शान्ति तथा पुनर्निमाण मन्त्री सत्य पहाडीले महिला हिंसा अन्त्य गर्ने राष्ट्रिय अभियानको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ। राष्ट्रिय महिला आयोगको ११ औ वार्षिकोत्सवको अवसरमा आयोगले भद्रकाली स्थित आफ्नै कार्यलयमा गरेको कार्यक्रममा मन्त्री पहाडीले महिला हिंसा अन्त्य गरौ, शुन्य सहनशिलता कायम गरौ भन्ने राष्ट्रिय नारा कार्यान्वयनमा कठिनाई रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगले [...]
सदभावना पार्टीबाट विभाजित भएर बनेको संघीय सदभावना पार्टीले आफूहरुलाई संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी नगराएकोमा असन्तुष्टि प्रकट गर्दै अन्तिम अल्टिमेटम दिएको छ। पार्टीको केन्द्रीय कार्य समितिको बैठकबारे जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले पटक पटक मोर्चामा आवद्ध गर्न आग्राह गरेपनि सुनवाई नभएकोले अन्तिम समय दिएको स्पष्ट पारेको हो। पत्रकार सम्मेलनमा बोल्दै उद्योगमन्त्री समेत [...]
एक कार्यक्रममा भाग लिन जर्मनी जान लागेका पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरलाई साउदी अरेबियाको अबुधाबी विमानस्थलमा नियन्त्रणामा लिएको छ। जर्मनी जान लागेका मन्त्री विष्टलाई सोधपुछका लागि भन्दै प्रहरीले केहिबेर नियन्त्रणमा लिएको बताइएको छ। सोमबार बेलुकी अबुधावी पुगेका मन्त्री विष्टलाई केही घण्टादेखि प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ। साउदी अरेवियास्थित नेपाली दूतावास मन्त्रीको भिसा सम्बन्धी समस्या समाधन गर्न [...]
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले एक साताभित्र तीन महिने विशेष सुरक्षा योजना ल्याउने बताउनुभएको छ। विराटनगरमा मंगलवार पुर्वाञ्चलका सुरक्षा प्रमुखहरुसंगको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री गच्छदारले संविधानसभाको समयावधी सकिनै लाग्दा विभिन्न आपराधिक गतिविधि बढ्न सक्ने अनुमान गरी गृहमन्त्रालयले सुरक्षा योजना तयार गरिरहेको बताउनुभयो। उहाले मुलुकको सुरक्षा व्यवस्था सुधारोन्मुख भएपनि कहिलेकाही चुनौतिहरु आउने गरेकोले विशेष योजना [...]
अर्थमन्त्री बर्षमान पुनले नेपालमा सडक बिस्तार, जलविद्युत र सिंचाइ लगायतका क्षेत्रमा सहयोग गर्न साउदी अरेबिया र कुवेतले इच्छा ब्यक्त गरेको बताउनुभएको छ। साउदी अरेबिया र कुवेतको चार दिने भ्रमणपछि आज स्वदेश फर्कनुभएका अर्थमन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सडक विस्तार, जलविद्युत र सिंचाइ क्षेत्रमा सहयोग गर्ने इच्छा व्यक्त गरेको जानकारी दिनुभयो। उहांले भ्रमणका [...]
संविधान निर्माणका क्रममा देखिएका विवादित विषयका बारेमा जानकारी गराउन तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताको अभिमत बुझ्न नेपाली कांग्रेस केन्द्रिय समितिले सुनसरीको इटहरीबाट देशव्यापी प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ। सुनसरीको इटहरीमा आयोजित पुर्वाञ्चल क्षेत्रीय प्रशिक्षण कार्यक्रमको काँग्रेस सभापति सुशील कोइरालाले उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा काँग्रेस केन्द्रीय नेताहरु सहभागी भएका छन्। र्यापिड ओरेन्टेशन प्रोग्राम अन्तर्गत [...]
रुसमा भ्यालदिमिर पुटिन राष्ट्रपति भएलगत्तै विपक्षीहरुले पुटिन विरोधी प्रदर्शन जारी राखेका छन्। राजधानी मस्कोमा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले पुटिन विरोधी नारा लगाइरहेका छन्। प्रदर्शनमा रहेका ५ सय ५० लाई सुरक्षाकर्मीले हिरासतमा समेत लिएको छ। प्रदर्शनकारीहरुले राष्ट्रपति निर्वाचनमा निष्पक्षता नभएको समेत आरोप लगाउंदै आएका छन्। सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहेका पुटिन सोमबार तेस्रो पटक [...]
थाईल्याण्डका पूर्व जन स्वास्थ्य मन्त्री कुन इन सुधारातले लुम्बिनीस्थित माया देवी मन्दिरमा विशेष पुजा आजा गर्नुभएको छ। लुम्बिनी भ्रमण वर्ष २०१२ को गुड विल एम्बास्डर समेत रहेकी सुधारातले करिब २ सय जना थाइ भिक्षु भिक्षुणी तथा थाइ लुम्बिनी भ्रमणदल सहित सोमबार साझ पुजा अर्चना तथा ध्यान गर्नुभएको हो। सुधारात समुहले लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरको [...]
स्थानीय बिकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ अघि स्थानीय निकायको निर्बाचन गर्ने संभाबना नरहेको बताउनुभएको छ। नेपाल पत्रकार महासंघ पर्वत शाखाले सदरमुकाम कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले नया संबिधान जारी नगर्दासम्म स्थानीय निकायको निर्बाचन सम्भब नभएको बताउनुभयो। उहाले नया संबिधान जारी भएपछि तुरुन्तै स्थानीय निकायको निर्बाचन हुने वताउनुभयो। मन्त्री रायमाझीले स्थानीय निकायमा दलिय [...]
महोत्तरी र प्यूठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पांच जनाको मृत्यु भएको छ भने २२ जना भन्दा बढी घाइते भएका छन्। सिन्धुलीबाट महोत्तरीको बर्दिवास गइरहेको जन्ती बस वीपी राजमार्गको पाटुमा दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन्। ना ३ ख ७११२ नम्बरको जन्ती बस वीपी राजमार्ग अन्तर्गत महोत्तरीको [...]