Articles Posted on March 18th, 2012

  • sujata-koirala

    शान्ति प्रक्रिया टुङ्ग्याउन इमान्दार नभएको आरोप : सुजाता कोइराला

    नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एकीकृत नेकपा माओवादी शान्ति प्रक्रिया टुङ्ग्याउन इमान्दार नभएको आरोप लगाउनुभएको छ। प्रेस युनियन मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाटमा नेतृ कोइरालाले बन्दुक र सेनाको भरमा सत्ता कब्जा गर्न सकिन्छ भन्ने मानसिकबताबाट माओवादी माथि उठ्न नसकेकाले शान्ति र संविधान निर्माण प्रक्रिया अवरुद्ध भएको वताउनुभयो। उहाले १०/१२ दिनभित्र लडाकुको कुरा […]

  • काठमाडौंको एक प्रहरी चौकिमा हिरासत रहेकी एक महिलाद्वारा आत्माहत्या

    काठमाडौंको एक प्रहरी चौकिमा हिरासत रहेकी एक महिलाद्वारा आत्माहत्या

    काठमाडौंको एक प्रहरी चौकिमा हिरासत रहेकी एक महिलाले आत्माहत्या गरेकी छिन। ठगिको आरोपमा चैत एक गते पक्राउ परेकी धादिङ थार्केकी भवानी तामाङले महानगरीय प्रहरी वृत कालिमाटिको महिला हिरासतकक्षमा रहेको सौचालयमा आइतबार आफनै फरिया च्यातेर रेलिङमा झुण्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। ढुकुटी खेलाउंदै आएकी तामाङ फागुन १९ गते बाट हराएकी थिइन। […]

  • afganisthan-38-died

    अमेरिकी सैनिकहरुद्वारा सुनियोजित हमला गरि १६ जना अफगानी सर्वसाधारणको हत्या गरेको पुष्टि

    अफगानी अनुसन्धान टोलीले अमेरिकी सैनिकहरुले सुनियोजित हमला गरि १६ जना अफगानी सर्वसाधारणको हत्या गरेको पुष्टि गरेको छ। अफगानी संसदका सदस्यहरु रहेको अनुसन्धान टोलीले अमेरिकी सैनिकले सुनियोजित रुपमा अफगानी नागरिकको हत्या गरेको पुष्टि गरेको हो। अमेरिकाले हत्यामा एक सैनिकको संग्लनता रहेको बताउंदै आएपनि अफगानी अनुसन्धान टोलीले हत्यामा सैनिक समुहको संग्लनता रहेको बताएको छ। १५ देखि २० […]

  • egypt-priest-died

    इजिप्टको कोप्टीक क्रिष्चियनका पादरी सेनुन्डा तेस्रोको ८८ वर्षको उमेरमा निधन

    इजिप्टको कोप्टीक क्रिष्चियनका पादरी सेनुन्डा तेस्रोको ८८ वर्षको उमेरमा निधन भएको छ। मध्यपुर्व क्षेत्रमा चर्चित रहेका पादरीको क्यान्सरबाट मृत्यु भएको बताइएको छ। उनको मृत्युको खबरबाट इजिप्ट शोकाकुल भएको छ। इजिप्टका प्रधानमन्त्री कमल इल गनजोरीले पादरी सेनुन्डाको निधनबाट इजिप्टले राष्ट्रिय पहिचान गुमाएको भन्दै शोक व्यक्त गरेका छन्। पादरी सेनुन्डा चार दशक यता इजिप्टको क्रिष्चियन समुदायको नेतृत्व […]

  • dharma

    विभिन्न सात धर्मालम्वीहरुले वैधानिक राष्ट्रसभाको माग गर्दै उपवासमा वसे

    विभिन्न सात धर्मालम्वीहरुले वैधानिक राष्ट्रसभाको माग गर्दै अनिश्चितकालीन काठमाडौको बल्खुमा उपवासमा वसेका छन्। नेपाल वहुभाषित,बहुधार्मिक र बहुसास्किृत भएको र त्यसको प्रतिनिधित्व गर्ने निकाय हालसम्म व्यवस्था नभएकोले उपवासमा वस्नु परेको विश्व संयुक्त धर्म संरक्षण संघका संयोजक बुद्ध लामाले बताउनुभयो। नेपाली समाजमा फैलिन लागेको जातिय द्धन्द, भाषिक बिबाद, धार्मिक असहिंष्णुतलाई बेलैमा रोक्न उपबासमा बस्नु परेको बताईएको छ।

