Articles Posted on March 16th, 2012

  • AFC-footbal

    तुर्कमिनिस्तान एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

    फिलिपिन्सलाइ दुई एक गोल अन्तरले पाखा लगाउदै तुर्कमिनिस्तान काठमाडौंमा जारी एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा फिलिपिन्सले पहिलो हाफको २५औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि दास्रो हाफमा तुर्कमिनिस्तानले उत्कृष्ट खेल खेल्दै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भयो। फिलिपिन्सका लागि फिलिप योङ हजबेन्डले गोल गर्दै एक शुन्यको […]

  • yuwak-ko-hatya

    अज्ञात समुहद्वारा मोरङको रंगेली चोप्राहाका एक युवकको हत्या

    अज्ञात समुहले मोरङको रंगेली चोप्राहाका एक युवकको हत्या गरेको छ। तीन दिनदेखि वेपत्ता भएका २७ वर्षीय पवनकुमार मण्डलको आज हत्या गरेको अवस्थामा शव फेला परेको हो। मोरङको दर्वेशास्थित तोरीबारीमा मण्डलको शव फेला परेको थियो। मण्डलको शव अनुहार जलाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले हत्याको वारेमा अनुसन्धान शुरु गरेको जनाएको छ।

  • challa-nasta

    करिब तीन हजार चल्ला नष्ट

    नेपालका बिभिन्न जिल्लामा बर्डफलुको सन्त्रास फैलिरहेका बेला कपिलवस्तुमा प्रहरीले भारतबाट नेपाल भित्राईएका करिब तीन हजार चल्ला नष्ट गरेको छ। प्रहरी चौकी बिजुवाको गस्ती टोलीले बिजुवा नन्दनगरबाट ११ वटा साईकलमा ल्याउदै गरेको अवस्थामा दुई हजार सात सय चल्ला नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका चल्ला प्रहरीले पत्रकार र पशु कार्यालयका प्रतिनिधिको रोहवरमा नष्ट गरेको छ।

  • लेखा समितिको टोली माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थल दोलखा पुगे

    लेखा समितिको टोली माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थल दोलखा पुगे

    निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरिक्षण र अवलोकनका लागि सार्वजनिक लेखा समितिको टोली दोलखा गएको छ। लेखा समितिका सभापति रामकृष्ण यादव नेतृत्वको ११ जना सभासदसहितको १८ सदस्यीय टोली आयोजनास्थल दोलखाको लामाबगर गएको हो। टोलीमा लेखा समितिका सदस्यहरु, उर्जा मन्त्रालयका सचिव हरिराम कोईराला, नेपाल बिद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम बिसी लगायतका पदाधिकारी रहेका छन्। […]

  • pranabnew

    भारतीय अर्थमन्त्री प्रणव मुखर्जीद्वारा आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत

    भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री मुखर्जीले सन् २०१२–१३ को बजेट भाषण गर्दै २ लाख रुपैयासम्मको आयआर्जनमा आयकर नलाग्ने बताएका छन्। भारतमा यसअघि १ लाख ८० हजार रुपैयासम्मको आयमा कर नलाग्ने व्यवस्था थियो साथै यस वर्षदेखि कार, हवाईसेवा र टेलिफोन सेवामा भने मुल्यवृद्धि हुने मुखर्जीले बताएका छन्। […]

  • kanun-bewasai

    कानुन ब्यवसायी

    संविधान निर्माण र शान्ति प्रक्रिया छिटो टुग्याउन चौतर्फी दबाब बढिरहेका बेला राष्ट्रप्रमुख देखि सर्बसाधारण सम्मले संबिधान निर्माणकै चासो ब्यक्त गर्ने गरेका छन्। देशभरका कानुन ब्यवसायीहरुको जमघट समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवले संबिधान निर्माणमा सबै पक्ष मिल्नुको बिकल्प नभएको बताए। संबिधान निर्माणमा जन दबाब बढिरहेका बेला देशभरका कानुन ब्यवसायीहरु यतिबेला राजधानीमा भेला भएका छन्। समारोह हो […]

  • purba-nijamati

    अवकासपछिको समय व्यवस्थापन र सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त

    अवकास प्राप्त कर्मचारीहरुले अवकासपछिको समय व्यवस्थापन र सदुपयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। पूर्व कर्मचारी सेवा परिषद्ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्व सचिव दीपेन्द्रपुरुष ढकालले कर्मचारीले उच्च ओहोदामा पुगी अवकास लिएको नठानी सधै कर्मचारीकै महसुस गरेमा जिम्मेवारिबोध कहिल्यै नसकिने बताउनुभयो। कार्यक्रममा निजामती सेवाबाट अवकास लिएका उच्च तहका पूर्व कर्मचारीहरु तथा सुरक्षा निकायबाट अवकास लिएका […]

  • uttar-korea_millise

    उत्तर कोरियाको प्रविधि आयोगद्वारा अप्रिल १२ तारिख देखि १६ सम्म मिसाइल परिक्षण गर्ने

    उत्तर कोरियाले पूर्व राष्ट्रपति किम इल सुङको १ सयौं जन्मजयन्तीको अवसरमा अन्तरिक्षण मिसाइल परिक्षण गर्ने बताएको छ। उत्तर कोरियाको प्रविधि आयोगले अप्रिल १२ तारिख देखि १६ सम्म मिसाइल परिक्षण गर्ने बताएको छ। उत्तर कोरियाको मिसाइल परिक्षणको घोषणा राष्ट्रसंघिय सुरक्षा  परिषद्को नियम विपरित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। गत महिना मात्र प्योङ्याङ्ले अन्तर्राष्ट्रिय समुदाय समक्ष […]

  • HTV-website-picture

    घुस प्रकरणमा संलग्नता भए नभएको बारे वन राज्यमन्त्री लक्ष्मण महतोसंग बयान जारी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा संलग्नता भए नभएको बारे वन राज्यमन्त्री लक्ष्मण महतोसंग बयान लिएको छ। अख्तियारमा बयानका लागि राज्यमन्त्री महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेका छन्। अहिले पनि राज्यमन्त्री महतोसंग बयान लिने क्रम जारी छ। गत फागुन १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुस्थित रारा राष्ट्रिय निकुञ्ज पीडित संघर्ष समितिका तर्फबाट मुआब्जा […]

  • lamjung

    सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको अभाव

    पछिल्लो समय निजी विद्यालयमा छोराछोरी पढाउन अभिभावकहरुको आकर्षण बढेपछि सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको अभाव हुन थालेको छ। अंग्रेजी शिक्षाप्रति सबैको चासो र सरकारी विद्यालयका शिक्षकहरुको जागिरे मानसिकताका कारण पनि सरकारी विद्यालयहरुप्रति अभिभावकहरुको आकर्षण घट्दो छ। यसकै कारण लमजुङका सरकारी विद्यालयमा पनि विद्यार्थीको संख्या घट्दै गएको छ। लमजुङमा २ सय ८३ प्राथमिक, ३४ निम्न माध्यमिक र ४६ […]