Articles Posted on March 26th, 2012

  • prime-story-video

    This article contains a video.

  • congress-aantarkriya

    कांग्रेस अन्तर्त्रि्कयामा….

    नेपाली कांग्रेसका विभिन्न भ्रातृसंस्था तथा शभेच्छुक संस्थाका प्रतिनिधिहरुले पार्टीभित्र विवाद साम्य हुनुको साटो विवाद बढ्दै गएको भन्दै नेतृत्वलाई गम्भीर हुन आग्रह गरेका छन्। राजधानीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै तराईका विभिन्न जिल्लाका नेताहरु, भ्रातृसंस्था तथा शुभेच्छुक संघसस्थाका प्रतिनिधिहरुले मधेसमा कांग्रेस कमजोर बन्दै गएको भन्दै पार्टीलाई बलियो बनाउन पहिला मधेसलाई बलियो बनाउनुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका [...]

  • rastrapati-baglung

    राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा तेस्रो बागलुङ महोत्सवको उद्घाटन

    राष्ट्रपति डाक्टर रामवरण यादवले शान्ति र संविधान समयमै टुङ्याउनका लागि प्रमुख राजनीतिक दललाई एक भएर अघि बढ्न आग्रह गर्नुभएको छ। बागलुङमा पश्चिमाञ्चल औद्योगिक प्रदर्शनी तथा तेस्रो बागलुङ महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले राजनीतिक स्थायित्व बिना आर्थिक क्रान्ति सम्भव नभएकाले छिटो भन्दा छिटो राजनीतिक स्थायीत्व कायम गर्न दलहरुलाई आग्रह गर्नुभयो। दुई हजार सात सालदेखिको राजनीतिक परिवर्तनका [...]

  • baburam_bhattarai_minister

    नेपाल वायुसेवा निगमको लागि आवश्यक हवाई जहाज खरिदको लागि अलमल नगर्न आग्रह : प्रधानमन्त्री

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको लागि आवश्यक हवाई जहाज खरिदको लागि अलमल नगर्न आग्रह गर्नु भएको छ। प्रधानमन्त्री भट्टराईले सरकारले विभिन्न खालका पर्यटकीय अभियानहरु सञ्चालन गरिरहेकोले छिटो भन्दा छिटो जहाज खरिद प्रकृया अगाडि बढाउन पर्यटनमन्त्री लगायतका व्यक्तिहरुलाई निर्देशन दिनु भएको हो। उहाँले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज किन्नको लागि सवै प्रकारका वाधा अड्चन हटाउनेतर्फ [...]

  • under-16

    अन्डर सिक्स्टिन क्रिकेट प्रतियोगिता अन्तर्गत भैरहवा लगातार दोस्रोपटक विजयी

    राजधानीमा जारी अन्डर सिक्स्टिन क्रिकेट प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर चार भैरहवा लगातार दोस्रोपटक विजयी हुंदै फाइनल नजिक पुगेको छ भने क्षेत्र नम्बर ७ जनकपुरले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित खेल मैदानमा भएको खेलमा भैरहवाले क्षेत्र नम्बर ५ नेपालगंजलाई ७६ रनको फराकिलो अन्तरले हराउदै समुह बीको फाइनल नजिक पुगेको हो। भैरहवाले खेलेका दुई खेलमध्ये दुवै [...]

  • sambhidhan-bhanwan

    संविधानसभामा बहस आरम्भ………..

    नयां संविधानको सबैभन्दा जटिल बनेको राज्य पुनर्संरचनाका विषयमा संविधानसभामा बहस आरम्भ भएको छ। दलीय आधारमा छुट्याइएको समय अनुसार, सभासद्हरुले धारणा राखिरहेका छन्। संवैधानिक व्यवस्था अनुसार, राजनीतिक सहमतिका आधारमा राज्य पुनर्संरचना सुझाव आयोग गठन गरी त्यसले दिएको प्रतिवेदनमाथि छलफल सुरु भएपनि सभासद्हरुले आयोग गठन प्रक्रिया र त्यसले दिएको नतिजामाथि नै प्रश्न उठाउन थालेका छन्। राज्य पुर्नसंरचना [...]

  • afganisthan

    अफागनी सुरक्षाकर्मीको भेषमा नेटो सेनाको बेस क्याम्पमा प्रवेश गरी २ जना नेटो सैनिकको गोली हानी हत्या

    अफागनी सुरक्षाकर्मीको भेषमा गएका एक व्यक्ति अफगानिस्तानको हेमल्यान्डस्थित नेटो सेनाको बेस क्याम्पमा प्रवेश गरी २ जना नेटो सैनिकको गोली हानी हत्या गरेका छन्। नेटो सुरक्षा कार्यालयले अफगानी सुरक्षाकर्मीको पहिरनमा आएको व्यक्तिले गोली चलाउंदा २ जना नेटो सेनाको मृत्यु भएको जानकारी दिएको छ। लगत्तै नेटो सेनाको कारबाहीमा सो बन्धुकधारीको पनि मृत्यु भएको नेटो सुरक्षा  कार्यालयले बताएको [...]

  • cow

    गाई मारिएकोमा हत्यारालाई कडा कारबाहीको माग राख्दै आन्दोलन

    ललितपुरको गोदामचौर ८ मा सोमबार गाई मारिएपछि स्थानीयवासी हत्यारालाई कडा कारबाहीको माग राख्दै आन्दोलित बनेका छन्। गौहत्याको आरोपमा सोमबार प्रहरीले गाविसका चालीस वर्षीय लालबहादुर तामाङ र संखुवासभा घर भई हाल ललितपुरको गोदामचौरमा बस्दै आइरहेका छत्तीस वर्षीय क्षेत्रबहादुर भोटेलाई पक्राउ गरेको थियो। राष्ट्रिय जनावर गाईको हत्या भएको भन्दै स्थानियवासी तथा शिव सेना नेपालका कार्यकर्ताहरुले अभियुक्तको बस्दै [...]

  • swasthya-surakchya

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षे सर्वेक्षणको स्वस्थ्य सूचकांक सार्वजनिक

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षे सर्वेक्षणको स्वस्थ्य सूचकांक सार्वजनिक गरेको छ। जसमा विगतको तुलनामा नेपालको स्वास्थ्य सेवा चुस्त भएको जनाइएको छ। यद्यपि स्रहसाब्दी विकास लक्ष्यमा पुग्न नेपाललाई अझै धेरै चुनौतीको सामना गर्नुपर्ने विज्ञहरुको धारणा छ। तीन तीन वर्षमा स्वास्थ्य मन्त्रालय तथा अन्य राष्ट्रिय, अर्न्तराष्ट्रिय संघसस्थाको संयुक्त पहलमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक [...]

  • jhalnath-sapath

    खनालको भारतको नयांदिल्लीस्थित एपोलो अस्पतालमा प्रोस्टेड ग्लाण्डको शल्यक्रिया

    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको भारतको नयांदिल्लीस्थित एपोलो अस्पतालमा प्रोस्टेड ग्लाण्डको शल्यक्रिया भएको छ। आज विहान आठ बजे अध्यक्ष खनालको प्रोस्टेट ग्लाण्डको शल्यक्रिया भएको हो। शल्यक्रियाका लागि उहां हिजो अस्पताल भर्ना हुनु भएको थियो। उहां तीन दिनसम्म अस्पतालमै रहने र चैत १७ गते स्वदेश फर्किनुहुने एमालेले जनाएको छ।