वान लाईन स्टोरी सहित ईन्सोरेन्स बापतको १३ हजार र हुलाक टिकटका लागि पचास रूपैया भए सजिलै सिनेमा दर्ता हुने प्रचलनलाई चलचित्र बिकास बोर्डले पूर्ण नियन्त्रण गर्ने योजना सार्वजनिक गर्न लागेको छ । विकास बोर्ड श्रोत अनुसार भोली सोमबार पत्रकार सम्मेलन गर्दे बोर्डले सिनेमा निर्माणका लागि सम्बन्धीत फिल्म निर्माण कम्पनीले पाँच लाख रूपैया धरौटी स्वरूप राख्नु [...]
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले एकीकृत माओवादी भित्रको अन्तरसंघर्षका कारण शान्ति र संविधान निर्माणलाई बर्तमान सरकारले सहज रुपमा अगाडि बढाउन नसकेको स्वीकार गर्नुभएको छ। मन्त्री रायमाझीले बर्तमान सरकारको मुख्य एजेण्डा शान्ति र संविधान रहेको बताउँदै त्यस समयसिमा भित्र सेना समायोजन सम्पन्न हुने र जेठ १४ भित्रै संविधान निर्माण हुने दाबी गर्नुभयो। सिरहाको लहानमा आफ्ना पार्टीका [...]
महिला उद्यमीहरुलाई उत्पादन कार्यमा पहुच वढाउने उदेश्यले महिला उद्यमी उत्पादकत्व सहजकर्ता विकाश प्रशिक्षण कार्यक्रम राजधानीमा सुरु भएको छ। उद्योग मन्त्रालय र नेपाल उद्योग वाणीज्य महासंघको संयुक्त आयोजानामा सुरु तालिम ६ दिन सम्म चल्ने जनाईएको छ। तालिमा महिला उद्यमी महासंघ नेपाल, हस्तकला महासंघ, नेपाल घरेलुतथा साना उद्योग महासंघ, ललितपुर उद्योग वाणीज्य महासंघ लगायतका विभिन्न संघसंस्थामा आवद्ध [...]
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै नेविसंघले देशभरका शैक्षिक संस्थाबाट संकलन गरेको दुई लाख हस्ताक्षर आईतवार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई बुझाएको छ। सभापति रञ्जीत कर्णको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयका उपकुलपति हिरालाल महर्जनलाई हस्ताक्षर बुझाएको हो। सो क्रममा नेविसंघले निर्वाचनको मिति घोषणा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ। निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयले [...]
जेठ १४ मा संविधान नबने सेना वा माओवादी मध्ये कुनै एकले सत्ता कब्जा गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले चेतावनी दिनुभएको छ। १४ पछिको अवस्थामा जसको शक्ति उसैको भक्तिको अवस्था सृजना हुने र बन्दुकधारी एक शक्तिले सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको हो। देशमा बन्दुक भएका शक्ति माओवादी र नेपाली सेना भएकोले दुई मध्ये एकले सत्ता [...]
अफगानिस्तानको कान्दाहार राज्यमा एक अमेरिकी सेनाले गोली चलाउंदा ३ अफगानी नागरिकको मृत्यु भएको छ। अमेरिकी सेनाले गोली चलाएलगत्तै अमेरिकी सैनिक अधिकारीहरु समक्ष आत्मसपर्ण गरेका थिए। उनी मानसिक समस्यामा रहेका अनुमान गरिएको छ। अमेरिकी सैनिक कार्यलयले यस घटना खेदजनक रहेको र दोषीलाई हिरासतमा लिएको बताएका छन्। साथै अमेरिकी सेनाले घटनाबारे छानबिन भइरहेको जानकारी दिएका छन्। अफगानिस्तानमा [...]
सिरियाली राष्ट्रपति बसर अल असदले संयुक्त राष्ट्रसंघ र अरब लिगका दुत कोफी अन्नानलाई सिरियामा विद्रोही चरमपन्थी समुह सक्रिय रहुञ्जेल हुने कुनैपनि वार्ता सफल नहुने बताएका छन्। राष्ट्रपति असाद र अन्नानबीच हिजो भएको वार्तामा असादले विद्रोही समुह सक्रिय रहुञ्जेल कुनै राजनीतिक वार्ता हुन नसक्ने बताएका हुन्। अन्नान सिरियामा जारी सरकार विरोधी द्वन्द्व अन्त्यका लागी छलफलका लागी [...]
माओवादी जनसेनाको रोल्पास्थित पांचौ डिभिजन दहवन अन्तर्गतका दुई वटा सहायक शिविरहरु आज खाली हुंदैछन्। दुईवटा सहायक शिविरहरुमध्ये दीर्घ स्मृति बिग्रेड शनिबार खालि गरिएको थियो। माओवादी सेनाको रेखदेख, समायोजन तथा पुनर्स्थापना विशेष समिति मातहतको सचिवालय सदस्य दिपेन्द्रबहादुर शाहका अनुसार पांचौं डिभिजनको दीर्घ स्मृति सहायक शिविरका जनसेनालाई सुनिल स्मृतिमा लगिएको छ भने ज्वार स्मृतिका जनसेनाहरुलाई मंगलसेन स्मृति [...]
संविधान निर्माणको समयावधी सकिंदै गएको बेला नेपाली कांगे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले २०४७ सालको संविधान ब्युंताउन सकिने बताउनुभएको छ। राजतन्त्रको विषय हटाएर संघीयताको प्रावधान थप गर्ने हो भने जेठ १४ भित्रै पुरानै संविधान जारी गर्न सकिने उहांको भनाई थियो। नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले पुरानो संविधानमा धर्म निरपेक्षता र [...]