Articles Posted on March 22nd, 2012

  • HTV-website-picture

  • prachanda

    प्रचण्ड खुलाशा

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान निर्णयक चरणमा पुगेको सर्न्दभमा प्रधानमन्त्रीको राजीनामाको माग सार्न्दभिक नरहेको बताउनुभएको छ। लाजिम्पाटस्थित निवासमा संचारकर्मीसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका उपाध्यक्ष मोहन बैद्य पक्षले माग गरेपनि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजीनामा नगर्ने स्पष्ट गर्नुभएको हो। अध्यक्ष प्रचण्डले शान्ति र संविधान निर्णायक चरणमा पुगेको बेला [...]

  • Bhojpur

    भोजपुरमा अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु

    भोजपुरमा विहिवारदेखी पहिलो आमन्त्रित अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। भोजपुर सदरमुकामस्थित टुडिखेलमा कर्मचारी मिलन केन्द्र र भोजपुर जिल्ला फुटबल संघबीचको मैत्रीपूर्ण खेलसंगै प्रतियोगिता सुरु भएको हो। मैत्रीपूर्ण खेलमा कर्मचारी मिलन केन्द्रले जिल्ला फुटबल संघलाई दुई एक गोल अन्तरले पराजित गरेको थियो। चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशी गरी ८ टिमले [...]

  • chhaka-jam

    जलविद्युत आयोजना निर्माण गर्न थि्र गर्जेजलाई रोक लगाएको विरोधमा दुई घण्टा चक्काजाम

    पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न थि्र गर्जेजलाई रोक लगाएको विरोधमा कैलालीको अत्तरियामा स्थानीयवासीले दुई घण्टा चक्काजाम गरेका छन्। थि्र गर्जेजसंगको सम्झौता कार्यान्वयन गराउन माग गर्दै पश्चिम सेती सरोकार मूल समितिको अगुवाईमा स्थानीयवासीले दिउंसो २ बजेदेखि ४ बजेसम्म चक्काजाम गरेका हुन्। चक्काजामपछि आयोजित कोणसभामा पश्चिम सेती सरोकार मूल समितिका संयोजक रतन साउदले नेपालीको हितमा रहेको [...]

  • artha-bidh

    लगानीकर्तालाई विश्वासमा लिन नसकेकै कारण शेयरबजारमा गिरावट

    सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेकै कारण शेयरबजारमा गिरावट आएको अर्थविद्हरुले बताएका छन्। विहिवार काठमाडौमा भएको शेयरबजारमा गिरावट र यसबाट अर्थतन्त्रमा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा काँग्रेस नेता एवं पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसकेकै कारण शेयरबजारले गति लिन नसकेको बताउनुभयो। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर बाबुराम श्रेष्ठले तरल राजनीतिक अवस्थाका कारण लगानीकर्ता [...]

  • 20-20

    २०-२० विश्वकप छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पाचँ विकेटले विजय

    युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप छनौट क्रिकेट प्रतियोगिताको सातौं स्थानको प्ले अफ सेमिफाइनलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको छ। केन्याले प्रस्तुत गरेको १ सय ४० रनको विजयी ल73य नेपालले मात्र ५ विकेटको क्षतीमा दुइ बल बांकी छदै पुरा गर्‍यो। आजको खेलमा नेपालका ब्याटसम्यानहरुले खुलेर ब्याटिङ गरे। प्रदिप ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ४५ [...]

  • israel-ambassar

    खनाना गोडेरेसहितको टोलीद्वारा विहिवार राजधानीमा रहेको बालगृहमा पुगेर भवनमा रंगरोगन

    नेपालका लागि इजरायलका राजदूत खनाना गोडेरेसहितको टोलीले विहिवार राजधानीमा रहेको बालगृहमा पुगेर भवनमा रंगरोगन गरेको छ। अघिल्लो वर्ष जस्तै राजधानीको सिफलमा रहेको नेपाल बाल संगठन, बाल संरक्षण गृहमा रंगरोगन र मर्मतसम्भार गरिएको हो। राजदूत गोडेरेले बालबालिकाको खुशीका लागि आफुहरुले बालगृहसंग सहकार्य गरेको बताउनुभयो। सो बालगृहमा अभिभावक जेलमा रहेका ६० जना बालबालिका बस्दै आएका छन्। उनीहरुको [...]

  • sushil-koirala

    सात बुंदे सहमति कार्यान्वयन नगरे एकीकृत माओवादीसंग अर्को कुनै सहमति नगर्ने : सुशील कोइराला

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सात बुंदे सहमति कार्यान्वयन नगरे एकीकृत माओवादीसंग अर्को कुनै सहमति नगर्ने बताउनुभएको छ। जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलभमेन्टले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले सहमति कार्यान्वयन नभए सात बुंदे सहमति नै अन्तिम सहमति हुने चेतावनी दिनुभयो। कार्यक्रममा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया [...]

  • Nepal-Gyanendra

    पूर्वराजा ज्ञानेन्द्र शाह ४ दिनको भ्रमणका लागि सुदूरपश्चिम प्रस्थान

    सुनसरीको इटहरीमा भविष्य पुराणको उद्घाटन समारोहमा सहभागी भएको एक महिना पनि बित्न नपाउदै पूर्वराजा ज्ञानेन्द्र शाह ४ दिनको भ्रमणका लागि सुदूरपश्चिम जाने हुनुभएको छ। पूर्वराजाका एक सहयोगीका अनुसार उहांले यही १७ गते महेन्द्रनगरको सिद्धवावा मन्दिर र १८ गते धनगढीको नैनादेवी मन्दिर दर्शन गर्ने कार्यक्रम छ। यसैगरी, पूर्वराजा शाहले चैत १९ गते घोडाघोडी तालको अवलोकन गर्ने [...]

  • lamjung-fish-palan

    लमजुङमा किसानहरु माछा पालनका लागि उत्साहित

    कृषि विकास कार्यालय लमजुङले माछा पालन ब्यवसायमा सहुलियत दिने भएपछि किसानहरु माछा पालनका लागि उत्साहित भएका छन्। प्रतिहेक्टर क्षेत्रफलमा मत्स्य पालनका लागि एक लाख रुपैया सहयोग पाउने भएपछि किसानहरु माछा पालनतर्फ आकर्षित भएका हुन्। कृषि कार्यालयले अभियानमुखी माछा पालन कार्यक्रम अन्तर्गत ३ हेक्टर र एकीकृत बाली तथा जल ब्यबस्थापन आयोजना अन्तर्गत २ हेक्टर क्षेत्रफलमा माछापालन [...]