एमालेले संसदीय दलको अनुमति बिना राजधानी नछाड्न आङ्खना सभासद्हरुलाई हि्वप जारी गरेको छ। एमालेले बुधवार हि्वप जारी गर्दै उपत्यका बाहिर रहनुभएका सभासद्हरुलाई चैत १२ गतेभित्र काठमाडौं उपत्यकाभित्र आउन र जेठ १४ गतेसम्म बिना अनुमति उपत्यका बाहिर नजाने एमालेसँग सम्बन्धी सवै सभासद्हरुलाई हि्वप जारी गरेको बताइएको छ। यसैबीच एमाले स्थायी कमिटीको बुधबारको बैठकले शान्ति प्रक्रिया र [...]
नाइजेरियामा सरकार संग वार्तामा रहेको बिद्रोही संगठन बोको हरामले सम्पुर्ण शान्ति वार्ता स्थिगित गरेको बताएको छ। बिद्रोही पक्षले सरकार पक्षको अविश्वासका कारण वार्ता हुन नसक्ने बताएको छ। सरकारी टोलीले आफ्नो धारणमा परिवर्तन नगरे आफुहरु वार्तामा नबस्ने बिद्रोही पक्षले बताएका छन्। बोको हरामको प्रवक्ता अबु कवाले सरकारको अविश्वासी धारणाले गर्दा वार्ता सफल नभएको जानकारी दिएका छन्। [...]
पुर्वाञ्चल क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकासका नेपाल पर्यटन बोर्डको आयोजनामा विहिवारदेखि विराटनगरमा पुर्वाञ्चल क्षेत्र पर्यटन मेला हुन भएको छ। पर्यटन व्यवसायीहरुको जमघट गराएर पर्यटन उद्योगको विकास तथा पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको पर्यटन वोर्डका निमित्त कार्यकारी निर्देशक सुभाष निरौलाले बताउनुभयो। तीन दिनसम्म चल्ने मेलामा पोखरा, चितवन, काठमाडौ लगायतका स्थानबाट समेत व्यवसायीहरु [...]
दाङको तुलसिपुरस्थित नयां बसपार्कमा गएराति १३ वर्षीय वालिकामाथि सामुहिक वलात्कार गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्नलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षीय सुवास वली, १६ वर्षीय विकास पुन, १६ वर्षीय अमर श्रेष्ठ, १६ वर्षीय रबिन नेपाली र १५ वर्षीय मोहन बिकलाई पक्राउ [...]
राज्यपुर्नसंरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदनमा दफावार छलफल गर्न आइतबारका लागि संविधानसभाको बैठक बोलाइएको छ। सिहंदरबारस्थित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बसेको दलका सचेतहरु र संसद सचिवालयका पदाधिकारी सहितको बैठकले यही चैत १२ गते दिनको एक बजेका लागि संविधानसभाको बैठक बोलाउने मिति तय गरेको हो। व्यवस्थापिका संसद तथा संविधानसभा दुवै नियमित संचालनमा नरहेकाले नियमावलि अनुरुप तीन [...]
सिन्धुपाल्चोकको थाङ्पालधापमा एक जनाको हत्या भएको छ। थाङपालधाप गाविस वडा नम्बर ६ का काले नेपालीको गएराति हत्या भएको हो। हत्यामा संलग्न रहेको आरोपमा सोही गाविसका सानुवावु नेपाली, केशव नेपाली र दिनेश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। पारिवारिक विवादका कारण तीन दाजुभाइ मिलेर नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ। विमल नेपाल
जिल्ला ट्राफिक कार्यालय काभ्रेले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमको सुरुवात गरेको छ। काभ्रेको पनौतीमा रहेको मानेश्वरी बसपार्कमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने उद्धेश्यले ट्राफिक नियमको पर्चा वितरण गरेर सचेतना कार्यक्रमको सुरुवात गरेको हो। ट्राफिक प्रहरीले मानेश्वरी बसपार्क हुदै चल्ने सवारी साधनका चालकलाई सिट बेल्ट लगाउन सिकाउनेदेखि मोटरसाइकल चालकलाई हेल्मेट लगाएर मात्र चलाउन आग्रह गर्ने [...]
प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले सडक बिस्तार सम्बन्धी थालनी गरिएका काममा परिणाम निकाल्न सरोकारबालाहरुलाई निर्देशन दिनुभएको छ। काठमाण्डौ उपत्यकामा विस्तार गरिएका सडकको अवस्थाबारे जानकारी लिने क्रममा विहिवार प्रधानमन्त्री भट्टराईले कम भन्दा कम क्षतिमा राम्रो सडक निर्माण गर्न निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्री भट्टराईले अव विस्तारको लागि भत्काइएको सडकलाई व्यवस्थित रुपमा निर्माण गर्नेतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो। [...]
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विस्तारित केन्द्रीय समितिबाट बरिष्ठ नेता शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यहरुले राजीनामा दिने भएका छन्। विहिवार देउवा निवास बुढानिलकण्ठमा बसेको देउवा पक्षीय सदस्यहरुको भेलाले सामूहिक राजीनामा दिने निर्णय गरेको हो। २८ जना सदस्यहरुले हस्ताक्षर गरेको राजीनामा पत्र भोलि बिहान सभापति सुशील कोइरालालाई बुझाइने केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले बताउनुभयो। संस्थापन पक्षले [...]
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले एकीकृत नेकपा माओवादीको आन्तरिक किचलोका कारण बाबुराम भट्टराई नेतृत्वको सरकार आफैं ढल्ने दावी गर्नुभएको छ। पुर्वी मकवानपुरको फापरबारीमा आयोजित पार्टीको क्षेत्रीय सभालाई सम्वोधन गर्दै महामन्त्री सिटौलाले माओवादी जस्तै सरकार पनि मक्किसकेकाले आफै ढल्ने दावी गर्नुभयो। माओवादीलाई कुहिएको आपको संज्ञा दिदै महामन्त्री सिटौलाले जनबिद्रोह र जंगल जाने कुरा गरेर कसैले नपत्याउने [...]