अन्तरार्ष्टि्रय फौजदारी अदालतले कंगोलिज प्याटरियोट्स युनियनका प्रमुख थोमस लुबान्गालाई युद्धकालमा बालबालिकालाई प्रयोग गरेको भन्दै दोषी ठहर गरेको छ। कंगोमा सन् १९९८ देखि २००३ सम्म भएको युद्धमा थोमसले १५ वर्ष मुनिका बालबालिकालाई युद्धमा भिड्नका प्रयोग गरेको पृष्टि भएको छ। थोमसलाई सजायको फैसला भने भएको छैन। युद्धमा बालबालिकाको प्रयोग गरेका कारण थोमसलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २००५ [...]
बजेट कटौतीपछि आर्थिक समस्यामा परेको तेस्रो लिंगीहरुको संस्था ब्लु डायमण्ड सोसाइटीले नयां बजेट पाउने भएको छ। पांच वर्षदेखि युएनडीपीले दिंदै आएको सहयोग बन्द भएपछि आर्थिक समस्यामा परेको ब्लु डायमण्ड सोसाइटीले ग्लोबल फण्ड अन्तर्गतको सहयोग पाउने भएको हो। सहयोगको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउंदै तेस्रो लिंगीहरुको सीप विकासका क्षेत्रमा खर्च गरिने समाजले जानकारी दिएको छ। सोसाइटीको [...]
नेपालमा ७० वटा भन्दा बढि च्यानलहरु हेर्ने सुविधा दिईरहेको डिटिएच सेवा प्रदायक डिसहोमले हालै रेर्कडिङ सुविधा सहितको स्मार्टबक्स बजारमा ल्याएको छ। डिसहोमको कार्यलयमा आज आयोजित पत्रकार सम्मेलनमा सो विषयको जानकारी दिईएको हो। स्मार्टबक्सको जडान पछि डिसहोमद्धारा प्रसारित कुनैपनि च्यानलहरु रेकर्ड गरि पछि फेरि हेर्न सकिने सुविधा प्राप्त हुने छ। डिसहोम स्मार्टबक्स पुर्ण रुपमा एचडि बक्स [...]
फोटोग्राफर लक्ष्मीप्रसाद ङाखुसीद्वारा खिचिएका विभिन्न तस्विरहरुको प्रदर्शनी राजधानी काठमाडौंमा बुधवारदेखि शुरु भएको छ। राजधानीको बबर महलस्थित नेपाल आर्ट काउन्सिलमा शुरु भएको प्रर्दशनीको नेपालका लागि चीनका राजदूत योङ होउलान्ले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको उपस्थिति रहेको थियो। प्रदर्शनीमा फोटोग्राफर ङाखुसीद्वारा कैद गरिएका विभिन्न फोटोहरु राखिएका छन्। प्रर्दशनी आगामी आइतवार सम्म [...]
फागुन २६ गतेबाट सुरु भएको पहिलो साउथ एशीयन आर्मी स्पोर्टस मिट बुधबार सम्पन्न भएको छ। नेपाली सेनाले आयोजना गरेको प्रतियोगीताको अन्तिम दिन बुधबार भएको फुटबल खेलमा भारतलाइ एक शुन्य गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक हात पारेको छ। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दास्रो हाफको ७९ औं मिनेटमा हिरण्य गौतमले निर्णायक [...]
६ महिनादेखि नेपाली फुटबल टोलीको प्रशिक्षण दिदै आएका बेलायती प्रशिक्षक ग्रह्याम रोबर्टस्को बुधबार औपचारिक विदाई भएको छ। एएफसि च्यालेन्ज कपमा नेपालले पाएको खराब नतिजासगै आफनो करार नथप्ने बताएपछि अखिल नेपाल फुटबल संघ एन्फाले एक औपचारिक कार्यक्रमबीच आज उनलाई विदाई गरेको हो। विदाईका अवसरमा बोल्दै प्रशिक्षक रोबर्टस्ले नेपालमा रहदा आफूले सबैको सहयोग पाएको उल्लेख गर्दै नेपाली [...]
संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन दलहरुलाई हम्मे हम्मे परिरहेको छ। परिणाम स्वरुप जेठ १४ मा संविधान जारी हुने आशंका उत्पन्न छ। एकातिर दलहरु संविधान लेखनका विवादित विषयमा सहमति निर्माण गर्न सकिरहेका छैन्न भने अर्कोतिर फौजदारी अभियोग लागेका सभासदहरुलाई के गर्ने भन्ने विषयमा संविधानसभा तथा व्यवस्थापिका कार्यसंचालन निमयमावली संशोधनको विषयमा पनि आ आफ्नै अडानमा रहेका [...]
देश यतिवेला उर्जा संकटबाट गुजि्ररहेको छ। ठुला बिद्युतिय परियोजनाहरु निर्माणका क्रममा त छन् तर तत्कालको अवस्थमा भने करीब आधा दिन सर्वसाधारण अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ। यस्तो अवस्थामा उर्जा संकट टार्न बैकल्पिक उर्जाको खोजी हुन थालेको छ हिजोआज। त्यस्तै नबिकरणिय उर्जाको प्रयोगले आवश्यक उर्जा उत्पादन गर्न सकिने लगायतको जानकारी दिन राजधानीमा दुइ दिने नबिकरणीय उर्जा [...]
संयुक्त अरब इमिरेटस्को दुबईमा जारी आईसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले डेनमार्कलाई नौ विकेटले पाखा लगाउदै जारी छनोट खेलमा दोस्रो जित हात पारेको हो । टस जितेको डेनमार्कले दिएको ८३ रनको अक्ष्य नेपालले १२ ओभर ४ बलमा एक विकेटको क्षतिमा ८५ रन बनाउदै जित हात पारेको [...]
शिक्षकहरुका माग सुनुवाइ नगरिए शैक्षिक क्षेत्र अनिश्चतकालिन बन्द गर्ने चेतावनी दिदै आएका शिक्षक संगठनहरु र शिक्षा क्षेत्र बन्द गरे दिइएको सेवा पनि रोक्ने शिक्षामन्त्रीको चेतावनीको जुहारी चल्दाचल्दै वुधवार पुन मन्त्रालयमा शिक्षक संगठनहरु र शिक्षा मन्त्रालयबीच वार्ता भएको छ। वार्ता प्रगति उन्मुख भएको भन्दै शिक्षकहरु माग पूरा हुनेमा आशाबादी देखिएका छन्। शिक्षा मन्त्रालयमा विभिन्न माग राख्दै [...]