  • toshiba

    अब नेपालमा तोसिवाका नयां उत्पादनहरु सहज रुपमा प्राप्त गर्न सकिनेछ

    लामो समयदेखि व्यक्तिगत कम्पयुटर साथै सुचना प्रविधि सम्वन्धि कार्य गर्दै आएको तोसिवा सिंगापुर डिजिटल प्रोडक्ट एण्ड सर्भिस ग्रुपले आफ्नो उत्पादनहरुको नेपालमा विक्रि वितरण,मर्मतका लागि आधिकारिक रुपमा काष्टमाण्डप एसिया इन्टरनेशनललाई नियुक्त गरेको छ। राजधानिान आज एक कार्यक्रमको आयोजना गरि तोसिवा र काष्टमाण्डप एसिया इन्टरनेशनलबिच सम्झौता भएको जानकारि गराइएको थियो। नियुक्तिसंगै अब नेपालमा तोसिवाका नयां उत्पादनहरु सहज […]

  • prakash

    पुत्र प्रकाशको सहयोग फिर्ता गर्ने घोषणा

    चौतर्फी आलोचनापछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश सहंसयोजक रहेको सगरमाथा आरोहण दलले सरकारी सहयोग फिर्ता गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रीय कार्यालय पेरिसडांडामा पत्रकार सम्मेलन गरी लुम्बिनी सगरमाथा शान्ति यात्रा युवा नेतृत्व आरोहण दल–२०१२ नाम दिइएको टोलिले सरकारले उपलब्ध गराउने भनिएको २ करोड सहयोग फिर्ता गर्ने घोषणा गरेको हो। सरकारी सहयोग […]

  • laumjung-anugaman

    लमजुङ सुन्दरवजारमा अनुगमन

    जिल्ला प्रशासन कार्यालय, उद्योण वाणिज्य संघ लगायत विभिन्न उपभोक्तावादी संघसंस्थाको संयुक्त अनुगमन टोलीले लमजुङ सुन्दरवजारको अनुगमन गरेको छ। बजार अनुगमनका क्रममा सु्न्दरबजारका अधिकांश पसलमा गुणस्तरहीन र म्याद गुजि्रएका समाग्री फेला परेका थिए। त्यसैगरि कुनै पनि पसलमा मुल्यसुची नराखिएको, मुल्यमा एकरुपता नभएको, कतिपय पसलमा नापतौलका सामाग्री सही नभएको भेटिएको थियो। मदिरा तथा अन्य सामाग्री बेचबिखनका लागि […]

  • prachanda

    प्रचण्ड कालिमाटिमा

    खोलो तर्‍यो लौरो बिर्स्यौ, यो नेपाली उखान चरितार्थ गर्न माहिर छन् येा देशका राजनीतिकर्मीहरु। कतै कुनै ठूलै घटना भएपछि तत्काल पुगेर राहत र क्षतिपूर्तिको घोषणा गर्ने अनि प्रतिबद्धता अनुरुप काम नगर्ने परिपाटीलाई निरन्तरता दिएका छन् गृहमन्त्री एवं कृषि मन्त्री नन्दनदत्तले कालिमाटी आगलागी पीडितलाई राहत नदिएर। राहत र क्षतिपूर्तिको माग गरिरहेका पीडितलाई आश्वासन दिन पुगेका एकीकृत […]

  • prakash

    सरकारले उपलब्ध गराउने भनेको दुई करोड सहयोग प्रचण्डका छोरा प्रकाशद्वारा नलिने निर्णय

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसहितको सगरमाथा आरोहण टोलीले सरकारले उपलब्ध गराउने भनेको दुई करोड सहयोग नलिने निर्णय गरेको छ। माओवादी मुख्यालय पेरिसडाडामा आयोजित पत्रकार सम्मेलनमा सो आरोहण समूहका सदस्यहरुले पबित्र उद्येश्यमा दुष्प्रचार गरिएको आरोप पनि लगाउनुभयो। पत्रकार सम्मेलनमा बिभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड बिरुद्ध आन्दोलन […]