क्षेत्र नम्बर ६ बैतडी काठमाडौंमा जारी अण्डर सिक्सटीन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पुल्चोकस्थित खेल मैदानमा सम्पन्न खेलमा क्षेत्र नम्बर ७ जनकपुरधामलाई २५ रनले पराजित गर्दै बैतडी फाइनल प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बैतडीले पूरै ४० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा २ सय २० रनको योगफल तयार पारेको थियो। बैतडीका लागि [...]
सत्तारुढ एक गणक फोरम गणतान्त्रिक यतिबेला चरम बिबादमा फसेको छ। अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता जेल गएपछि नेतृत्वविहीन बनेको पार्टीमा कृषि मन्त्रीबाट नन्दन दत्तलाई पदमुक्त गरिएपछि अझ भाडभैलो उत्पन्न भएको छ।गत फागुन ९ गते पार्टी अध्यक्ष जयप्रकश प्रसाद गुप्तालाई विभिन्न समयमा सार्वजनिक पद धारणा गर्दा भ्रष्टचार गरेको ठहर गर्दै जेल चलान गरेदेखि नै अन्योलमा पर्दै आएको [...]
आर्थिक विकासका आधारहरुप्रति आँखा चिम्लिएर राजनीतिक सहमतिका आधारमा मात्र राज्य पुनर्संरचनाको प्रयास भएको टिप्पणी अर्थविद्हरुले गरेका छन्। काठमाडौंमा भएको एक अन्तर्क्रियात्मक कार्यक्रममा सहभागी अर्थविद्हरुले राज्य पुनर्संरचनामा आर्थिक विकासका आधारलाई मुख्य रुपमा ध्यान दिइनुपर्ने बताएका हुन्। अर्थविद् डाक्टर विश्वम्भर प्याकुर्यालले आर्थिक विकासको स्पष्ट आधारविना राज्यको पुनर्संरचना भएमा त्यसले देशलाई समृद्ध बनाउन नसक्ने बताउनुभयो। कार्यक्रममा अर्थविद् डक्टर [...]
सरकारले राष्ट्रिय सुरक्षा नीति २०६७ अध्ययन तथा परिमार्जनका लागि उपप्रधान एवम् रक्षा मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् अर्न्तगतको राजनीतिक समितिको बैठकले नेपाली सेनाको लोकतान्त्रीककरण सम्बन्धी कार्ययोजना लगायतका विषय समेटिएको सुरक्षा नीतिको पुनरावोलकन गर्ने निर्णय गरेको हो। राजनीतिक समितिको बैठकले यसअघि बजेट वक्तव्यमा प्रस्ताव गरिएका एकचालीस [...]
युनाइटेड खर्साङ् फुटबल क्लब दार्जिलिङलाई ३–२ ले पराजित गर्दै धनकुटा फुटबल क्लब भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। भोजपुर सदरमुकामस्थित टुंडिखेलमा भएको प्रतिस्पर्धात्मक खेलमा धनकुटालाई जित दिलाउने क्रममा खेलको १० औं मिनेटमा वर्तमान राईले टिमको खाता खोलेका थिए। तर, खेलको ३५औं मिनेटमा बिरेन तामाङले दार्जिलिङ्गका तर्फबाट गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए। त्यसपछि खेलको [...]
फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले गतहप्ता एक बन्धुकधारीले यहुदी विद्यालयमा गरेको हमलाको भिडियो सार्वजनिक नर्गन संचारमाध्यहरुलाई आग्रह गरेका छन्। बन्धुकधारी मोहम्मद मेहराले हमला गरेको भिडियोले घटनामा पिडीतहरुलाई आघात पुग्ने राष्ट्रपति सार्कोजीले बताएका छन्। अरबी टीभी अल जजीरा कार्यलयमा घटनाको भिडीयो सार्वजनिक गर्ने वा नगर्नेमा बिबाद भएको थियो। सार्कोजीले राष्ट्रपति भवनबाट एक व्यतव्य मार्फत आफुले पिडित परिवारका [...]
नेपाल आयल निगमले मासिक व्यहोर्दै आएको घाटा न्युनिकरण गर्ने भन्दै पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ। निगम संचालक समितिले प्रतिलिटर पेट्रोल, डिजल र मट्टितेलको मूल्य चार चार रुपैंयाका दरले बढाएको हो। यसपटक निगमले हवाई इन्धन र खाना पकाउने ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको भाउ बढाएको प्रवक्ता मुकुन्द ढुंगेलले बताउनुभयो। पछिल्लो पटक फागुन १२ गते निगमले हवाई [...]
निवर्तमान कृषि तथा सहकारी मन्त्री नन्दन कुमार दत्तले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सत्ता टिकाउने नैतिक अनैतिक खेलको शिकारमा आफु परेको आक्रोश व्याक्त गरेका छन्। राजधानीमा आयोजित साक्षात्कारमा फोरम गणतान्त्रिकका उपनेता समेत रहेका दत्तले मोर्चाका केहि नेतालाई सन्तुष्ट बनाउन प्रधानमन्त्री भट्टराईले हचुवाका भरमा बिनाकारण आफुलाई हटाएको बताए। दत्तले अन्य बखास्तमा परेका मन्त्रीले सफाईको मौका पाएपनि आफुलाई [...]
भारतको पश्चिमी क्षेत्र महाराष्ट्रमा भएको बारुदी सुरुङ बिष्फोटमा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। बिष्फोटमा १५ सुरक्षाकर्मी घाइते भएको अधिकारीहरुले बताएका छन्। महाराष्ट्रको जंगली क्षेत्रतर्फ गइरहेको सुरक्षाकर्मी चढेको भ्यान बिष्फोटमा परेको अधिकारीहरुले बताएका छन्। बिष्फोटको जिम्मा कुनै समूहले लिएको छैन। तर अधिकारीहरुले भने बिष्फोट माओवादीले गराएको आरोप लगाएका छन्। भारतका सुरक्षाकर्मीहरुलाई लक्ष्यित गरी गराइएको सो [...]
पर्वतको घान्द्रुक स्थित मोदी नदीमा निर्माण हुने माथिल्लो मोदी ए लविद्युत आयोजनाको संयुक्त विकासका लागि कोरियाको कोरिया वाटर रिसोरसेज कोअपरेसन के वाटर र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी करिब सत्तचालीस मेगावाट बराबरको बिजुली उत्पादन गर्ने प्रस्ताव अनुसार दुई देशका संस्थाबीच संयुक्त विकास सम्झौता भएको हो। सम्झौतामा नेपालका तर्फबाट नेपाल [...]