आगामी वशन्त ऋतुमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सहित माओवादीका नेता–कार्यकर्ताले सगरमाथाको आरोहण गर्ने भएका छन्। सोही अभियानको लागि सरकारले दुई करोड रुपैयां बजेट छट्याएपछि आलोचना बढेपनि सरकारले भने पर्यटन प्रबर्धनमा यस्तो सहयोग स्वभाबिक भएको जनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने र किर्तिमान कायम गर्नेहरुको लर्को नै लाग्न थालेको छ। यही बीचमा धेरैले धेरै किसिमले किर्तिमान कायम पनि गरिसकेका छन्। सोही सन्दर्भमा माओवादीका केन्द्रिय सदस्य कृष्ण केसिको नेतृत्वमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले पनि सगरमाथाको ओरोहण गर्ने तयारी गरिरहेका छन्।
‘लुम्विनी सगरमाथा शान्ति अभियान २०१२’ नाम दिइएको दलमा ११ सदस्यीय आरोहण टोली रहेका छन्। जसलाई सगरमाथा ओारोहण गर्दा लाग्ने दस्तुर समेत निःशुल्क गरिएको छ भने सरकारले दुई करोड रुपैयां समेत सहयोग दिने भएको छ। व्यक्ति विशेष रुपमा सहयोग दिइएकोमा अहिले पर्यटन व्यवसायी र सरोकारवालाहरुले समेत सरकारको आलोचना गर्न थालेका छन्। तर, पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धनको अभियानमा जान लागेको हुनाले यस्तो सहयोग दिनु स्वभाविक रहेको प्रतिकृया दिएको छ।
सगरमाथा आरोहणको लागि सरकारले विदेशी र नेपाली सबै नागरिकलाई समान शुल्क लिदै आएको छ। मन्त्रालयको अनुसार एक जना व्यक्ति ओरोहणमा जाने हो भने २५ हजार अमेरिकी डलर दस्तुर लाग्छ। त्यसैगरि, दुई जनालाई ४० हजार, तीन जनालाई ४८ हजार, ४ जनालाई ५६ हजार, ५ जनालाई ६० हजार, ६ जनालाई ६६ हजार र ७ जनालाई ७० हजार दस्तुर लाग्छ। यसभन्दा बढि १५ जनासम्म रह्यो भने व्यक्ति थपिएपिच्छे १० हजार छुट्टै शुल्क लाग्छ। अन्य प्रावधान भने यस्तो छ। यस वर्षको वशन्त ऋतुको लागि सगरमाथा आरोहण गर्न ११ टोलीले अनुमति लिएका छन्। जसमध्ये आठ विदेशी टोली रहेका छन्।









There are currently no comments on दाहालका छोरा प्रकाश दाहाल सहित माओवादीका नेता–कार्यकर्तालद्वारा सगरमाथाको आरोहण. Perhaps you would like to add one of your own?