लागूऔषध कानुन कार्यन्वयन इकाई नयां बानेश्वरको टोलीले ६ सय पचास ग्राम खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ। बारा जिल्ला घर भएका ६० वर्षीय रामप्रसाद यादवलाई काठमाडौंको बल्खुबाट पाँच सय ग्राम खैरो हेराइन सहित पक्राउ गरिएको इकाइले जनाएको छ। त्यस्तै अर्का लागुपदार्थ कारोबारी भारतका मनोज महतोलाई काठमाडौंकै बल्खुचोक बाट एक सय पचास ग्राम खैरो हेरोइन [...]
एमनेष्टी इन्टरनेशनलले नेटो सेनाले लिबियामा गरेका हमला अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताएको छ। एमनेष्टीले लिबियामा गत वर्ष गरिएको हवाइ आक्रमणका पिडीतहरुलाई कुनै किसिमको राहत उपलब्ध नगराएको भन्दै नेटो सेनाको आलोचनासमेत गरेको छ। नेटो सेनाले गत वर्ष लिबियामा बिद्रोहीलाई लक्षित गरेर गरेको हवाइ हमलामा ५० सर्वसाधारणको मृत्यु भएको थियो। घटनालगत्तैदेखि नै एम्नेष्टीले घटनाका पीडितहरुलाई नेटो सेनाले [...]
मेधेशी जनअधिकार फोरम लोकतान्त्रीक संसदियदलको बैठकका सभासदहरुले शान्ति र संविधानका लागि पार्टी सरकारबाट बाहिरीनुपर्ने माग गरेका छन्। सिहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदियदलको कार्यलयमा बसेको बैठकमा सभासदहरुले मधेशका चार बुदें सहमति र नागरीकताको बारेमा सरकारले व्यववस्था गरेको भन्दै सरकारमा बस्नुको औचित्य समाप्त भएको बताए। उनिहरुले मोर्चाको गठन मधेशका मुद्याहरुको सम्बोधन गराउनभन्दा पनि नेताहरुको सत्ता प्राप्तिको माध्यम बनाएको [...]
अर्थ तथा श्रम सम्बन्धि समितिका सदस्यहरुले अर्थ र आपुर्ति तथा बाणिज्य मन्त्री समितिको बैठकमा नआएकोमा आपत्ति जनाएका छन्। सिहंदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा पेट्रोलीयम पदार्थको सहज आपुर्ति सम्बन्धमा सरकारको पछिल्लो तयारीको बारेमा जानकारी गराउन समितिमा बोलाएको थियो। तर मन्त्रीहरुले अन्तीम समयमा आएर उपस्थित हुन नसक्ने जानकारी गराउनु संसदीय समितिलाई गम्भिर रुपमा नलिएको भन्दै समितिले आपत्ति [...]
नेपाली राजनीतिको चौथौ शक्तिको रुपमा स्थापित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्व गरेका प्रभावशाली नेता बिजयकुमार गच्छदार अहिले मोर्चा र पार्टीभित्रै असन्तुष्टिको निशानामा परेका छन्। एकलौटी ढंगले चल्न खोजेको भन्दै मोर्चा संग सम्बद्ध घटक र आफ्नै पार्टीका नेताहरुले गच्छदारलाई शक्तिको भर्याङ मात्र नबनाउन चेतावनी दिएका छन्। विजयकुमार गच्छदार पार्टीका अध्यक्ष मात्र होइन उनी मधेसी मोर्चाका संयोजक, [...]
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिष्टियन लार्गाडले निर्यात र लगानीमा भर पर्ने चीनको आर्थिक व्यवस्था परिवर्तन हुनुपर्ने पर्ने बताएकी छिन्। लार्गाडले चीनको व्यापारिक मुद्रा युआन अन्तर्राष्ट्रिय मुद्रा बनाउन चीनले आर्थिक बजार नीतीमा परिवर्तन गनुपर्ने बताएकी छिन्। चीन भ्रमणमा रहेकी लार्गाडले राजनीतिकर्मी र व्यापारीहरुसंग कुरा गर्दै अन्तर्राष्ट्रिय आर्थिकस्तर सुधारको गतिमा रहेको बताएकी छिन्। चीन आर्थिक दृष्टिकोणबाट बिश्वमा [...]
नेपालमा शैक्षिक जागरणको माध्यमबाट एकतन्त्रीय जहँनिया राणा शासनको अन्त्यका लागि शिक्षित युवाहरुले स्थापना गरेको नेपालकै जेठो पाल्पाको धवल पुस्तकालय अहिले ओझेलमा परेको छ। विक्रम सम्वत् १९८३ सालमा स्थापना गरिएको पुस्तकालयलाई सरकार तथा सरोकारवालाको वेवास्ताका कारण पुस्तकालय ओझेलमा परेको हो। निरंकुश राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न माध्यम वनाएका राजनीतिक दलका [...]
सरकारले सूर्तीजञ्य पदार्थ नियन्त्रणका लागि ऐन, ल्याउंदा धेरैले आशा गरेका थिए, अब सार्वजनिकस्थलमा धुम्रपान गरेको देख्न र भोग्नु पर्ने छैन। हात्ती आयो हात्ती आयो फुस्सा भने झै नियम आएको महिनौ भएपनि कार्यान्वयन सुक्को भएको छैन। सरकारले ७ महिना अगाडि सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ बारे जानकारी दिनका लागि विशेष कार्यक्रमको आयोजना गरेको थियो। [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विवादस्पद गतिविधिमा मुछिएका एक मन्त्री र दुई राज्य मन्त्रीसंग स्पष्टीकरण लिनुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री भट्टराईले स्वास्थ्य राज्यमन्त्री सरोज यादव र भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी साहलाई सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा छुट्टाछुट्टै स्पष्टिकरण लिनुभएको हो। स्वास्थ्य राज्यमन्त्री यादवले मादक पदार्थ सेवन गरी आइतबार राति बीर अस्पतालमा अमर्यादित क्रियाकलाप गरेका थिए। त्यस्तै भूमिसुधार [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया टुंगिएपछि मात्रै संविधान निर्माणले पूर्णता पाउने बताउनु भएको छ। पार्टी मुख्यालय बल्खुमा एमाले निकट कानुन व्यवसायीहरुसंगको भेटमा अध्यक्ष खनालले शान्ति प्रक्रिया टुग्ंयाउने विषयमा विवाद रहेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो। राष्ट्रका सामु शान्ति र संविधानको विकल्प नभएको भन्दै अध्यक्ष खनालले निर्धारित समयमै नयाँ संविधान आउने विश्वास व्यक्त गर्नुभयो। [...]