एकीकृत नेकपा माओवादी सचिव सिपी गजुरेलले आफुहरु नै पार्टीको संस्थापन पक्ष भएको दावी गर्नु भएको छ। सुनसरीको इनरुवामा बैद्य पक्षीय माओवादी कार्यकर्ताहरुको भेलापछि पत्रकारसंग कुरा गर्दै गजुरेलले पार्टीको सिद्धान्त र विचार आफुहरुले वोकेकाले आफनो समूह संस्थापन पक्ष भएको दावी गर्नु भयो। नेता गजुरेलले पार्टीका अध्यक्ष र वर्तमान सरकारका प्रधानमन्त्री नै दक्षिणपन्थी धारमा लागेकाले पार्टी जोगाउनका लागि जिल्ला जिल्लामा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। उहंाले जनसंविधानका लागि नेपाली जनता एकजुट नभए मुलुक संकटमा फस्ने दावीसमेत गर्नुभयो।









There are currently no comments on एकीकृत नेकपा माओवादी सचिव सिपी गजुरेलले आफुहरु नै पार्टीको संस्थापन पक्ष भएको दावी. Perhaps you would like to add one of your own?