अफगानिस्तानको कान्दाहार राज्यमा एक अमेरिकी सेनाले गोली चलाउंदा ३ अफगानी नागरिकको मृत्यु भएको छ। अमेरिकी सेनाले गोली चलाएलगत्तै अमेरिकी सैनिक अधिकारीहरु समक्ष आत्मसपर्ण गरेका थिए। उनी मानसिक समस्यामा रहेका अनुमान गरिएको छ। अमेरिकी सैनिक कार्यलयले यस घटना खेदजनक रहेको र दोषीलाई हिरासतमा लिएको बताएका छन्। साथै अमेरिकी सेनाले घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन्। अफगानिस्तानमा कुनै हिंसात्मक घटना नदोहर्याउने अमेरिकी सेनाले गत महिना प्रतिबद्धता जनाए लगत्तै भएको यो पहिलो हमला हो। अमेरिकी सेनाले इस्लामिक धर्मग्रन्थ कुरान जलाए यता अमेरिकी सेना र अफगानी नागरिकबीच मनमुटाव सुरु भएको हो।










There are currently no comments on अमेरिकी सेनाद्वारा गोली चलाउंदा ३ अफगानी नागरिकको मृत्यु. Perhaps you would like to add one of your own?