Articles Posted on March 12th, 2012

  • MYANMAR-aang-sang

    म्यानमारकी लोकतन्त्रवादी नेतृ सुचीको चुनावी प्रचार सामग्री सरकारी विद्युतिय सञ्चारमाध्यमले प्रसारण गर्ने

    म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ साङ सूचीले म्यानमारको सरकारी विद्युतिय सञ्चारमाध्यमबाट आगामी चुनाव प्रचार गर्ने भएकी छिन्। सूची हाल आफ्नो प्रचार सामग्री रेकर्ड गराउन व्यस्त रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। सूचीको निर्वाचन प्रचार सम्बन्धी तयार पारिएको १५ मिनेट लामो भाषण आगामी बुधबार म्यानमारको सरकारी सञ्चारमाध्यमले प्रसारण गर्ने भएको हो। सो भाषण पुनः अर्को हप्ता प्रसारण हुने […]

  • amar-lai

    This article contains a video.

  • इजरायलले गरेको आक्रमणमा परि कम्तीमा दुई प्यालेस्टाईनीको मृत्यु

    इजरायलले गरेको आक्रमणमा परि कम्तीमा दुई प्यालेस्टाईनीको मृत्यु

    गाजापटीमा चरमपन्थीविरुद्ध इजरायलले गरेको आक्रमणमा परि कम्तीमा दुई प्यालेस्टाईनीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। गजापटी क्षेत्रमा चरमपन्थीहरुले आन्दोलन चर्काउदै गएपछि इजरायल सरकारले त्यसक्षेत्रमा आक्रमण गरेको हो। रकेट लन्चर आक्रमणका क्रममा दुई जना प्यालेस्टाईनी मारिएको र कम्तीमा २५ जना घाइते भएका छन्। इजरायली सेनाका प्रवत्ताका अनुसार हवाइ हमला चरमपन्थीहरुको गोदाममा गरिएको हो। […]

  • tribhuvan_international_Airport

    अन्तराष्ट्रिय हवाई यातायात नियन्त्रक महासंघको ५१ औं अन्तराष्ट्रिय सम्मेलन सुरु

    अन्तराष्ट्रिय हवाई यातायात नियन्त्रक महासंघको ५१ औं अन्तराष्ट्रिय सम्मेलन आजदेखी सुरु भएको छ। राजधानीमा सुरु सम्मेलनको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गर्नु भएको हो। सम्मेलनमा हवाई यातायातको दुर्घटना र त्यसलाई काम गर्ने उपायका विषयमा छलफल हुने। एक आकाश, एक क्षमतालाई केन्द्रित गरेर छलफल गर्न ७० देशका हवाई नियन्त्रकहरु नेपाल आएका छन्। पहिलो पटक नेपालमा भएको […]

  • balnanda-kishore

    शिविर छाड्दा लडाकुले भौतिक संरचना तहसनहस पारे : बालनन्द शर्मा

    सेना समायोजन विशेष समिति अर्न्तगतको सचिवालयका संयोजक बालानन्द शर्माले सहायक शिविर छाडेर मुख्य शिविरमा जाने केही लडाकुले यसअघि बस्दै आएको शिविरको भौतिक संरचना नष्ट गरेको खुलाशा गर्नुभएको छ। हिमालय टेलिभिजनको कार्यक्रम फोकस अफ द डेमा कुरागर्दै संयोजक शर्माले शिविर खाली भएपनि भौतिक संरचनालाई यथास्थितिमा राख्ने निर्देशन विपतिर कतिपय लडाकुले भौतिक संरचना भत्काएको जानकारी दिनुभयो। संयोजक […]

  • bepatta-nagarik

    वेपत्ता नागरीकलाई तत्काल सार्वजनिक गर्न सरकार समक्ष आग्रह

    राज्यद्वारा वेपत्तँ योद्धा परिवार समाजले वेपत्ता नागरीकलाई तत्काल सार्वजनिक गर्न सरकार समक्ष आग्रह गरेको छ। एकिकृत माओवादी मुख्यालय पेरिसडांडामा आयोजीत पत्रकार सम्मेलनमा सशस्त्र द्धन्द्धमा राज्य द्धारा वेपत्ता पारिएका नागरीकहरुलाई सार्वजनिक गर्न आग्रह गरिएको हो। राज्य द्धारा वेपत्तँ योद्धा परिवार समाजको विस्तारित बैठकले आफ्ना मागहरुको राज्य पक्षले वेवास्ता गरेको भन्दै चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको […]

  • kalo-jhanda

    नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको माग गर्दै प्रधानमन्त्रीलाई कालो झण्डा

    नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको माग गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कालो झण्डा देखाएको छ। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आयोजना गरेको पुस्तक विमोचन एवं सेन्टर फर एक्सिलेन्सी कार्यक्रममा सहभागि हुन कीर्तिपुर पुग्नुभएका डाक्टर भट्टराईलाई सभापति रञ्जीत कर्ण नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो। नेविसंघले हिजो देशभरबाट संकलन गरेको हस्ताक्षर उपकुलपति डाक्टर हीराबहादुर महर्जनलाई बुझाउंदै सांझ […]

  • raghashala

    नेपाल तीन शुन्यले तुर्किमिनिस्तानसंग पराजित

    काठमाडौमा जारी एएफसी च्यालेञ्जकप फुटबलको समुह चरणको अन्तिम खेलमा नेपाललाई तीन शुन्यले पराजित गर्दै तुर्कमिनीस्तान र माल्दिभ्सलाई एक शुन्यले पाखा लगाउदै प्यालेस्टाइन समुह ए बाट सेमिफाइनलमा प्रवेश गरेकाछन। समुह चरणमा सुरुका दुई खेलमा लगातार हारको सामना गर्दै प्रतियोगिताबाट बाहिरीएको नेपालले अन्तिम खेलमा तुर्किमिनीस्तान विरुद्ध पनि कमजोर प्रदर्शनलाई जारी राख्यो। तुलनात्मक रुपमा बलियो मानिएको तुर्कमिनीस्तानले नेपाललाई […]

  • kp-oli

    केही दिनभित्रै सरकार ढल्ने ठोकुवा : केपी शर्मा ओली

    नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले केही दिनभित्रै सरकार ढल्ने ठोकुवा गर्नुभएको छ। झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेतृत्वमा रहेको सरकारले कुनै उपलब्धीमूलक काम गर्न नसकेको बताउंदै सरकार ढल्ने बताउनु भएको हो। उहांले अब बन्ने सरकार सहमतिय हुने र जुन पार्टीको नेतृत्वमा सरकार बन्छ उसैको प्रधानमन्त्री हुने बताउनु भएको छ।

  • taplejung-on-fire

    आगलागी हुदा एक जनाको जलेर मृत्यु

    गएराती नुवाकोट जिल्लाको काहुले गाविस वडा नम्बर ६ दावाचेतमा आगलागी हुदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पाच वर्षिया बालक चिली तामाङ रहेका छन्। मैनबत्ती बालेर पढिरहेको र बालक निधाएपछि आगलागी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। सो आगलागीमा परि चिलीका बाबु मङ्गले तामाङ गम्भीर घाइते भएका छन्। आगलागीमा परी घरका सम्पूर्ण […]