सहकारी क्षेत्रमा महिलाको सहभागीता

Written by admin. Posted in अर्थ-वाणिज्य, विशेष

Published on March 13, 2012 with

हिजोआज महिलाहरुले आफ्नै प्रयासमा केही गर्ने परिपाटीको विकास गरेका छन्। यसको गतिलो उदाहरण बनेको छः काठमाडौं थानकोटस्थित महिला जागरण बचत तथा क्रृण सहकारी संस्था। महिलाका लागि कुनै पनि काम गर्न पुरुषको साथ नभइ हुंदैन भन्ने मान्यतालाई सो सहकारी संचालन गर्ने महिलाहरुले जवाफ दिएका छन्।

हिजो आज सहकारी च्याउ उम्रेझैं खुल्न थालेका छन्। गाँउ गाउँमा सहकारी, घरघरमा रोजगारी भन्ने सरकारी नीतिले सहकारीको स्थापना गर्न धेरैलाई हौस्याएकोपनि छ। सहकारी व्यवश्थितरुपमा संचालन गर्न नसक्दा थुप्रैले हैरानीपनि खेपेका छन्। तर कतिपय सहकारीले महिलालाई आर्थिकरुपमा सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। काठमाडौंको थानकोटमा रहेको महिला जागरण बचत तथा क्रृण सहकारी महिलाहरुको पहलमा स्थापित त्यस्तो सहकारी संस्था हो जसले महिलालाई मात्रै क्रृण दिने गरेको छ। ०६३ सालमा स्थापित भएको यो सहकारीमा महिलाले नै पैसा बचत गर्छन र उनीहरुले नै उपयोग गर्ने गरेका छन्। शुरुमा पैत्तिस जना महिला सहभागी रहेको सो सहकारीमा हाल नौ सय छ महिला सहभागी रहेका छन्। अध्यक्ष बिन्दु श्रेष्ठ आफ्नै सिप, साधन र लगनको सदुपयोग गर्न सके आत्मनिर्भर हुंन सजिलै सकिने बताउछिन्।

नेपालमा ३० लाख भन्दा बढि व्यक्तिहरु सहकारीमा आवद्ध भएका मध्ये ४८ प्रतिशत सदस्यहरु महिला रहेको बताइएको छ। जबकी विस वर्ष अघिसम्म सहकारीमा सहभागी हुंने सयजना मध्ये ६ जना मात्र महिला हुने गर्थे। हाल संचालनमा रहेका झण्डै २३ हजार सहकारी संघ संस्था मध्ये करिब २७ सय सहकारी महिलाले संचालन गरेको बताइन्छ। सहकारीमा सहभागीता बढेसंगै कुनै न कुनै हिसावले महिला स्वरोजगार भैरहेका छन्। तर सहकारीलाई व्यस्थित गर्ने उपयुक्त संयन्त्रको अभावका कारण सहकारीमा हुंने महिलाको लगानी र समय जोखिममुक्त नरहेको एकथरी मतपनि उत्तिकै बलियो देखिन्छ।

facebook comments:

Leave a Comment