पेप्सीकोलामा होली खेल्ने क्रममा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ। होली खेल्ने क्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरको छतबाट खसेर १७ वर्षिया सिम्रन कार्कीको मृत्यु भएको हो। छतबाट खसेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।
नेपाली काग्रेंसका सभापति सुशील कोइरालाले प्रधानमन्त्रीले सेना समायोजन विशेष समितिको बैठक नबोलाएका कारण समायोजन प्रक्रिया अघि नबढेको बताउनुभएको छ। नेपाल प्रेस युनियन मोरङले कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले विशेष समिति बैठक बोलाएर सहमति गर्न सकिने भएपनि बैठक नबोलाएर माओवादीले सेना समायोजन प्रक्रिया लम्ब्याउन खोजिरहेको आरोप लगाउनुभयो। उहाले समायोजनमा दर्जाको कुरा राजनीतिक [...]
नेपाली कांग्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले शिविर खाली प्रक्रिया अघि बढाउन सहयोग नगरेकै कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको बताउनुभएको छ। काठमाडौंको बुढानिलकण्ठ वासिकुमा रहेको गणेश मन्दिरको पूर्ण शिलन्यास समारोहमा नेता देउवाले माओवादीकै कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाउनुभयो। उहांले कांग्रेस यथास्थितिवादी भएकै कारण शान्ती र संविधान निष्कर्षमा नपुगेको भनी एमालेले लगाएको [...]
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दुम्कीबासमा जीप र बस एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्वबाट पश्चिम गइरहेको लु १ च ४०६३ नम्बरको जीप र विपरित दिशाबाट आउंदै गरेको लु १ ख ४४४३ नम्बरको बस नवलपरासीको बिनयीखोलाको पुल नजिकै ठक्कर खँदा जीप चालक रुपन्देही आनन्दवनका [...]
रङ्गहरुको पर्व फागू अर्थात होली सद्भाव र आत्मियता साटासाट गरि आज काठमाडौं उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैं छ। वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागू पर्व एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भई रङ्ग दलेर मनाइन्छ। सत्ययुगमा विष्णु भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने [...]
श्रीमान्ले कमाई गरेर ल्याउने र श्रीमतीले बालबच्चा हुर्काउने करा हाम्रो नेपाली परम्पराको अघोषित नीतिका रुपमा रहेको छ। जसका कारण एकल महिलाको जीबन समाजिक हेयको विषय हुंने गरेको छ। तर समाजका मान्यताहरुलाई महिलाहरुले विस्तारै परिवर्तन गर्दैछन्।सवै पक्षसग चुनौती गरेर आफ्नै खुट्टामा उभिएर स्वभिमानी भएर बस्ने महिलाहरु मध्येकी एक हुन् लमजुङ वेसीशहरकी अस्मिता पौडेल। दश वर्ष अघि [...]
आन्तरिक विवादका कारण निष्त्रि्कय देखिएको नेपाली कांग्रेस पछिल्लो समय संगठन सुदृढीकरणमा व्यस्त देखिएको छ। नया कुरा सिक्न र पढ्न नरुचाउने भनेर चिनिने कांग्रेस कार्यकर्ताहरुलाई अहिले पार्टीले नै प्रशिक्षण दिन थालेको छ। संघीयताको बहस चल्दै गर्दा मधेशमा आफ्नो गुमेको साख फिर्ता गराउने उद्देश्यका साथ कांग्रेस मधेश केन्द्रीत कार्यक्रमहरुमा व्यस्त हुन थालेको छ। विगतमा भातृसंस्था विघटनपछि चर्को [...]
राजधानिको ट्राफिक व्यवश्थापनलाई व्यवश्थित बनाउन हजारौं ट्राफिक प्रहरीहरु अहोरात्र खटिने गरेका छन्। पुरुषको तुलनामा महिला ट्राफिकहरुको संख्या धेरै कम भएतापनि उनिहरुले ट्राफिक व्यवश्थापनमा देखाएको कार्यकुशलता अनि अतुलनिय योगदानले महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने पुरुषप्रधान समाजलाई गतिलो जवाफ दिएको छ। राजधानिमा मात्र करिब एक शय पच्चिसको हाराहारीमा महिला ट्राफिकहरु ट्राफिक व्यवश्थापनमा खटिएका छन्। महानगरिय ट्राफिक प्रहरी [...]
फागु पूर्णिमा अर्थात होली। रंगहरुको पर्व, उमंगको पर्व अनि बिजयको पर्व। तर यस्तो पर्वमा पनि हिजोआज बिकृति भित्रन थालेको छ। होली आउनु अघिनै होलीको रमझम शुरु भैसकेको छ। पबित्र होलीमा बिकृति पनि भित्रिएको छ। प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई अग्निकुण्डमा हालेर मार्नका लागि बहिनी होलिका लाई जिम्मा दिएका थिए [...]
यहि बिहीबारदेखि सुरुहुने एएफसी च्यालेञ्जकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। फागुन २५ देखि चैत्र ६ गतेसम्म हुने प्रतियोगिताकालागि आवश्यक पुर्वाधारको मर्मत कार्य पुरा भएको एन्फाले जनाएको छ। मंगलबार राजधानीमा गरीएको पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले प्रतियोगितालागि चाहिने सबै साधन स्रोतको मर्मत तथा निर्माण कार्य पुरा भएको र प्रतियोगिताकालागि [...]