Articles Posted on March 13th, 2012

  • बागलुङको दक्षिण क्षेत्र जोड्न यान्त्रिक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन

    बागलुङको दक्षिण क्षेत्र जोड्न यान्त्रिक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन

    पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्र जोड्न यान्त्रिक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ। उद्योग बाणिज्य संघ पर्वतको पहलमा निर्माण हुन लागेको सो पुलको रोपवे केवलकार प्रा.लि.को प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेको हो। सदरमुकाम कुश्माबजारस्थित लोकतान्त्रिक चोक नजिकै गोपाङ्गघाट गुम्बादेखि बलेवाको नारायणस्थान गाविसस्थित एयरपोर्ट नजिकै जोडिने भएको छ। केवलकार मोडलको सो […]

  • uttar-korea

    उत्तर कोरियाको मानव अकिारको बिषयमा हात हालाहाल

    राष्ट्रसंघीय मानवअधिकार परिषद बैठकमा उत्तर कोरियाको मानव अकिारको बिषयमा लिएर हात हालाहाल भएको छ। झगडामा संग्लन उत्तर कोरियाली प्रतिनिधिलाई सुरक्षा कर्मीले पक्राउ गरेको बताइएको छ। बैठकमा संयुक्त राष्ट्रले प्रस्तुत गरेको प्रतिवेदनमा उत्तर कोरियाली प्रतिनिधिले कडा आलोचना गरेका थिए। उनले सो प्रतिवेदन कपोकल्पित भएको बताउँदै विरोध जनाएका थिए। संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उत्तर कोरियामा मानवाधिकारको स्थिति बारे […]

  • army-bocing

    आर्मी स्पोर्टस मिट अन्तर्गत बक्सिङ तर्फ देबेन्द्रराज ठकुरीद्वारा नेपाललाई दोस्रो स्वर्ण पदक

    साउथ एशियन आर्मी स्पोर्टस मिट अन्तर्गत बक्सिङ तर्फको ६० केजी तौल समुहमा देबेन्द्रराज ठकुरीले नेपाललाइ दोस्रो स्वर्ण पदक दिलाएका छन । नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको आज सम्पन्न फाइनलमा भारतका बिकास खत्रीलाइ पराजित गर्दै ठकुरीले स्वर्ण पदक प्राप्त गरेका हुन। बक्सिङका ६४ , ६९ र ७५ केजीका सबै खेलहरुमा भने भारतले बाजी मार्‍यो। ६४ केजी […]

  • mohan-vaidhya

    लडाकुको दर्जाकै कारण शान्ति प्रक्रिया नरोकिने स्पष्ट : मोहन वैद्य

    एकीकृत माओवादीका उपाध्यक्ष मोहन वैद्यले लडाकुको दर्जाकै कारण शान्ति प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ। शान्ति र संविधानका लागि दबाब दिन रिपोर्टर्स क्लवले बुझाएको ज्ञापन पत्र बुझ्दै माओवादी उपाध्यक्ष वैद्यले सेना समायोजनमा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ जस्तो नलागेपनि दर्जाकै कारण प्रक्रिया रोकिन नहुने उल्लेख गर्नुभएको हो। उहांले शान्ति प्रक्रिया र संबिधान निर्माण संग संगै अघि […]

  • cp mainali

    पार्टीसंग एकीकरणको लागि वार्ता नभएको सिपी मैनालीद्वारा स्पष्ट

    नेकपा मालेका महासचिव सिपी मैनालीले माले एमाले पार्टीसंग एकीकरणको लागि वार्ता नभएको स्पष्ट पार्नु भएको छ। भक्तपुरमा रफत संचार कल्बले आयोजना गरेको अर्न्तक्रिया कार्याक्रममा महासचिव मैनालीले एमाले संग शान्ति र संविधानमा देखिएको तत्कालीन असहमतीको बुँदाहरुमा एकमत धारणा बनाउन बार्ता गरिएको उल्लेख गर्नुभयो। एमालेसंग पार्टी एकीकरणका लागि सबै सहमती भइसकेको र पदको बांडफांडमा मात्र कुरा मिल्न […]

  • sabhamukh-neta-bhet

    राज्यपुनर्संरचना आयोगको प्रतिवेदन संवैधानिक समितिको बैठकमा छलफलका लागि लैजाने सहमति

    प्रमुख तीन दलका शीर्ष नेता, सचेतक र सभामुख सुवासचन्द्र नेम्वाङबीच भएको छलफलमा राज्यपुनर्संरचना आयोगको प्रतिवेदन संवैधानिक समितिको बैठकमा छलफलका लागि लैजाने सहमति भएको छ। यसअघि आयोगको प्रतिवेदनको छलफलको विषयलाई लिएर तीन दलबीच असहमती भएका कारण प्रतिवेदनलाई छलफलमा लगिएको थिएन। बैठकले सो प्रतिवेदन संवैधानिक समितिको बैठकमा लैजाने सहमति गरेको हो। यसअघि एमाले र कांग्रेसले प्रतिवेदन संवैधानिक […]

  • syria

    चीन र रसियालाई संयुक्त राष्ट्रसंघको निर्णयमा भिटोको प्रयोग नगर्न आग्रह

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले चीन र रसियालाई संयुक्त राष्ट्रसंघको निर्णयमा भिटोको प्रयोग नगर्न आग्रह गरेका छन्। सुरक्षा परिषद्को सिरियामा विदेशी सेना परिचालन गर्ने निर्णयमा रसिया र चीनले भिटो प्रयोग गरेका थिए। अमेरिकासहित पश्चिमी राष्ट्रहरुले पनि चीन र रसियालाई राष्ट्रसंघीय सुरक्षापरिषद्को निर्णयमा अवरोध उत्पन्न नगर्न आग्रह गरेका छन् साथै अन्तर्राष्ट्रिय समुदायले सिरियामा जारी द्वन्द्व अन्त्य गर्न […]

  • krantikari

    प्रत्यक्ष निर्वाचन प्रणाली भए अमान्य : अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन

    अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समानुपातिक प्रणाली अनुसार हुनुपर्ने दोहोर्‍याउदैं प्रत्यक्ष प्रणालीमा निर्वाचन गर्न खोजिए आफुहरुलाई अमान्य हुंने जनाएको छ। हिमालय टेलिभिजनको कार्यक्रम फोकस अफ द डेमा कुरा गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार स्ववियूको निर्वाचन घोषणा गरे उसले चुनाव नचाहेको बुझ्नु पर्ने बताउनुभयो। त्रिविले प्रत्यक्ष प्रणाली अनुसार […]

  • Nepal-National-Football-Tea

    This article contains a video.

  • prahari-ghaite

    सशस्त्र प्रहरीको गाडी दुर्घटना हुंदा प्रहरी नायब निरिक्षकसहित ९ जना घाइते

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको दुलारी ३ मा  सशस्त्र प्रहरीको गाडी दुर्घटना हुंदा प्रहरी नायब निरिक्षकसहित ९ जना घाइते भएका छन्। झापातर्फ जांदै गरेको सिमा सुरक्षा कार्यालय सुनसरीको बा १ ग बीस एकसठ्ठी नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरीले जनाएको छ। सो दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक लाक्पा शेर्पासहित ९ जना घाईते भएका […]