सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचादि व्यवसायी संघले प्रतिदशग्राम छापावाल सुनको मुल्य ४६ हजार ३ सय रुपैंया तोकेको छ। जसअनुसार छापावाल सुन प्रतितोला ५४ हजार ४ रुपैंया पर्छ। त्यस्तै प्रतितोला तेजावी सुन ५३ हजार ७ सय ५३ रुपैंया तथा चाँदी प्रतितोला एक हजार १ सय रुपैंयामा किनबेच भएको [...]
सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटी दलहरुले प्रतिवद्धता जनाए अनुसार शान्ति र संविधान निर्माण प्रक्रिया अगाडी नबढाएको भन्दै चासो व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सभामुख नेम्वाङले फागुन मसान्तसम्ममा शान्तिप्रक्रिया टुङ्ग्याउने भने पनि त्यस अनुरुप काम अगाडि नबढेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो। प्रधानमन्त्री भट्टराईले फागुन मसान्तसम्ममा शान्तिप्रक्रियाका मूलभुत काम सक्ने [...]
अन्तर्राष्ट्रिय दातृ संस्था अक्सफामले पश्चिम अफ्रिकाको सालेह क्षेत्रमा भोकमरी रोक्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएको छ। पश्चिम अफ्रिकामा करिब १ करोड ३० लाख मानिस भोकमरीबाट पीडित बन्ने सम्भावना प्रबल रहेको बताउंदै अक्सफामले करिब ३६ मिलियन डलरको आपतकालीन सहयोगको घोषणा पनि गरेको छ। गत वर्ष पूर्वी अफ्रिकामा भएको भोकमरी नियन्त्रणमा अन्तर्राष्ट्रिय समुदायले निकै ढिलाई गरेको [...]
पाकिस्तानको उच्च न्यायलयले सरकारलाई राष्ट्रपति असिफ अलि जर्दारीविरुद्धको भष्टाचारको मुद्दा पुन सुरु गर्न निर्देशन दिएको छ। न्यायलयले राष्ट्रपति जर्दारी विरुद्धको मुद्दा पुन सुरु गर्न स्वीजरल्यान्डका अधिकारीहरुलाई आग्रह गर्नुपर्ने बताएको छ। राष्ट्रपति जर्दारीको भ्रष्चार मुद्दा यसअघि प्रधानमन्त्री युसुफ रजा गिलानीका कारण रोकिएको थियो। प्रधानमन्धी गिलानीले राष्ट्रपति जर्दारी विरुद्धको भ्रष्टचारको मुद्दामा स्वीस् अधिकारीहरुलाई पत्र लेख्न अस्विकार गरेपछि [...]
ललितपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुले विहिवार पदभार सम्हालेका छन्। विहिवार एक कार्यक्रमका बीच संघको कार्यलय मंगलबजारमा उनीहरुलाई सपथ गराइएको थियो । नव निर्वाचित अध्यक्ष अजरमान जोशीलाई संघका अध्यक्ष मृगेन्द्रसिंह प्रधानले सपथ गराउनुभएको थियो। त्यसैगरी अन्य पदाधिकारीहरुलाई भने नव निर्वाचित अध्यक्षले नै सपथ गराउनुभएको थियो। सो अवसरमा नव निर्वाचित अध्यक्ष अजरमान जोशीले ललितपुर जिल्लालाई [...]
स्वास्थ्य तथा जनसख्या मन्त्री राजेन्द्र महतोले विहिवार भक्तपुर अस्पताल निरिक्षण गर्नु भएको छ। भक्तपुर अस्पतालको प्रागंणमा निमिर्ति मानव अंग प्रत्यारोपण केन्द्रको बहिरंग सेवा उद्घाटन गर्न अस्पताल पुग्नुभएका मन्त्री महतोले भक्तपुर अस्पतालको निरिक्षण गर्नु भएको थियो। भक्तपुर अस्पतालको भवन वर्षायाममा पानी चुहिने हुँदा काम गर्न असजिलो भएको गुनासो अस्पतालका सुपरिन्टेन्डेण्ट डाक्टर इन्द्रप्रसाद प्रजापतिले गरे पछि मन्त्री [...]
अमेरिकी मौसम वैज्ञानिकहरुले आज सौर्यमण्डलको प्रभावबाट पृथ्वीमा आंधी आउन सक्ने अनुमान गरेका छन्। सौर्यमण्डलको प्रभावका कारण आउने आंधी ५ वर्ष यताकै ठुलो हुने वैज्ञानिकहरुले बताएका छन्। सौर्यमण्डलमा चलिरहेको सो आंधी भूचुम्बकीय आकर्षणका कारण पृथ्वीको सतहसम्म आउने अनुमान गरिएको हो। आंधीका कारण उपग्रहमा आधारित दिशानिर्देशन प्रणाली, वायुसेवा, विद्युत आपूर्तिमा असर पर्ने बताइएको छ। धु्रवीय क्षेत्रमा आंधीको [...]