राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा संविधान नबन्ने ठोकुवा गर्नुभएको छ। राजधानीमा विहिवार आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले चार वर्षमा नगरिएको काम साढे दुइ महिनामा हुन नसक्ने वताउदै संविधान वनिहाले पनि जनता प्रति उत्तरदायी संविधान नबन्ने ठोकुवा गर्नुभयो। कार्यक्रममा अध्यक्ष थापाले पुर्व राजा ज्ञानेन्द्र शाहले हालै जिल्ला भ्रमणका क्रममा देश र जनता प्रति [...]
सिरियाका सहतेलमन्त्री अबदो हुसामेदिनले राष्ट्रपति बसर अल असादको सरकारबाट राजीनामा दिएका छन्। अबदोले राजीनामा दिदैं आगामी दिनमा सरकार विरोधी प्रदर्शनलाई सहयोग गर्ने बताएका छन्। सिरियामा राष्ट्रपति असाद विरुद्ध प्रदर्शन भएयता अबदो राजीनामा दिने पहिलो उच्चस्तरीय व्यक्ति हुन्। सिरियाली जनताले राष्ट्रपति असादको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्। अबदोले सिरिया सरकारले १ वर्षदेखि गरेको हमलामा निर्दोष [...]
फुटवलका लागि विश्वब्यापी संस्था फिफाका अध्यक्ष सेप ब्लाटर काठमाडौंमा विहिवारदेखि सुरु हुने एएफसी च्यालेञ्जकप फुटबल प्रतियोगिताको उद्घाटनका लागि काठमाडौं आइपुग्नुभएको छ। विश्व फुटबलका शीर्ष ब्यक्ती नेपाल आएको यो पहिलो पटक हो। एसियाको भ्रमण गर्ने क्रममा ब्लाटरलाई नेपालले निम्तो दिएपछि उहा च्यालेञ्जकपको अवसर पारेर नेपाल आउनुभएको हो। आज एक दिन नेपाल बस्ने क्रममा ब्लाटरले च्यालेञ्जकपको उद्घाटन [...]
विहिवार देखी सुरु हुने पहिलो दक्षिण एशियाली आर्मी स्पोर्टस मिटको तयारी पूरा भएको नेपाली सेनाले जनाएको छ। नेपालसहित दक्षिण एसियाका ४ राष्ट्र सहभागी हुने सो प्रतियोगितामा ६ खेल समावेश गरिएको छ। दक्षिण एशीयाली राष्ट्रका सेना बिच आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले पहिलो पटक प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, [...]
सरकारमा सहभागी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार गठनका बेला भएको ४ बुदे सहमति कार्यान्वयन गर्न एकीकृत माओवादीलाई दबाब दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको माओवादी र मोर्चा सम्बद्ध दलहरुको बैठकमा मोर्चाले सहमति कार्यान्वयनमा जोड दिएको फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो। छलफलमा मोर्चाका नेताहरुले नागरिकता सम्बन्धी विषय टुङ्ग्याउन पनि माग गरेका थिए।
महिलालाई घर धन्दा र चुल्होचौकामै सिमित राख्ने परिपाटीले निरन्तरता पाइरहेको वर्तमान अवस्थामा सुनसरीको इटहरीस्थित लेडिज जेसीज इटहरीले भने बहुउद्देश्यीय भवन निर्माण गरिरहेको छ। ६० लाख रुपैयाको लागतमा पुर्वाञ्चलमै पहिलो पटक महिलाको सक्रियता र व्यवस्थापनमा दुई तले भवन निर्माण भइरहेको हो। इटहरी जेसिजको भवन भएपनि विभिन्न क्रियाकलापका कारण आफ्नो सक्रिय उपस्थिती जनाइरहेको इटहरीको लेडी जेसिजले गतिविधि [...]
जनतान्त्रिक तराई मधेश मुक्ती मोर्चाले दाङमा एक बस व्यवसायीको घरमा प्रेसरकुकर बम विष्फोट गराएको छ। मोर्चाका कार्यकर्ताले तुलसीपुर नगरपालिका टिकरीका प्रेमबहादुर डांगीको घरमा गएराती बम विष्फोट गराएको हो। विष्फोटबाट डांगीको घरमा सामान्य क्षति पुगेको छ। डांगीले चन्दा नदिएका कारण मोर्चाले विष्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ। यसअघि पनि मोर्चाले दाङका आधा दर्जन ठाउंमा बम विष्फोट [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जेठ चौधभित्रै समानतामा आधारित नारीमुखी संविधान बन्ने दाबी गर्नुभएको छ। हिमालय टेलिभिजनसंग नारी दिवसको सन्दर्भमा विशेष कुराकानी गर्दै प्रधानमन्त्री भट्टराईले छिट्टै शान्ति प्रक्रिया पूरा भइ संविधान जारी हुंने बताउनुभयो। दर्जाकै कारण सेनासमायोजन नरोकिने भन्दै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री भट्टराईले सात बुंदे सहमतिकै आधारमा समायोजन प्रक्रिया अगाडि बढ्ने बताउनुभयो। [...]
केही यस्ता चर्चित नारीहरु छन् जसको सौर्न्दयले विश्वजगतलाई लठ्ठ मनाइदिन्छ। हिड्दा हिड्दै उनिहरुको सौर्न्दय र अभिनय हेर्न मानिस टक्क रोकिन बाध्य हुन्छ। एन्जेलेना जोली १९७५ जुन महिनामा जन्मिएकी एन्जेलेना हलिउडमै सर्वादिक पारिश्रमीक लिने अभिनेत्री हुन्। विभिन्न सर्वेक्षण अनुसार सर्वाधिक सुन्दरी एन्जेलेना बाल्यकालदेखिनै अभिनयमा लगाव राख्थिन्। दुइपटक वैवाहिक बन्धनमा बाधिएकी उनी आफना पूर्व श्रीमान् जनी लि [...]