बांकेका सामुदायिक र निजी बिद्यालय बन्द

Written by admin. Posted in विविध, विशेष

Published on February 29, 2012 with

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै शिक्षकहरुले आज बांकेका सामुदायिक र निजी बिद्यालय बन्द गराएका छन्। देशब्यापी आन्दोलनमा उत्रिएका शिक्षकहरुले हिजो जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरी हस्तक्षेपपछि भएको झडपमा बीस जना भन्दा बढी शिक्षक घाइते भएका छन्। त्यसको विरोधमा शिक्षकहरुले विद्यालय बन्द गराएका हुन्। बांकेमा सामुदायिक र निजी गरी ७ सय ३६ विद्यालय छन्।

ती विद्यालयमा १ लाख ५० हजार विद्यार्थी अध्यनरत छन्। अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीलाई दरबन्दी सृजना गरी स्थायी गर्नुपर्ने, संस्थागत विद्यालयका शिक्षकलाई सरकारी शिक्षक सरह तलब सुविधा, भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायतका ४७ बुंदे माग राख्दै शिक्षक संघ संगठन आन्दोलनमा उत्रिएका छन्।

facebook comments:

Leave a Comment