Articles Posted on March 20th, 2012

  • slcexam

    जिल्ला एसएलसी

    मंगलवारदेखि विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा मानिने एसएलसी परीक्षा शुरु भएको छ। विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि कतै चिट चोरेको आरोपमा विद्यार्थी निष्कासन भएका छन् भने कतै चिट चोराएको आरोपमा शिक्षक पनि निस्कासित भएका छन्। परीक्षाको पहिलो दिन चिट चोरेका आरोपमा विद्यार्थी, चिट चोराएको आरोपमा शिक्षक र नक्कली परीक्षार्थी वनेर गएका केही कार्वाहीमा परेका छन्। यसवर्ष […]

  • sunsan

    सुनसान बिराटनगर

    सहमति, सहकार्य, र एकताको माध्यमबाट मात्र मुलुकमा परिवर्तन सम्भव हुने सिदान्तका प्रतिपादक स्व.गिरिजाप्रसाद कोइरालालाई मंगलवार देशभर विभिन्न कार्यक्रममा गरी सवैले सम्झना गरियो। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले मात्र होइन अन्य फरक विचारधारा बोक्ने पार्टीहरुले पनि कोइरालाको योगदानको चर्चा गरे।स्व.गिरिजाबाबुको सम्झनामा गरिएको विभिन्न कार्यक्रममा उहांका समर्थकहरु भिड लागे पनि विराटनगरस्थित उहांको घरमा निकै सुनसान देखिन्थ्यो। नेपालको […]

  • barahain

    बहराइनको राष्ट्रिय आयोगद्वारा सरकार आफ्नो शासनपद्धती परिवर्तन गर्न तयार

    बहराइनको राष्ट्रिय आयोगले सरकार आफ्नो शासनपद्धती परिवर्तन गर्न तयार रहेको बताएको छ। राष्ट्रिय आयोगले एक बिज्ञप्ती जारी गर्दै राजा हमाद बिन अल खलिफाले विपक्षीहरुको मागलाई सकारात्मक रुपमा हेरेको बताएको छ। बिज्ञप्तीमा राजा खलिफाले विपक्षीहरुको मागलाई सम्बोधन गर्ने जनाइएको छ। बिज्ञप्तीमा गत वर्षदेखि जारी सरकार बिरोधी प्रर्दशनका क्रममा भएका शक्ति दुरुपयोगको घटनाबारे स्वतन्त्र छानबिन गर्ने र […]

  • prakash

    पैसा उठाउंदै प्रकाश

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश सम्मिलित सगरमाथा आरोहण दलले आर्थिक सहयोग संकलन थालेको छ। चौतर्फी दबाबपछि सरकारी सहयोग फिर्ता गर्न बाध्य भएको आरोहण दलले मंगलबार संस्थापन पक्षका केन्द्रीय समितिको बैठकस्थलमा नेताहरुसंग सहयोगका लागि याचाना गरेको थियो। चर्को दबाबपछि सरकारी सहयोग फिर्ता गर्न बाध्य भएको लुम्बिनी सगरमाथा शान्ति यात्रा नाम दिइएको आरोहण […]

  • aaglagii

    मोरङको डायनिया सिक्टीमा भएको भिषण आगलागीमा पैतीस घर जलेर नष्ट

    मोरङको डायनिया सिक्टीमा भएको भिषण आगलागीमा पैतीस घर जलेर नष्ट भएका छन्। आगलागीबाट ४० लाख रुपैंया भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। मध्यान्ह बिजलो मिंयाको घरबाट एक्कासी सुरु भएको आगो वरपरका घरहरुमासमेत सल्किएपछि आगोले ठुलो रुप लिएको थियो। स्थानियबासी सकिब आलमका अनुसार आगोसंगै हावाहुरी चलेकाले एकपछि एक गर्दै आधा घण्टामै गाउंका पैंतिस घर जलेर […]

  • mohan-vaidhya

    माओवादी संस्थापन बैठक

    एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको केन्द्रीय समितिको बैठकले उपाध्यक्ष मोहन वैद्यसंग गम्भीर छलफल गरी यथाशीघ्र केन्द्रीय समितिको औपचारिक बैठक बोलाउने निर्णय गरेको छ। उपाध्यक्ष वैद्यसंग वार्ता गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पेको छ। ललितपूरको एक होटेलमा दुई दिनसम्म चलेको संस्थापन पक्षको बैठकले अध्यक्ष प्रचण्डलाई पार्टीभित्रको विवाद मिलाउने जिम्मा दिएको […]

  • jana-desh

    नयाँ जनादेशका लागि चुनावको तयारी गर्नुपर्ने : प्रदीप गिरी

    नेपाली कांग्रेसका नेता प्रदीप गिरीले अब नयाँ जनादेशका लागि चुनावको तयारी गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनले नवलपरासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गिरीले संविधान निर्माणका लागि समय दिनप्रतिदिन नजिकिदै गर्दा फेरि संविधानसभाको म्याद थप्नु अनैतिक कार्य हुने भएकोले नयाँ चुनावमा जानुपर्ने बताउनुभयो। राजनीतिक शति्क सन्तुलन परिवर्तन नभएसम्म संविधान बन्न नसक्ने ठोकुवा गर्दै […]

  • madhav-nepal

    माओवादीलाई चुनाव र संसदमा ल्याएकै कारण अहिलेको राजनीति जटिल वनेको माधवकुमार नेपालको भनाई

    पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सेना र हतियार हुँदा हुँदै माओवादीलाई चुनाव र संसदमा ल्याएकै कारण अहिलेको राजनीति जटिल वनेको टिप्पणी गर्नुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले अहिलेको मुख्य मुद्धा शान्ति र संविधान भएकोले वन्दुकको छायाँमा संविधान निर्माण असम्भव भएको ठोकुवा गर्नुभयो। नेपाली कांग्रेका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले सहमतिमा […]

  • berojgar

    बेरोजगारी मुलुकको एउटा प्रमुख समस्या

    बेरोजगारी मुलुकको एउटा प्रमुख समस्या हो। स्वदेशमा रोजगारीको अवसर नपाएपछि लाखौं नेपाली विदेशिन वाध्य छन्। तर, सरकारसंग बेरोजगार नेपालीहरुको एकिन तथ्यांक भने छैन। निजी क्षेत्रबाट आएका फरक फरक तथ्यांकहरुको विश्लेषण भइरहंदा सरकार आफैंले पनि बेरोजगारहरुको लगत संकलन सुरु गरेको छ। सार्वजनिक भएका तथ्यांक अनुसार, सन् २००४ मा ४२ प्रतिशत नेपाली वेरोजगार थिए भने सन् २००८ […]

  • sushil-koirala

    माओवादीका कारण शान्ति र संविधान अन्योलमा परेको आरोप : सुशील कोइराला

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका कारण शान्ति र संविधान अन्योलमा परेको आरोप लगाउनु भएको छ। नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको दोस्रो पूण्यस्मृति दिवसका अवसरमा वीरगञ्जमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शान्ति र संविधान निर्माण प्रक्रिया सहमति, वार्ता र एकता विना सम्भव नभएको दावी गर्नुभयो। उहांले माओवादीसंग पटक पटक भएका सम्झौताहरु कार्यान्वयन […]