दुबईमा जारी आइसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत खेलमा नेपाल पपुवा न्यूगिनीसंग ३५ रनले पराजित भएको छ। टस हारेर व्याटीङ गरेको न्युगिनीले निर्धारीत २० ओभरमा ८ वीकेट गुमाउदै १३७ रनको योगफल तयार गरेको थियो। १३८ रनको विजय लक्ष्य पछयाएको नेपाली टीम निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १०२ रनमा समेटिएको थियो। नेपाली टोलीका लागि [...]
शिक्षा ऐन संशोधन र मन्त्रालयको तहबाट हुन सक्ने माग सम्बोधन गर्ने आश्वासन पाएपछि भएपछि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन्। विहिवार शिक्षा मन्त्रालयमा राजनीतिक दलका प्रमुख सचेतकहरु सहित शिक्षा मन्त्री, आन्दोलनरत शिक्षक संगठनहरुबीच भएको वार्तामा सहमति जुटेपछि शिक्षकहरुको आन्दोलन फिर्ता भएको हो । संसदको अधिवेशन सुरु भएपछि प्राथमिकतामा राखेर शिक्षा ऐन संशोधन गर्ने र शिक्षा मन्त्रालयले पुरा [...]
संसदको सार्वजनिक लेखा समितिले भारतबाट कम परिमाण तौल भएको मल आयातमा संलग्न सरकारी पदाधिकारीलाई कारवाही गर्न निर्देशन दिएको छ। कृषि सामाग्री संस्थानले भारतवाट आयात गरेको रासायनिक मल कम परिमाण भएको विषयमा कृषि मन्त्रालयका पदाधिकारीसंग छलफलपछि यस्तो निर्देशन दिएको हो। सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेडले भारतीय कम्पनी आइपिएलवाट खरिद गरेको ३० हजार मेटि्रक टन मलमध्ये [...]
सरकारले राजधानी काठमाडौंको सडक विस्तार अभियान यथास्थितिमा नरोकिने स्पष्ट पारेको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयमा राजधानी काठमाडौंबाट प्रतिनिधित्व गर्ने सभाषदहरु, सरोकारवालाहरु तथा सडक विस्तार पीडित संघर्ष समितिका प्रतिनिधिहरुसंग भएको छलफलमा सरकारले “डोजर नरोकिने” संकेत गरेको हो। केही दिन अघि सडक विस्तारका बारेमा सर्वपक्षीय छलफलको माग गरिएपछि आयोजित छलफलमा सहभागी भौतिक योजना तथा निर्माण मन्त्री [...]
माओवादी सेनाका कमाण्डरहरुले लडाकू समायोजनका लागि बिग्रेड कमाण्डर भन्दा तल सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन्। माओवादी शीर्ष नेताहरु र ब्रिगेडसम्मका लडाकु कमाण्डरबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा लडाकू कमाण्डरहरुले शीर्ष नेतृत्व समक्ष यस्तो माग गरेका हुन् । छलफलमा कमाण्डरहरुले वि्रगेडियर कमाण्डर पाउनु पर्ने बताएका थिए। बैठकपछि माओवादी सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले बिग्रेडियर कमाण्डर [...]
सिरियामा सरकार विरोधी प्रर्दशन सुरु भएको १ वर्ष पुगेको छ। सिरियाको द्वन्द्व रोक्न प्रयासरत रहेको अन्तराष्ट्रिय समुदायले चीन र रसियालाई सहयोग गर्न पुनः आग्रह गरेका छ। यसैबीचमा बेलायती पत्रिका गार्जियनले राष्ट्रपति असादको इरानसंगको सहकार्यको रहस्योदघाटन गरेको छ। सिरियामा जारी सरकार विरोधी प्रर्दशनको एकवर्ष पुगेको छ। विपक्षीहरुले राष्ट्रपति बसर अल असादको राजीनामा माग गर्दै थालेको प्रदर्शनले [...]
पर्याप्त कानुन भएतापनि फितलो कार्यन्वयनका कारण उपभोक्ता संरक्षण ऐन प्रभावकारी बन्न नसकेको एक कार्यक्रममा बताईएको छ। अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवशका अवसरमा काठमाडौमा आयोजना गरिएको एक कार्यक्रममा सहभागिहरुले यस्तो धारणा राखेका हुन। उपभोक्ताको हित सम्बन्धमा एकिकृत कानुनको खाँचो रहेको उनीहरुको भनाई थियो। कार्यक्रममा वाणिज्य तथा आपुर्ति मनत्रालयका सहसचिव सम्भुराज रेग्मीले विद्यमान ऐनका कतिपय बुँदाहरु अस्पष्ट र [...]
रुकुमको खलङगास्थित भेरी नदी किनारमा बस्दै आएका तीन बादी परिवारलाई दुई महिलाले सहयोग गरेका छन्। चितवनका रुपा पुन र विना पुनले खलङगा र छिवाङ गाविसको दोभानमा बस्दै आएका बादी परिवारलाई ३० हजार रुपैया बराबरको सामान सहयोग गरेका हुन्। उनीहरुले दिएको राहत सामाग्री हिमालय टेलिभिजनका रुकुम संवाददाता लक्ष्मण केसीले बादी परिवारलाई वितरण गरेका छन्। पुन द्वयले [...]
एकीकृत नेकपा माओवादीको संस्थापन पक्षको बैठकले बाधा व्यवधान चिर्दै पहिले शान्ति प्रक्रिया पूरा गरि संविधान निर्माणलाई निष्कर्षमा पुर्याउने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको संस्थापन पक्षका नेताहरुको बैठकले सरकार र पार्टी संगठनलाई शान्ति र संविधानका पक्षमा प्रभावकारी बनाउने निर्णय गरेको हो। पोलिटव्यूरो सदस्य अग्नी सापकोटाले सेना समायोजन सम्मानजनक रुपमा पहल गर्ने तथा [...]
नेपालका दुर्गम बस्तीका वासिन्दाहरुले हवाई सेवा प्राप्त गर्ने भएका छन्। काठमाडौमा पत्रकार सममेलन गरी नेपालको नीजि हवाई कम्पनी अग्नी एअरले सातौ वर्षमा प्रवेस गरेको उपलक्ष्यमा उक्त सेवा विस्तार गरेको बताएको हो। कम्पनीले आफ्नो ६ बटा विमानबाट नेपालको दुर्गम पहाडी तथा हिमाली जिल्लाहरुमा समेत उडान भदै आईरहेको छ। कम्पनीले यसै वर्ष थप दुईवटा विमान ल्याउने तयारी [...]