जेठ १४ गतेभित्र नै शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यले पूर्णता पाउने : झलनाथ खनाल

Written by admin. Posted in राजनीति, विशेष

Published on March 30, 2012 with

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जेठ १४ गतेभित्र नै शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यले पूर्णता पाउने बताउनुभएको छ। सात दिने स्वास्थ उपचारको लागि भारतको नयां दिल्लाबाट आज स्वदेश फर्कनु भएका अध्यक्ष झलनाथ खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सर्वोच्च अदालतले गरेको फैसला ठीक भएको र जेठ १४ भित्र नै संविधान जारी गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो।

स्वास्थ्य उपचारका लागि अघिल्लो विहीबार नयां दिल्ली जानु भएका खनालको दिल्लीस्थित इन्द्रप्रस्त एपोलो अस्पतालमा प्रोस्टेड ग्लाण्डको शल्यक्रिया गरिएको थियो। भारत भ्रमणका क्रममा कुनै पनि राजनीतिक भेटघाट नभएको स्पष्ट पार्दै अध्यक्ष खनालले राजनीतिक उपचार देशभित्रै भएको बताउनुभयो। शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य राजनीतिक दलहरु मिलेर गर्ने उहांको भनाईथियो। उहालाई चिकित्सकहरुले केही दिन आराम गर्न सल्लाह दिएका छन्।

मधुसुदन 

facebook comments:

Leave a Comment