Articles Posted on March 25th, 2012

  • Bidhya-bhandari

    संविधान संशोधन गरेर भएपनि संविधान सभाको म्याद थप्न सकिने : विद्या भण्डारी

    नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारीले संविधान संशोधन गरेर भएपनि संविधान सभाको म्याद थप्न सकिने बताउनुभएको छ। प्रेस चौतारीले सुनसरीको इटहरीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले सर्वोच्च अदालतको निर्णय भन्दा व्यवस्थापिका संसद अधिकार सम्पन्न भएकाले आफ्नो अधिकार प्रयोग गरेर समय थप्न सकिने वताउनुभयो। वर्तमान सरकारले शान्ति र संविधान दिन नसक्ने भएकाले यसलाई राष्ट्रिय सहमतिको सरकार बनाउन […]

  • हतियारधारी समुहद्वारा रौतहटको गरुडा बैरियामा एक महिलालाई गोली हानी हत्या

    हतियारधारी समुहद्वारा रौतहटको गरुडा बैरियामा एक महिलालाई गोली हानी हत्या

    हतियारधारी समुहले रौतहटको गरुडा बैरियामा एक महिलालाई गोली हानी हत्या गरेको छ। हतियारधारी समूहले गरुडा बैरियाकी ३० वर्षिया पुनकलीदेवी पासवानको गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट पासवानको घटनास्थलमै मृत्यु भएको थियो। घर नजिकैको उखुबारीमा गएको बेला हतियारधारी समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोली हान्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको […]

  • solukhumbu

    संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ– झ्यासा गुम्बा

    सोलुखुम्बु जिल्लामा जसरी शाहसिक पर्यटनको विकास भइरहेको छ, त्यसैगरि धार्मिक पर्यटनको सम्भावना देखिन्छ। तर, भएका धार्मिक स्थल र सम्पदाहरुको संरक्षण र प्रवर्द्धन भने गर्न सक्नुपर्छ। त्यस्तै, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ– झ्यासा गुम्बा। विश्वको सर्वोच्च शिखर सगरमाथाले सोलुखुम्बु जिल्लालाई मात्रै होइन नेपाललाई नै विश्वभर चिनाइरहेको छ। सगरमाथा र अन्य हिमशृंखलाकै कारण सोलुखुम्बु जिल्लामा साहसिक पर्यटकको […]

  • barsa-man-pun

    राजनीतिक पुर्वाग्रहको आधारमा विकास रोकिन नहुने अर्थमन्त्री वर्षमान पुनको भनाई

    अर्थमन्त्री वर्षमान पुनले पश्चिम सेती परियोजना नेपालको आर्थिक समृद्धिको पहिलो आधार भएकोले कसैबाट पनि अवरोध हुन नहुने बताउनुभएको छ। काठमाडौमा नेपाल चीन उद्योग वाणिज्य संघको १२ औं साधारण सभालाई संबोधन गर्दै उहाँले आर्थिक समृद्धि सरकारको प्राथमिकताको विषय पनि भएकोले जनताको विकासप्रतिको आकांक्षालाई सम्बोधन गर्ने बताउनुभयो। राजनीतिक पुर्वाग्रहको आधारमा विकास रोकिन नहुने उहाँको भनाई थियो। देशको उन्नतीमा […]

  • chadhary-group

    हैजा, झाडापखाला जस्ता रोग न्यूनिकरण गर्न चौधरी ग्रुपद्वारा हात धुने अभियान सुरु

    औद्योगिक समूह चौधरी ग्रुपले आफनो उत्पादन वाईवाई चाउचाउ मार्फत हात धुने अभियान सुरु गरेको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै चौधरी ग्रुपले हात धुनु पर्ने अभियानलाई सहयोग पुर्‍याउन चाउचाउको प्याकेटमा सन्देश छाप्ने र प्रचारप्रसार अभियान पनि सञ्चालन गरेको छ। अभियानलाई सफल बनाउन हात धोऔं स्वस्थ रहौं भन्ने नारा चाउचाउका प्याकेटमा अंकित गरिएको समूहले जानकारी दिएको छ। चौधरी […]

  • nebisang

    नेपाल विद्यार्थी संघ संस्थापन पक्षका नेताहरुद्वारा पाँच महिनाभित्र मै निर्वाचन गराउन दबाबमूलक कार्यक्रम सुरु

    केन्द्रीय समितिमा नरहेका नेपाल विद्यार्थी संघ संस्थापन पक्षका नेताहरुले पाँच महिनाभित्र मै निर्वाचन गराउन दबाबमूलक कार्यक्रम सुरु गरेका छन्। राजधानीमा भेला गर्दै उनीहरुले दबाब अभियान सुरु गरेका हुन्। नेविसंघका नेता कुन्दनराज काफ्लेले आफुहरुको भेला गुटबन्दीको अन्त्य र समयमै निर्वाचन गराउन दबाब दिने उद्देश्यले भएको बताउनुभयो। भेलामा अघिल्लो कार्यसमितिका उपाध्यक्ष, महामन्त्री र विभिन्न क्याम्पस इकाईका विद्यार्थीहरुको […]

  • pm-bhanai

    जेठ चौध भित्र कुनै पनि हालतमा शान्ति प्रक्रिया टुङगिएर संविधान जारी हुने प्रधानमन्त्रीको दावी

    प्रधानमन्त्री डाक्टर बावुरामा भट्टराईले जेठ चौध भित्र कुनै पनि हालतमा शान्ति प्रक्रिया टुङगिएर संविधान जारी हुने बताउनुभएको छ। प्रगतिशिल तथा देशभक्त सांस्कृतिक मञ्चले राजधानिमा आयोजना गरेको राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रममा प्रधानमन्त्री भट्टराईले जेठ चौध सम्म शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य सम्पन्न नभए देश ठुलो अराजकतामा फस्ने समेत बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री भट्टराई देशका वामपन्थी शक्तिहरु […]

  • afganistan_map

    अफगानिस्तानको दक्षिणी भाग कान्धारमा भएको बम आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु

    अफगानिस्तानको दक्षिणी भाग कान्धारमा भएको बम आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सो क्षेत्रको सामूहिक गस्तीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो। बम आक्रमणमा अफगानी, मलेशिया, अन्तर्राष्ट्रिय सुरक्षाबलका सुरक्षाकर्मी लगायत एक अनुवादक समेतको मृत्यु भएको जनाइएको छ। सो आक्रमणको जिम्मा तालिबान समूहका प्रवक्ताले लिएका छन्। अमर कार्की  

  • Maoist-Flag

    माओवादी बैठक

    उपाध्यक्ष मोहन बैद्य पक्षले बहिष्कार गर्ने पक्का भएपछि सोमंवार बस्ने भनिएको केन्द्रीय समितिको बैठकलाई संस्थापन पक्षले अनौपचारिक भनि परिभाषित गर्ने भएको छ। उपाध्यक्ष बैद्य पक्षले अध्यक्ष प्रचण्डले महासचिवको सरसल्लाह बिना डाकेको बैठक अबैधानिक भएको जनाएको छ। संस्थापन पक्षले बैठकलाई शान्ति र संविधान पक्षीय समुहको बैठक नामाकरण गर्ने सोच बनाएको छ। उपाध्यक्ष बैद्य पक्षले यसअघि पटक […]

  • sarita-giri

    This article contains a video.