पूर्वी अफगानिस्तानमा एक सुरक्षाकर्मीद्वारा आफ्ना ९ जना सुरक्षाकर्मी साथीको गोली हानी हत्या

Written by admin. Posted in विदेश, विशेष

Published on March 30, 2012 with

पूर्वी अफगानिस्तानमा एक सुरक्षाकर्मीले आफ्ना ९ जना सुरक्षाकर्मी साथीको गोली हानी हत्या गरेका छन्। नाकामा सुतिरहेका आफ्ना साथीलाई ती सुरक्षाकर्मीले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो आक्रमणमा आक्रमणकारी सुरक्षाकर्मीका भाई पनि मारिएको बताइएको छ। भाइ नाकाका कमाण्डर रहेको जनाइएको छ। आक्रमणकारी सुरक्षाकर्मी आक्रमणपछि हतियारसहित फरार रहेका छन्। आक्रमण किन र के का लागि भएको भन्नेबारे पुष्टि हुन नसकेपनि तालिबान विद्रोहीलाई सुरक्षा अधिकारीले दोषी ठहर्‍याएका छन्। एक अर्को आक्रमणमा दक्षणी अफगानिस्तानमा २ नेटो सुरक्षाकर्मीकोसमेत मृत्यु भएको थियो।

facebook comments:

Leave a Comment