पटक पटक मुलुक टुक्रिने चेतावनी दिंदै आएका मधेशी दलका नेताहरुले फेरि मुलुक टुक्रिनसक्ने चेतावनी दिएका छन्। राजधानीको खुल्लामंचमा आयोजित सभालाई सम्वोधन गर्दै मधेशी दलका नेताहरुले संघीयता विनाको संविधान जारी भए मुलुक टुक्रिने चेतावनी दिएका हुन्। सभालाई सम्बोधन गर्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संघीयताबिनाको संविधान जारी गरे यो मुलुकमा आगो लाग्ने [...]
देशभरका शक्ति पीठ र राममन्दिरमा पूजा अर्चना गरी शनिवार चैते दसैं तथा रामनवमी पर्व मनाइएको छ। चैते दसैंको अवसरमा शनिवार बिहानैदेखि विभिन्न शक्ति पीठहरुमा भगवतीको पूजा आराधनाका लागि श्रद्धालुहरुको घुइंचो लागेको थियो। चैत्र शुक्लाष्टमीमा चैते दसैं मनाउने गरिन्छ। भगवान श्रीरामले राक्षस रावणमाथि आजैका दिन विजय प्राप्त गरेको धार्मिक विश्वास रहेको छ। त्यसैको खुसीयालीमा चैते दसैं [...]
बम विष्फोटमा परी बैतडीमा एक दम्पत्तिको मृत्यु भएको छ। बैतडीको कटौजपानी गाविस वडा नम्वर एकमा बम विष्फोट हुंदा ५० वर्षीय दानसिंह भाट र उनकी श्रीमती ४२ वर्षीया लालमती भाटको मृत्यु भएको हो। द्वन्द्वकालमा जंगलमा छाडिएको बम विष्फोट भएको आशंका गरिएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। तपेन्द्र कुंवर
लामो इतिहास बोकेको पुर्वी पहाडी जिल्ला भोजपुरको टक्सार बजारका धातु उद्योगहरु दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा संकटमा परेका छन्। स्थानीय स्रोत साधन र कच्चा पदार्थको अभावमा ऐतिहासिक महत्वका टक्सारका धातु उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन्। केही समयअघिसम्म दैनिक लाखौं मूल्यका धातुका भांडा बनाउदै आएको भोजपुरको टक्सार बजार अहिले सुनसान छ। आवश्यक कच्चा पदार्थ [...]
मोफसलको प्रतिष्ठित १४ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार दुई चिरप्रतिद्वन्दी मनाङ मर्स्याङदी र थि्रस्टार क्लब भिड्दैछन। धरानको एन्फा टेक्निकल फुटबल सेन्टरमा हुने फाइनल खेलका लागि दुवै टिम तयार रहेका छन्। बुढासुब्बा गोल्कपको इतिहासमा दोस्रो पटक उपाधिका लागि आमनेसामने हुन लागेका दुवै टिम उपाधि आफुले जित्ने विश्वासमा छन्। बुढासुब्बाको अहिलेसम्मको इतिहासमा उपाधिका हिसावले [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले जेठ १४ गतेभित्र नै शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यले पूर्णता पाउने बताउनुभएको छ। सात दिने स्वास्थ उपचारको लागि भारतको नयां दिल्लाबाट आज स्वदेश फर्कनु भएका अध्यक्ष झलनाथ खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सर्वोच्च अदालतले गरेको फैसला ठीक भएको र जेठ १४ भित्र नै संविधान जारी गर्नुको विकल्प [...]
संविधान निमार्ण गर्ने दिन नजिकिंदै गर्दा शीर्ष दलका नेताहरुले सेना समायोजन र संविधान निर्माण समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। रिपोर्टस् क्लब नेपालको १४ औं स्थापना दिवशको अवसरमा एउटै मञ्चमा भेला भएका शीर्ष नेताहरुले शान्ति र संविधान निर्माण प्रक्रिया समयमा नै सम्पन्न हुंदैन कि भन्ने जनताको चिन्तालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। [...]
एकीकृत नेकपा माओवादी सचिव सिपी गजुरेलले आफुहरु नै पार्टीको संस्थापन पक्ष भएको दावी गर्नु भएको छ। सुनसरीको इनरुवामा बैद्य पक्षीय माओवादी कार्यकर्ताहरुको भेलापछि पत्रकारसंग कुरा गर्दै गजुरेलले पार्टीको सिद्धान्त र विचार आफुहरुले वोकेकाले आफनो समूह संस्थापन पक्ष भएको दावी गर्नु भयो। नेता गजुरेलले पार्टीका अध्यक्ष र वर्तमान सरकारका प्रधानमन्त्री नै दक्षिणपन्थी धारमा लागेकाले पार्टी जोगाउनका [...]
पूर्वी अफगानिस्तानमा एक सुरक्षाकर्मीले आफ्ना ९ जना सुरक्षाकर्मी साथीको गोली हानी हत्या गरेका छन्। नाकामा सुतिरहेका आफ्ना साथीलाई ती सुरक्षाकर्मीले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो आक्रमणमा आक्रमणकारी सुरक्षाकर्मीका भाई पनि मारिएको बताइएको छ। भाइ नाकाका कमाण्डर रहेको जनाइएको छ। आक्रमणकारी सुरक्षाकर्मी आक्रमणपछि हतियारसहित फरार रहेका छन्। आक्रमण किन र के का [...]
पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका क्रममा शुक्रवार महेन्द्रनगर पुग्नु भएको छ। शुक्रवार दिउंसो पूर्वराजा महेन्द्रनगर पुग्दा स्थानीय समर्थकहरुले बाजागाजा सहित स्वागत गरेका थिए। महेन्द्रनगरको मदन चोकबाट बाजा गाजासहित करिब सवा किलोमिटर पैदल हिडेरै पूर्वराजा सिद्धबाबा मन्दिर पुग्नु भएको थियो। मन्दिरमा पूर्वराजालाई पञ्च कन्याले स्वागत गरेका थिए। पूर्व राजाले मन्दिर परिक्रमा गर्दै करिब एक घण्टा लामो रुद्री [...]