शान्ति प्रक्रिया टुंगिएपछि मात्रै संविधान निर्माणले पूर्णता पाउने : झलनाथ खनाल

Written by admin. Posted in राजनीति, विशेष

Published on March 19, 2012 with

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया टुंगिएपछि मात्रै संविधान निर्माणले पूर्णता पाउने बताउनु भएको छ। पार्टी मुख्यालय बल्खुमा एमाले निकट कानुन व्यवसायीहरुसंगको भेटमा अध्यक्ष खनालले शान्ति प्रक्रिया टुग्ंयाउने विषयमा विवाद रहेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो। राष्ट्रका सामु शान्ति र संविधानको विकल्प नभएको भन्दै अध्यक्ष खनालले निर्धारित समयमै नयाँ संविधान आउने विश्वास व्यक्त गर्नुभयो।

मुलुकलाई अग्रगति दिन नेपाल बार एसोसिएसनले महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै अध्यक्ष खनालले संविधान निर्माणमा केही दलहरुले चासो नदेखाएकाले कानुन व्यवसायीहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो। महासचिव ईश्वर पोखरेलले सेना समायोजन बिशेष समितिको बैठक बोलाउन आलटाल गरेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाको काम अल्झाईरहेको आरोप लगाउनुभयो।

facebook comments:

Leave a Comment