जनसंख्याको आधारमा विश्वमा आधा हिस्सा ओगटेका महिलाको अवस्थालाई सुधार नगरीएसम्म समाज अगाडी बढ्न सक्दैन भन्ने धारणालाई घच्घचाउने एउटा प्रयास हो नारी दिवस। नारी आमा हुन्, सृष्टिकर्ता हुन्, सर्जक, संर्घष र अनुभवको खानी हुन्। आफ्नो मुटु भन्दा प्यारा सन्तान गुमाएकी आमाको छटपटी र तिनले न्याय नपाउंदाको दर्दनाक तस्बीर, वास्तवमै कल्पना बाहिरको हुन्छ। त्यस्तै एउटा तस्बिर हुन् [...]
यमनमा दक्षिण क्षेत्र स्थित जिनजिबारमा भएको बिष्फोटमा ६ सुरक्षाकर्मीको मृत्यु भएको छ। अधिकारीका अुसार बिष्फोटमा घाइतेको संख्या भने एकिन हुन सकेको छैन। बिष्फोट गराउने व्यक्तिहरु अल कायदा समर्थित अन्सार अल सरिया समुहको रहेका अनुमान गरिएको छ। विद्रोही समुह अन्सारले पछिल्ला दिनहरुमा पनि यमनमा बिष्फोटका घटनाहरु गर्दै आएको छ। यमनको दक्षिण क्षेत्र जिनजिबारमा २ दिन अघि [...]
कालीमाटीस्थीत तरकारी तथा फलफुल बजारमा गएराति भएको आगलागिमा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ भने करिब १० करोड रुपैया भन्दा बढीको क्षति भएको छ।। हनुमान ढोका नजिकै ग्यास लिक भएर आगलागी हुंदा दुई जनाको मृत्यु भएको भोलिपल्ट कालिमाटी तरकारी बजारमा आगलागी भएको हो। कालीमाटी तरकारी बजारमा बाहिरी जिल्लाबाट तरकारी बोकेर आउने गाडी [...]
नयांवानेश्वर स्थित संविधान सभा भवन अघि किराना पसलसंगै रहेको शंकास्पद वस्तुलाई सेनाको वम डिस्पोजल टोलीले निस्कृय पारेको छ। आईतवार दिउंसो तीन बजे तिर राखिएको महिलाले प्रयोग गर्ने झोला भित्र रहेको शंकास्पद वस्तु वम रहेको हल्ला चलेपछि सेनाको टोलीले निस्कृय पारेको हो। शंकास्पद वस्तु देखिएपछि सशस्त्र प्रहरी तथा सेनाको टोली पुगेको थियो। सो टोलीले वमको पहिचान [...]
नेकपा एमालेका अध्यक्ष भलनाथ खनालले आफ्नो पार्टी जनमानसमा प्रथम रहेको बताउनु भएको छ। नेकपा एमालेको आईतवार देखि सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को भेलाको उद्घाटन सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी तेस्रो भएपनि जनताको मनमा पहिलो रहेको बताउनु भएको हो। सभामा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधानसभाको निर्वाचनमा वजयी भएपछि एकीकृत नेकपा [...]
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन कार्यव्यवस्था परार्मश समितिले संबैधानिक समितिलाई पुनः दश दिन समय थप गरेको छ। सिहंदरबारस्थित राज्यव्यवस्था समितिको कार्यकक्षमा सभामुख सुभाष चन्द्र नेम्वाङको अध्यक्षतामा बसेको कार्यव्यवस्था परार्मश समितिको बैठकले संबैधानिक समितिलाई संविधानका विवादित विषयमा सहमति जुटाउन फागुन ३० गतेसम्मका लागि समय थप गरेको हो। यसअघि पनि कार्यव्यवस्था समितिले १०, १० दिन गरी [...]
नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को भेलाको उद्घाटन समारोह जारी छ। राजधानीको खुल्लामञ्चमा सुरु भएको उद्घाटन समारोहलाई एमाले नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको छ। सभालाई सम्बोधन गर्दै एमालेका उपाध्यक्ष बामदेव गौतमले शान्ति र संविधानलाई पूर्णता दिन माओवादी नेतृत्वको सरकार असफल रहेको टिप्पणी गर्नुभयो। संम्बोधनकै क्रममा उहांले माओवादीबाट नयां नेपालको नक्सा कोर्न संम्भब नभएको भन्दै नयां [...]
पैसाको प्रलोभनमा परेर बाबुआमाले विवाहको नाममा छोरी बेच्ने गरेका घटना अहिलेसम्म पनि नरोकिएको पत्ता लागेको छ। बाबुआमाले आफूलाई बेच्न खोजेको छोरीको उजुरीका आधारमा मोरङमा एक दम्पत्ति पक्राउ परेपछि घटनाको रहस्योद्घाटन भएको हो। असी हजार रुपैयाको प्रलोभनमा परी आफूलाई आमाबाबुले बेच्न खोजेको मोरंङ केराबारीकी १३ वर्षिया सीता विकले आमा समुहलाई बताएपछि महिलाहरुको सक्रियतामा बाबुआमालाई पक्राउ गरी [...]
रुसमा कडा सुरक्षाकाबीच आज राष्ट्रपति निर्वाचन शुरु भएको छ। निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार रहेका प्रधानमन्त्री भ्यादिमिर पुटिनले आफु राष्ट्रपतिमा निर्वाचन हुने दाबी गरेका छन्। पुटिन सन् २००० देखि सन् २००८ सम्म राष्ट्रपति रहेका थिए। आज भइरहेको राष्ट्रपति निर्वाचनको लागी पुटिनसंगै राष्ट्रवादी नेता भ्लादिमिर जिरीनोस्की, उच्च सदनको पुर्व सभामुख सर्गइ मिरोनोव र स्वतन्त्र पक्षबाट मिखाइल प्रोखोरोव उम्मेदवार [...]