालय नयां बानेश्वरमा बसेको समितिको बैठकले चैत्र मसान्तभित्र लडाकुलाई नेपाली सेनासमक्ष जिम्मा लगाउने गरी तत्काल पुर्नवर्गीकरण थाल्ने निर्णय पनि गरेको छ। त्यस्तै लडाकुसंग रहेका हतियार र कन्टेनर पनि चैत मसान्तभित्रै नेपाल सरकारलाई बुझाउने निर्णय विशेष समितिले गरेको [...]
गरिबीले के गराउंदैन? घरबारबिहीन, मानसिक सन्तुलन अनि मृत्युको मुखसम्म पुग्नु पर्ने अवस्था सिर्जना गर्छ गरिबीले। गरिबीकै कारण बारामा एक महिलाले दुई सन्ततीको हत्या गरी आत्महत्या गरेको घटना सेलाउन नपाउंदै भोजपुरमा एक परिवार घर न घाटको भएको छ, त्यो पनि दश पाथी कोदो बेसाएको ऋण चुक्ता गर्न नसक्दा। भोजपुरको मानेभञ्ज्याङ गाविस–८ दमैछापका राजमान तामाङको परिवार यति [...]
देशभरिका अदुवा कृषक तथा व्यवसायीको मागलाई प्रतिनिधित्व गर्ने उदेश्यले नेपाल अदुवा उत्पादक तथा विक्रेता संघको स्थापना भएको छ। नारायणगढमा भएको गोष्ठिले झापामा स्थापना भई क्रियासिल रहेको स्थानीय अदुवा उत्पादक तथा बिक्रेता संघलाई नै राष्ट्रिय स्तरको संघ बनाउने निधो गरेअनुसार नै उक्त संघको स्थापना भएको काठमाण्डौमा अयोजित एक कार्यक्रममा जानकारि दिईयो। नेपाल अर्थ, कृषि र व्यापार [...]
नेपाली कांग्रेसमा देखिएको भ्रातृसंगठन विवाद अन्ततः सडकसम्म आइपुगेको छ। नेपाल विद्यार्थी संघका देउवापक्षीय कार्यकर्ताहरुले शुक्रबार सडकमै पार्टी सभापति सुशील कोइरालाको राजीनामा माग गरे। यसअघि पुतलीसडक नेविसंघ कार्यकर्ता र प्रहरीका बीचमा झडपसमेत भएको थियो । संस्थापन पक्षले एकतर्फी रुपमा नेपाल विद्यार्थी संघको केन्द्रीय समिति विस्तार गरेको र आफूहरुलाई अपमानित गरेको आरोप लगाउदै नेपाल विद्यार्थी संघको केन्द्रीय [...]
एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाले जेठ चौधमा जनसंविधान जारी नभए जनविद्रोहको विकल्प नभएको बताउनुभएको छ। अखिल नेपाल ट्रेड यूनियन महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सामन्तवादी र साम्राज्यवादीले जनसंविधान जारी गर्न नदिने प्रपञ्च रचिरहेकाले त्यसका लागि खवरदारी गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा महासचिव थापाले पार्टीभित्रै जनयुद्धको मुल्य र मान्यतालाई कुल्चदै गइरहेकाले पार्टीभित्र रुपान्तरण र शुद्धीकरणको आवश्यकता [...]
जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित भोजपुरको एकमात्र सिक्तेल खोला साना जलविद्युत्त गृह बिग्रेर बन्द भएको तीन वर्ष भइसक्यो। तर, यसको पुनर्निर्माणमा भने कसैको ध्यान पुगेको छैन। २०३६ सालमा निर्माण भएको २ सय ५० किलोवाट क्षमताको सिक्तेल खोला साना जलविद्युत गृह २०६४ सालदेखि बन्द अवस्थामा छ। मुलुकले लोडसेडिङको चर्को मार खेप्नु परिरहेका बेला त्यसलाई [...]
संविधानसभामा जारी राज्यपुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदनमाथिको छलफल सकिंदैछ। संविधानसभा भवन नयाँ बानेश्वरमा जारी आजको बैठकमा पनि सभासद्हरुले आयोगको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिरहेका छन्। आयोगका बहुमत सदस्यले दलितका लागि गैरभौगोलिकसहित ११ प्रदेश र अल्पमतमा रहेका सदस्यहरुले ६ प्रदेशको प्रस्ताव गरेका थिए। प्रतिवेदनमाथि सोमबारदेखि दलीय प्रतिनिधित्वका आधारमा दैनिक ६ घण्टाका दरले छलफल हुंदै आएको छ। छलफलमा [...]
म्यानमारकी प्रजातान्त्रवादी नेतृ आङ सान सुकीले अप्रिल १मा हुने उपनिर्वाचन निपष्क्ष हुनेमा आशंका व्यक्त गरेकिछिन्। आइतबार हुने उपनिर्वाचनमा उम्मेदवार रहेकी सुकीले निर्वाचनमा सरकार पक्षबाट धांधली हुने सक्ने बताएकीछिन्। संचारमाध्यमसंग कुरा गर्दै सुकीले आफुले उम्मेदवारी दिएकोमा कुनै अपशोच नभएको बताइन्। म्यानमारका सम्पूर्ण नागरिकहरुको इच्छा अनुरुप आफू उम्मेदवार बनेको उनको भनाइ छ। नेसनल लिग फर डेमोक्रेसी पार्टीकी [...]